site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मागजति विद्युत् दिन नसकेपछि ट्रिप भएको प्राधिकरणको स्वीकार, पुस १३ र १४ गते यसकारण गयो बत्ती
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मागअनुसार बत्ती उपलब्ध हुन नसकेपछि 'ट्रिप' भएको स्वीकार गरेको छ । पुस १३ र १४ गते जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह घटेपछि पूरै लुपमा विद्युत् सेवा अवरूद्ध भएको जनाएको हो ।

ऊर्जा मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ती दिनमा मागअनुसार बिजुली उपलब्ध नभएपछि ओभरलोड भएको जानकारी दिइयो । १३ गते मर्स्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह घटेपछि मागअनुसार बिजुली उपलब्ध भएको थिएन । यस्तै, १४ गते बानेश्‍वरमा अत्याधिक माग भएर ओभरलोड भएको प्राधिरकरणको स्वीकारोक्ति छ ।

सरकारले ३ वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेको र फेरि गर्नुपर्ने अवस्था नआएको दाबी गरेको छ । बत्ती झ्याप्पझ्याप्प गइरहेका कारण अघोषित लोडसेडिङ सुरु भएको कुरा कुनै अर्थमा सही नभएको दाबी गर्दै नेपाल विद्युत् प्राधिकरणले  आपूर्ति व्यवस्थापन गर्न नसकेको भन्ने विषय स्वीकार्ने ठाउँ नभएको बताएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्राधिकरणका अनुसार उपभोक्ताको मागभन्दा आपूर्ति कम भएको अवस्थामा मात्र लोडसेडिङ गर्नुपर्ने बाध्यता हुन्छ । तर, हाल नेपालको विद्युत् प्रणालीमा प्राधिकरणको आन्तरिक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी मागबराबर नै आपूर्ति गरिराखेको कारणले लोडसेडिङ नभएको प्राधिकरणको दाबी छ । प्राधिकरणले भनेको छ, "भविष्यमा पनि लोडसेडिङ गरिने अवस्था छैन ।"

पत्रकार सम्मेलनमा राष्ट्रिय विद्युत् प्रणालीमा भारवहन क्षमताभन्दा बढी विद्युत् प्रवाह हुँदा केही समय प्रसारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिङ नभएको दाबी गरियो ।

Global Ime bank

पुस १३ र १४ गते किन भयो आपूर्तिमा अवरोध ?
प्राधिकरणका अनुसार विभिन्न कारणले विद्युत्‌का पोल सार्न, ट्रान्सफर्मर प्रतिस्थापन गर्न, वितरण प्रणालीका पुराना संरचना मर्मत सम्भार तथा बदली गर्ने जस्ता प्रिभेन्टिभ (निरोधात्मक) साथै सञ्चालन र विद्युत् प्रवाह भइरहेका संरचनामा आउने प्राकृतिक वा आकस्मिक समस्याको समाधान गर्न केही समय सम्बन्धित स्थानको विद्युत् आपूर्ति काटिन्छ । प्राधिकरणका अनुसार त्यस्ता समस्या तत्काल समाधान गरी विद्युत् आपूर्ति सुरु गर्ने गरिएको छ ।

पुस १३ र १४ गते राष्ट्रिय विद्युत् प्रणालीमा केही समय प्राविधिक समस्या आएर बिजुली काटिएको प्राधिकरणको दाबी छ ।

प्राधिकरणका अनुसार पुस १३ गते सोमबार एकीकृत राष्ट्रिय विद्युत् प्रणालीमा साँझ ६ बजेर २५ मिनेट जाँदा १४ सय ३१ मेगावाटको लोड थियो । सो समयमा खिम्ती-लामोसाँघु १३२ केभी प्रसारणलाइन पूर्ण क्षमतामा सञ्चालित थियो । सोही समयमा मर्स्याङ्दी जलविद्युत् केन्द्रको पिकिङ जलाशयमा पानीको सतह न्यूनतममा पुगेको थियो । यसो हुँदा प्रणाली यथावत् रूपमा राख्‍न भारतबाट आयात गर्ने विद्युत्‌को मात्रा बढी भयो । सोही कारण खिम्ती-लामोसाँघु प्रसारणलाइन ओभरलोड भएर सिस्टम ट्रिप भएको हो ।

खिम्ती-लामोसाँघु-भक्तपुर-मातातीर्थ-हेटौंडा-ढल्केवर प्रसारण लाइन एउटै लुपमा सञ्चालित छन् । यो क्षेत्रमा साँझमा पावर कट भएको दाबी प्राधिकरणको छ । यो समस्याको निराकरण गर्न प्राधिकरणले दिउँसोको समयमा भारतबाट आयात बढाएर अर्धजलाशय जलविद्युत् केन्द्रको रिजर्भोइर लेभल बढाएर राख्ने र साँझको पिक आवरमा त्यहाँबाट आपूर्ति व्यवस्थापन गर्ने प्राधिकरणले जनाएको छ ।

यस्तै १४ गते बानेश्‍वर ६६ केभी सब-स्टेसनमा लोड बढ्दै गएको थियो । त्यहाँ विद्युत् आपूर्ति गर्ने पाटन-बानेश्वर प्रसारण लाइनखण्ड साँझ ६:०२ बजे ओभरलोड हुँदा खिम्ती-लामोसाँगु लाइन पनि ट्रिप भयो । परिणामस्वरूप, पाटन, बानेश्वर, भक्तपुर, चाबहिल, बनेपा क्षेत्रमा ७ मिनेट विद्युत् अवरुद्ध भएको प्राधिकरणको स्वीकारोक्ति छ । त्यो लाइन रिसेट गरेर लाइन जोड्दा पिन पुनः ट्रिप भएको थियो ।

यो समस्या समाधान गर्न प्राधिकरणले बानेश्वर सब-स्टेसनको केही लोड के-३ सबस्टेसन र पाटन सबस्टेसनमा स्थानान्तरण गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC