site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इतिहासकै खराब वर्ष हो त २०२० ? विगतमा योभन्दा नराम्रो समय पनि आएको थियो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । २०२० पक्कै पनि विश्व इतिहासमा संकटमय वर्षका रुपमा याद रहनेछ । किनकि, यस वर्षको सुरुआत नै अष्ट्रेलियाको वन डढेलोको खबरबाट भएको थियो । जसमा मार्चसम्म चार करोड ६० एकड जमिन, झन्डै सिरिया बराबरको क्षेत्रफल आगलागीबाट क्षतिग्रस्त हुन पुगेको हो ।

यसले ८०० स्तनधारी जीवजन्तुहरुको बासस्थान नष्ट गराएको छ भने धेरै मानिसको ज्यान लिनुका साथै घरहरुमा पनि नराम्ररी क्षति पुर्‍याएको छ ।

यो घटना नसकिँदै अमेरिकामा जातीय हिंसाविरुद्ध सुरु भएको ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानले विश्वव्यापी रुप लियो । यहीबीच पश्चिम अमेरिकामा पनि अनियन्त्रित आगलागी महिनौँ जारी रह्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि चीनको वुहानमा पहिलोपटक देखापरेको कोरोनाभाइरसले विश्वव्यापी रुप लिँदा दुनियाँभर १८ लाख बढीको मृत्यु भइसकेको छ भने अझै संक्रमण सङ्ख्या रोकिने संकेत देखिएको छैन । यसले संसारभर नयाँ आर्थिक संकटलाई पनि जन्म दिएको छ ।

तर, यति हुँदाहुँदै पनि वर्ष २०२० लाई इतिहासकै खराब समयचाहिँ भन्न सकिँदैन । किनकि, मानव जातिले विगतमा योभन्दा भयानक स्थितिको सामना गरिसकेको छ । त्यस्ता अनगिन्ती घटनाहरुमध्ये केही प्रमुख ऐतिहासिक वर्षहरु यस प्रकार छन् ।

Global Ime bank

सन् ५३६ : 
हो, वर्ष २०२० पृथ्वीका अधिकांशका लागि एकदमै नराम्रो वर्ष रह्यो । तर, जे होस् हामी अहिले अन्धकारमा त बस्नुपरेको छैन, न सूर्यको किरण र उज्यालोबाट वञ्चित हुनुपरेको छ । सन् ५३६ मा आइसल्यान्डमा भएको एक ज्वालामुखी विस्फोटमा त्यसले यति धेरै खरानी फालेको थियो कि विश्वको आधाभन्दा बढी भूभागमा यसको कुहिरोले घाम छेक्दा मानिसहरु १८ महिनासम्म अँध्यारोमा बस्न बाध्य भएका थिए ।

यो मान्छेको मुडका लागि मात्र नराम्रो थिएन, यसले निम्त्याएको अनिश्चित तापक्रमका कारण अन्नबालीमा असर पुग्दा विश्वव्यापी खडेरी सुरु भएको थियो । तर, त्यसबेलाको संकट यतिमा मात्र सीमित रहेन, एक नयाँ किसिमको रोग, ‘ब्युबोनिक प्लेग’ महामारीका रुपमा फैलँदा त्यसले रोमन युगको २५–५० प्रतिशत जनसङ्ख्या सखाप पार्‍यो । त्यसैले त्यो समयमा परिस्थिति २०२० भन्दा खराब थियो भन्न सकिन्छ ।

सन् १५२० : 
खराब वर्षको खोजीमा हामी रोमन युगसम्म मात्र पुग्नुपर्छ भन्ने पनि छैन । जस्तै, सन् १५२० लाई नै हेर्ने हो भने त्यतिबेला युरोप त्यति नराम्ररी प्रभावित भएन होला । तर, अमेरिकामा यसको कथा अझैसम्म पनि भयानक मानिन्छ । १५२० को वर्षलाई प्रकोपको सुरुआत गर्ने संकेतका रुपमा हेर्ने गरिएको छ । त्यसबेला स्पेनिस खोजकर्ताहरुले अप्रिल १५२० मा हाल मेक्सिकोमा पर्ने भेराक्रुज भन्ने ठाउँको अवलोकन गरेर फर्कँदा आफूसँगै ‘स्मलपक्स’ रोग पनि बोकेर ल्याएका थिए । जसले स्मलपक्स महामारी सुरु गरायो ।

एक शताब्दीसम्म स्मलपक्स दोहोरिरहनाले युरोपेली मुलुकका अधिकांश नागरिक पछिपछि यसबाट इम्युन हुँदै गए । तर, अहिले कोभिड–१९ जसरी नै सुरुआतमा चाहिँ स्थानीय जनसङ्ख्यामा यसविरुद्धको प्रतिरोधात्मक क्षमता शून्य थियो । जसकारण सहरका आधाभन्दा धेरै बासिन्दाको ज्यान गएको थियो । र, योक्रम त्यहीँ रोकिएन । युरोपेली उपनिवेश बढेसँगै बिस्तारै यो पूरै दुनियाँभरि फैलियो । ‘स्कलर’हरुका अनुसार यसले त्यस समयमा अमेरिकाको झन्डै ९० प्रतिशत जनसङ्ख्या सखाप पारेको थियो । यस युरोपेली कीटाणुले जति अमेरिकीहरुको ज्यान लियो, त्यति कुनै युरोपेली हतियारले मार्न सकेको थिएन ।

सन् १९१८ :
पहिलो विश्व युद्ध अन्त्य हुने समयमा ‘नोभल एभियन इन्फ्लुएन्जा भाइरस’ले उत्पन्न गराएको खतरनाक महामारी एक वर्षभन्दा लामो समयसम्म रहेको थियो । १९१८ को यस फ्लुमा विश्वभर कम्तीमा पनि पाँच करोड मानिसको मृत्यु भएको विश्वास गरिन्छ । जसमा अमेरिकामा मात्र छ लाख ७५ हजार बढीले ज्यान गुमाएका हुन् । सो तथ्याङ्क दुईओटै विश्वयुद्धमा ज्यान गुमाएका सेनाको सङ्ख्या मिलाउँदा पनि बढी हुन्छ । र, त्योबेला रेकर्ड राख्ने उचित प्रणाली नभएको हुँदा कुल क्षति त्योभन्दा धेरै हुन सक्ने बताइन्छ ।

अहिलेको विश्व महामारीभन्दा फरक, १९१८ को फ्लुले विशेषगरी पाँच वर्षभन्दा मुनिका बालबालिका र २० देखि ४० वर्षका युवाहरुलाई बढी हानि पुर्‍याएको थियो । त्यो समयमा यसको कुनै खोप थिएन र भिडभाड नियन्त्रण गर्ने, सरसफाइको ख्याल राख्ने, मास्क लगाउने जस्ता प्रयासहरुले पनि सोचेजस्तो परिणाम ल्याउन सकेको थिएन । त्यसमाथि पनि तत्कालीन राष्ट्रपति विल्सन वुड्रोको प्रशासनले प्यान्डेमिकलाई नजरअन्दाज गर्दा सार्वजनिक स्वास्थ्य सन्देशका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन हुन सकेको थिएन ।

२००९ मा ‘नेचर’ जर्नलमा प्रकाशित लेखमा इतिहास्विद् जोन एम. बेरीले भनेका छन्, “१९१८ को सेप्टेम्बरमा जब प्यान्डेमिक शक्तिशालीरुपमा अमेरिकाभर हावी भइरहेको थियो, त्यस समय विल्सनले यसका बारेमा एउटा सिङ्गो बयान मात्र दिएका थिए भने लोकप्रिय व्यक्तित्वहरुले यससम्बन्धी सुनिश्चितता मात्र दिलाउने काम गरिरहेका थिए ।”

सन् १९३३ :
विश्व इतिहासका यस्ता दुःखद् समयहरु महामारी र नोभल भाइरसले मात्र निम्त्याएको थिएन । एडोल्फ हिटलरको उदय र त्यस समयमा भएका भयानक परिदृश्य अहिले कसैले कल्पना पनि गर्न सक्दैन ।

१९९३ मा हिटलरले जर्मनीको संसद्मा आगलागी भएको फाइदा उठाउँदै आफ्ना राजनीतिक शत्रुहरुलाई पक्राउ गरेपछि आपत्कालीन शक्ति ग्रहण गरेका थिए । यसपश्चात् उनले देशका लोकतान्त्रिक संस्थाहरुलाई विघटित गराउँदै आफूलाई सर्वोच्च अधिकार दिलाउने पद कब्जामा लिए । यसरी विश्वव्यापी अर्थतन्त्र भत्केका बेलामा उनले सर्वाधिक शक्तितर्फ आफ्नो बाटो बनाए । जर्मनीलाई आफ्नो हातमा लिइसकेपछि उनले बाँकी दुनियाँलाई पनि आफ्नो मुठ्ठीमा पार्ने प्रयास गरे । जुन योजनाले दोस्रो विश्वयुद्ध सुरु गरायो । यसमा तीस राष्ट्र संलग्न थिए भने सातदेखि आठ करोड मानिस, अधिकतम सेनाहरु मारिएको अनुमान छ ।

यसबाहेक नाजी शासनले प्रणालीगतरुपमा एक करोड १० लाख बढी निर्दोष मानिसहरुको पनि निर्मम हत्या गरेको थियो । जसलाई ‘होलोकास्ट’ भनिन्छ । यसमा समलिङ्गी अनि ‘ज्युज’हरुलाई लक्षित गरी पीडादायक तरिकाले यातना दिएर मारिएको थियो । युद्ध १९४५ मा अन्त्य भए पनि यसबाट उत्पन्न ट्रमा छिट्टै भुल्न सकिने अवस्था थिएन ।

थाहा नभएका वर्षहरु 
यस किसिमले मान्छेलाई प्रभावित नगरेका तर क्रूर वर्षहरु धेरै छन् । जसमा मुख्यगरी छ करोड वर्षअगाडि ‘एस्टेरोइड’ अर्थात् क्षुद्रतारा पृथ्वीमा ठोक्किँदा पृथ्वीको ७५ प्रतिशत जीवन नष्ट भएको थियो । जसमा डाइनोसर पनि पर्दछन् । त्यसैले यस हिसाबमा हामीले आफूलाई भाग्यशाली ठान्नुपर्छ कि २०२० ले ‘एस्टेरोइड’ होइन भाइरस मात्र ल्यायो । एजेन्सी ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC