site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
थप ३१ स्थानमा फैलियो न्यु भेरियन्ट, जिन सिक्वेन्सिङमा जोड दिन डब्लूएचओको सुझाव  
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड–१९ को नयाँ भाइरस न्यु भेरियन्ट थप स्थानमा फैलिएको विश्व स्वस्थ्य संगठन (डब्लूएचओ)ले पुष्टि गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै डब्लूएचओले डिसेम्बर ३० सम्म संगठनले निगरानी गरिरहेका थप ३१ स्थानमा सार्स कोभ २ को न्यु भेरियन्ट देखा परेको जनाएको हो । जसमध्ये सबैभन्दा धेरै दक्षिण अफ्रिकाली सहरहरु रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हालसम्म संक्रमण देखिएका मुलुकहरुले  आ–आफ्नै नाम दिएर भाइरसबारे अध्ययन गरिरहेका छन् । दक्षिण अफ्रिकाले यो भाइरसलाई एन फाइभ जिरो वान वाइबाट म्युटेसन भई बनेको एन फाइभ जिरो वान भी टु नाम दिएको छ । दक्षिण अफ्रिकाले यसलाई बेलायतमा देखिएको एन फाइभ जिरो वान वाइभन्दा फरक भाइरसको रुपमा अध्ययन गरिरहेको डब्लूएचओले जनाएको छ ।

न्यु भेरियन्ट कोभिड–१९ भन्दा छिटो फैलने हुँदा संक्रमित देशहरुलाई जिन सिक्वेन्सिङ परीक्षणमा जोड दिन डब्लूएचओले सुझाव दिएको छ ।

Global Ime bank

डब्लूएचओको १६ डिसेम्बरमा प्रकाशित अन्तर्राष्ट्रिय यात्रासम्बन्धी अन्तरिम गाइडलाइनमा अनावश्यक आवतजावतमा कडाइ गर्नसमेत कोभिड संक्रमित सबै मुलुकहरुलाई सुझाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC