site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विश्वभरि यसरी मनाइँदैछ नयाँ वर्ष, सधैँझैँ उल्लासमय छैन  
Ghorahi CementGhorahi Cement

बीबीसी । कोरोना महामारीका कारण यसपटकको नयाँ वर्षमा विश्वभरि नै पहिले जस्तो उल्लासमय माहोल छैन । अझै थुप्रै मुलुकहरु यतिबेला कोभिड विरुद्ध संघर्षरत् अवस्थामा भएकाले नयाँ वर्षको उत्सव मनाउने सम्बन्धी विश्वव्यापी रुपमा विभिन्न नियमहरु लागू गरिएका छन् । 

आकाशमा झिलीमिली पटकाको प्रस्तुती लगायत सबै किसिमका सार्वजानिक कार्यक्रमहरु सिड्नीदेखि र न्युयोर्कसम्मका शहरमा यसपाली रद्द गरिएको हो । उता युरोपमा त चाडपर्व मनाउने कार्य पूर्ण रुपमा रोक्ने प्रयास जारी छ । कोरोना भाइरसको नयाँ प्रकारका कारण तिव्र रुपमा फैलने डरले पनि त्यहाँ सबै योजनाहरु स्थागित गर्नु परेको हो । 

फ्रान्समा भने सरकारले न्यु इयर इभका दिन पार्टी गर्न नदिन १ लाख पुलिस नै खटाएको छ र रातिको समयमा कफ्र्यु पनि जारी गरिएको छ ।

Agni Group

कोरोना भाइरसका कारण विश्वभर १८ लाख भन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन् । त्यस्तै संक्रमितहरुको सङ्ख्या ८ करोड पार गरेको छ । महामारी सुरु भएको एक वर्ष बितिसक्दा पनि बिरामीहरु दिन प्रति दिन थपिने क्रम अझै रोकिएको छैन । 

नयाँ वर्ष सबैभन्दा पहिले मनाउने देश, अष्ट्रेलियामा यसपटक कतैपनि भीडभाड गर्न अनुमति थिएन । यसबारे न्यु साउथ वेल्सका प्रिमियर ग्लेड्स बेरेइकजिलानले भनेका छन्, “हामी नयाँ वर्ष भन्दै यस मौकामा भाइरसलाई फैलन दिन चाहदैनौँ ।” यस्तोमा सिड्नीका अधिकांश वासिन्दाहरुले यसपटक टिभीबाटै सबै कार्यक्रम हेरेका हुन् जहाँ पाँचजना भन्दा बढी भेला हुन निषेध गरिएको छ । 

Global Ime bank

त्यस्तै चीनमा पनि हरेक वर्ष राजधानी बेइजिङमा आयोजना गरिने ‘लाइट शो’ यसकपटक रद्द गरिएको छ भने देशभरका शहरहरुमा एकदम सिमित स्तरमा उत्सव मनाउन भनिएको छ । यता जापानले पनि परम्परागत नयाँ वर्षको कार्यक्रम यसपाली रद्द गराएको हो जसमा शाही परिवारले सर्वसाधारणलाई सम्बोधन गर्ने गर्दथे । भारतमा चाहिँ दिल्ली लगायत विभिन्न शहरहरुमा रातिको कफ्र्यु जारी गरिएको छ भने ठूलो भीडभाड रोक्न कडाइ अपनाइएको छ । 

न्युजिल्यान्डमा मात्र सधैँझैँ धुमधाम तरिकाले नयाँ वर्षको आयोजना गरिएको छ । लकडाउन र बन्द सिमाना मार्फत कोरोना प्रभावकारी रुपमा नियन्त्रण गर्न सफल यस देशमा अरुबेला जसरी नै नयाँ वर्ष मनाइएको हो । 

बेलायतमा बुधबार मात्र प्रधानमन्त्री जन्सनले कुनै पनि किसिमको भेटघाट, भेला लगायत बाहिरी उत्सव मनाउने कार्यक्रमहरुमा सहभागी नहुन र नियमको राम्रो पालना गर्न सबै नागरिकहरु समक्ष विनम्र अनुरोध गरेका हुन् । मेट्रोपोलिटन पुलिसले लन्डनमा सबैलाई घरमै बसेर नयाँ वर्ष मनाउन चेतावनी समेत जारी गरेको थियो । 

आयरल्यान्डले पनि बिहिबारबाट कोरोनाविरुद्ध अहिलेसम्मकै कडा नियम अपनाउन लाग्दैछ जसमा पारिवारिक भ्रमण निषेध गर्नेदेखि अतिआवश्यक बाहेकका सबै व्यवसायहरु बन्द गरिने बताइएको छ । जर्मनीमा आगामी १० जनवरीसम्म लकडाउन जारी नै रहनेछ । सरकारले पटाकाहरुको बिक्रीमाथि प्रतिबन्ध लगाएको छ भने सार्वजानिक स्थलमा भेला हुन पनि अनुमति दिइएको छैन । स्वास्थ्य मन्त्री जेन्स स्फानले योपटक देशले अहिलेसम्मकै सबैभन्दा शान्त नयाँ वर्षको अनुभव गर्ने बताएकी हुन् । 

यता नेदरल्यान्ड्स पनि लकडाउनमै छ जुन १९ जनवरीसम्म जारी रहने भनिएको छ । टर्कीले न्यु इयर इभ्सदेखि चार दिनका लागि लकडाउन सुरु गर्ने जानकारी दिएको छ । अमेरिकामा भने थुप्रै स्टेट र शहरहरुमा सार्वजानिक रुपमा उत्सव मनाउने सम्बन्धी कडाइ गरिएको छ । न्युयोर्कको टाइम्स स्क्वायर बल परम्परागत रुपमा मध्यराति बालिनेछ तर सो क्षेत्र सर्वसाधारणका लागि भने खुला गरिनेछैन । पटाका पड्काउने कार्यक्रम स्यानफ्रयानसिस्को र लस भेगससहित विभिन्न शहरमा रद्द गरिएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  २२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC