site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीन सरकारले दियो सिनोफार्मको खोपलाई अनुमति
Sarbottam CementSarbottam Cement

बेइजिङ । चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई ‘सःसर्त’ अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ ।

सिनोफार्मको खोपलाई अनुमति दिएसँगै एसियामा फैलिएको कोरोनाभाइरसको प्रभाव घटाउन यो खोप महत्वपूर्ण पाइला हुने चिनियाँ अधिकारीहरुले बताएका छन् ।

यसअघि नै सिनोफार्मद्वारा तयार पारिएको कोभिडविरुद्धको खोप आपत्कालीन प्रयोगअन्तर्गत् ४५ लाख चिनियाँ नागरिकलाई दिइसकिएको छ । खोप दिइएकाहरुमा खासगरी स्वास्थ्यकर्मी र विदेशमा काम गर्न जाने चिनियाँ नागरिक रहेका चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बुधबारमात्र सिनोफार्मले आफूले विकास गरेको खोप ७९.३४ प्रतिशत सफल रहेको घोषणा गरेको थियो ।

पश्चिमा मुलुकका फर्मास्युटिकल कम्पनीहरु फाइजर र मोडर्नाले विकास गरेका खोपहरु क्रमशः ९५ र ९४ प्रतिशत सफल रहेको दाबी गरिएको थियो ।

Global Ime bank

चिनियाँ स्वास्थ्य प्रशासनका उपआयुक्त चेन सिफीले संवाददाताहरुसँग कुरा गर्दै सिनोफार्मको खोपलाई ‘सःसर्त’ अनुमति दिइएको जानकारी दिए । अब सिनोफार्मले यो खोपलाई बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री झेङ यिछिनले सिनोफार्मका खोपहरु वृद्धवृद्धा र अरु जोखिममा परेका नागरिकलाई निःशुल्क प्रदान गरिने जानकारी दिए ।

‘‘चीनका करिब एक अर्ब ३० करोड नागरिक सबैलाई खोप प्रदान गर्न अभूतपूर्व चुनौती छ,’’ उपमन्त्री झेङले भने, ‘‘कोभिड–१९ बाट सुरक्षित रहन कुल जनसंख्याको ६० देखि ७० प्रतिशत व्यक्तिलाई खोप दिनुपर्ने हुन्छ र हामी त्यसैको तयारीमा छौँ ।’’

बेइजिङले यसै वर्षको हिउँदसम्ममा लाखौँ व्यक्तिलाई खोप दिइसक्ने योजना बनाएको छ । चीनमा आफ्ना नागरिकलाई जरुरी हुने खोप चीनमा उत्पादन हुने चीन सरकारको भनाइ छ । रासस/एएफपी

तस्बिरः एपी ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  १४:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC