site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
राष्ट्रियसभा अधिवेशन धेरै लामो चल्न सक्दैन : अध्यक्ष तिमिल्सिना
Sarbottam CementSarbottam Cement

संघीय संसद्‌को सातौँ अधिवेशन शुक्रबार (भोलि) बाट सुरु हुँदै छ । सरकारले पुस ५ गते प्रतिनिधिसभा भंग गरेपछि यो अधिवेशनमा राष्ट्रियसभाका बैठकहरु मात्र सञ्चालन हुनेछन् । पुस १७ गतेभित्र संसद्‌को अधिवेशन बोलाउनैपर्ने संवैधानिक बाध्यताले राष्ट्रियसभाका बैठकहरु औपचारिकतामा मात्रै सीमित हुने भएको छ । यसै सन्दर्भमा न्युज एजेन्सी नेपालले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बैठक सञ्चालन र कार्यसूचीबारे संक्षिप्त कुराकानी गरेको छ ।

संसद् अधिवेशन बस्दै छ त्यसको तयारीबारे जानकारी गराइदिनुस् न ?
पहिलो कुरा त तयारी भनेको त्यसको व्यवस्थापकीय पक्ष हो । त्यो तयारीहरु सम्पूर्ण रुपमा पूरा भएको छ । खासगरीकन कोभिड-१९ का कारण केही समस्याहरु हुने हुँदा त्यसको जोखिमलाई हेरेर तयारी के छ भन्नेकुरा नै आम रुपमा आउने हो । अन्यथा त नियमित हुने अधिवेशनहरुका लागि हामीसँग यथावत् नै हुन्छ चलिरहन्छ । कोभिड १९ को कारणले पनि गत वर्षे अधिवेशनमा पनि हामी त्योबाट प्रभावित भयौँ र त्यही तयारी गरेका थियौँ र त्योभन्दा पनि अहिलेसम्मका अनुभवहरुले गर्दा अझै राम्रो ताकि हाउस चलिरहेको कारणले संक्रमण बढ्ने, सर्ने स्थिति नआओस् । बाहिरको कारणले हुने त बाहिर भइरहेको हुन्छ । तर त्यहाँ गएको कारणले जोखिम बढ्यो भन्ने स्थिति नआउने र हाउस चलुन्जेल निर्वाध ढंगले जान सकियोस् भन्नेकुरामा हामी सचेत छौँ । त्यो अनुसारका सुरक्षाका मापदण्डहरु नेपाल सरकारले तय गरेका, विश्व स्वास्थ्य संगठनले तय गरेका यि सबै मापदण्डहरुलाई आधार बनाएर तयारीहरु पुरा भएको छ ।

कार्यसूचीको कुरा गरौँ । विधेयकहरुको व्यवस्थापन, शून्य समय, विशेष समयमा समय लिएर बोल्ने कुराहरु, यसलाई चाहिँ कसरी व्यवस्थापन गरिन्छ ?
हाउस सञ्चालन भइसकेपछि नियमित हिसाबले हाम्रा केही कार्यक्रमहरु अथवा त्यहाँका प्रक्रियामा जाँदा गरिने सबै कामहरु हामी नियमित गर्छौं । मुख्यगरी अधिवेशनहरुमा विधेयककै कुरा आउँछ । यो विधेयक अधिवेशन भनेर यसमा विधेयक मात्र हुने र वर्षे अधिवेशनमा अरु मात्रै भन्ने हुँदैन । वर्षे अधिवेशनमा सरकारको नीति, कार्यक्रम र बजेटले गर्दा बढी त्यसको प्रभाव हुन्छ । तर, पनि त्यससँगै विधेयक नै हो आखिरी ।  त्यहाँ पनि विधेयक नै जोडिएर आउने हो र सरकारी बिजनेस भएन भने हाउस चलिरहन सक्दैन । कुनै पनि दिनको बैठकमा एउटा न एउटा सरकारी बिजनेस चाहिन्छ भन्ने हाम्रो हुन्छ अथवा विधेयक वा त्यस्तै केही भएन भने अरु विषय मात्रै हाम्रो जाँदैन । यसकारण आम रुपमा बुझाई यता व्यवहारमा अलिकति ग्याप हुनसक्छ । त्यो ग्याप भनेको के भने, जस्तो जनजीविकाका कुराहरु, अरु कुराहरु पनि त शून्य समय, विशेष समय भनेको त्यसमा उठाउने कुराहरु हुन्छन् । अथवा कुनै प्रस्तावको रुपमा पनि आउन सक्छ । तर जबसम्म त्यहाँ सरकारी बिजनेसका रुपमा कुनै छैन भने त्यतिको लागि मात्रै हाउस बस्दैन । विशेष समय, शून्य समयका लागि राखौँ भनेर हाउस बसाउन मिल्दैन । हाम्रा अहिलेसम्मका अभ्यासहरु त्यही ढंगले भएका छन् । त्यसकारण ती कहीँ न कहीँ जोडिनुपर्छ । जोडिँदा अब अरु विषयहरु, मानौं एउटा विधेयकलाई टेबुल गर्‍यो भने मात्रै पनि त्यो बिजनेस पुग्यो । त्यसको छलफल गराउने, प्रक्रियामा लाने कुरा गर्दा पनि पुग्यो । र त्योसँगै अरु विषयहरु त हामी धेरै राख्‍न सक्छौं । तर त्यो केही चिज भएन भने जाँदैन ।

Prabhu Bank
Agni Group
NIC Asia

मैले यसलाई यस सन्दर्भमा जोड्न किन खोजे भने, अहिले एउटा सदन मात्रै बाँकी छ हामीसँग । दुईवटा सदन नभईकन कुनै पनि विधेयक पूर्णता पाउँदैन कानुन बन्नका लागि । प्रतिनिधिसभाले मात्रै पास गरेर पनि पुग्दैनथ्यो । तर अब राष्ट्रियसभा अविछिन्न उत्तराधिकारवाला संस्था भएको हुँदा यो रहिरहन्छ भन्ने नै मान्यता भयो । तर प्रतिनिधिसभा जब हुँदैन नि राष्ट्रियसभाले जतिसुकै विधेयक पास गरे पनि त्यो कार्यान्वयनमा जाँदैन । यही पास गर्ने यहीं रहने हुन्छ । यसकारण अहिलेको अवस्थामा के छ भने प्रतिनिधिसभामा उत्पति भएका त्यहाँबाट आएका विधेयकहरु राष्ट्रियसभामा आउन्जेल ती स्वत: निष्क्रिय भइसके । अब राष्ट्रियसभामा उत्पत्ति भएका विधेयकहरुबारे हामीले छलफल गर्ने हो चाहे त्यो समितिमा होस् । चाहे ती टेबल गरेका हुन् । तर यी पनि के हुन्छ भने अधिकतम गर्ने भनेको पास गरेर राख्ने हो । तर त्यो कानुन बन्न पाएन । प्रतिनिधिसभा जब बन्छ । प्रतिनिधिसभामा प्रवेश गरेर फेरि त्यहाँ प्रक्रिया पूरा गरेपछि मात्रै ती कानुन बन्छन् । यसकारण अहिलेको हकमा हामीसँग जति आएका छन् । ती आएका विधेयकहरुबारे हामी छलफल गरेर एउटा प्रक्रियामा लान सक्छौँ । अब सरकाले बढी विधेयक ल्याउला कि के गर्ला एउटा अनुमानको कुरा अहिलेलाई सरकारले अब धेरै विधेयक ल्याउँछजस्तो मलाई लाग्दैन किनभने त्यो ल्याएर कहीँ जाँदैन । जस्तो सरकारले अहिले विधेयक ल्याएर छिटो काममा लैजाऊ, ऐन बनाऊ भन्ने त प्रतिनिधिसभा छैन । त्यो त कुर्नैपर्छ । त्यसकारण यहाँ ल्याएर आएर अहिले छलफल गरेर यत्तिकै राख्नेगरी सरकारले ल्याउँछ जस्तो मलाई लाग्दैन ।

अब अहिले भएको विधेयकहरुको हिसाबले पनि यिनी विधेयकहरुलाई हामीले एउटा प्रक्रियामा लगेर अघि बढ्यौं भने महिनादिनलाई काम गर्नेछ । तर सरकारले यसलाई त्यही ढंगले अघि बढाइराख्नका लागि कसरी हेर्छ । सरकार पक्ष पनि रहन्छ । किनकि कतिपय विधेयक टेबल भएका छन् । सरकारले ती विधेयकहरु अगाडि नबढाउँ भन्ने चाह्‍यो भने विधेयकहरु अगाडि बढ्दैनन् । त्यसकारण सरकारले हेर्दाखेरी, प्रतिनिधिसभा छैन पास गरे पनि होल्ड गरेर रहने हो भन्ने स्थिति हुन्छ । हामी चाहन्छौं बढी विधेयक आऊन् । हामी छलफल गरौँ । कम से कम पास गरेर राखौँ । ताकि प्रतिनिधिसभा भोलि आउँदा जाओस् भन्ने नै हुन्छ । तर सरकारको पक्ष के हुन्छ त्यो त पछि हामी छलफल गर्छौं, एउटा पक्ष भयो । यस सन्दर्भमा जब विधेयकहरु केही हुँदैनन् जनताका आवाजहरु मुखरित गरौं भनेर विशेष समय, शून्य समय मात्रै राखेर हाउस चल्दैन । कहिले प्रश्न उठ्छ बाहिर यत्रा समस्याहरु छन् हाउस किन बसेन ? बसे पनि हामीले कि त विशेष अधिवेशन भनेर त्यो खास विषयमा छलफल गर्नलाई अधिवेशन आह्‌वान गर्‍यो त्यही विषयमा  मात्रै हुन्छ । त्यो पनि राष्ट्रियसभामा छैन प्रतिनिधिसभामा त्यो व्यवस्था छ । अब राष्ट्रियसभाको नियमित अहिले त ६ महिनाभित्रमा हाउस बस्नुपर्ने एउटा संवैधानिक व्यवस्था हो । त्योअनुसार अहिले हामी बस्न गइरहेका छौं । अब आएका विधेयकहरुमाथि छलफल गर्ने हुन्छ । यदि ती विषयहरु रहेनन् भने अब जनताको सवालका लागि छलफल गर्न भनेर हाउस यत्तिकै अघि जाने स्थिति हुँदैन । यी सबै पेरिफेरिमा के देखिन्छ भन्दा यो हाउस लामो समय जानेस्थिति आफैँमा छैन । एउटा मात्रै हाउस हुँदा यो अवस्था अनिवार्य रुपमा त्यो संवैधानिक व्यवस्थाले नै यस्तो स्थितिमा लान्छ । केही समय चल्नेकुरा स्वभाविक हो तर पर जाँदा अर्को हाउस नहुँदा त्यहाँबाट आउने पनि आउँदैन हामीले पठाएको पनि त्यहाँ जान पाउँदैन । सरकारलाई केही जरुरी चाहियो भने त्यो त होल्ड भएर बसिरहने हुन्छ । यस्तो अहिलेको अवस्था भएको हुँदा जे-जति दिन जान्छ त्यहाँ शून्य समय, विशेष समय राखेर अहिलेका समसामयिक विषयमा, जनताको-राष्ट्रको बारेमा माननीयहरुले बोल्न पाउने कुराहरु छँदै छ ती व्यवस्थाहरु हामी गर्छौं ।

Global Ime bank

प्रतिनिधिसभा नभएको अवस्थामा एक किसिमले हेर्ने हो भने प्रतिनिधिसभाको भार राष्ट्रियसभालाई पनि पर्छ । पछिल्लो राजनीतिक विषय पनि सदनमा उठ्छन् । कतिपय विषय र मुद्दाहरु सर्वोच्च अदालतमा विचाराधीन भएका विषयहरु पनि उठ्नसक्ने सम्भावना छ । यसलाई कसरी व्यवस्थापन गर्ने, जसले गर्दा संविधानका हाम्रा कार्य क्षेत्रहरु छन् । एक-अर्काका विषयहरु नउठाउने निरुपण नभईकन भन्ने छ । यसलाई कसरी व्यवस्थापन गर्ने ? के छ तयारी यसका लागि ?
यसमा दुईपक्षबाट हामीले हेर्नुपर्छ । एउटा, व्यवस्थापनको तर्फबाट हामीलेचाहिँ ती विषयहरुलाई हाउसमा लाने छलफल गराउने त्यो गर्ने नेतृत्वले अथवा मैले अगुवाइ गरेर गर्ने विषयहरु जे हुनसक्छन् । अर्को, माननीयहरुले बोल्ने कुराहरुमा हुन्छ । जस्तो सर्वोच्चमा विचाराधीन रहेका विषयमा मान्यज्यूहरुले बोल्ने कि नबोल्ने भन्नेमा सामान्यतया बोल्ने चलन हुँदैन । बोलिहाल्नुभयो भने त मैले रुलिङ गर्ने त सर्वोच्चमा विचाराधीन छ यसलाई ध्यान दिउँ भनौंला के भनौंला त्यो मैले भन्नेकुरा एउटा होला । पक्कै पनि यो संवैधानिक प्रक्रिया मानेर आएका हामी माननीयहरु जति सांसदहरु छौं सबैले यो कुरालाई हेक्का राख्छौं भन्ने मलाई लाग्छ । अर्को कुरा, यता व्यवस्थापन तर्फबाट हामिले कार्यसूचीमा राख्दा त्यस्ता विवादास्पद अथवा जो विचाराधीन छन् । ती कुराहरुलाई राख्‍न त स्वभाविक ढंगले मिल्दैन किनकि त्यसले त एउटा अन्तर्विरोध सिर्जना गर्छ । त्यसकारण विचाराधीन अवस्थामा रहेका त्यसको निरुपण भइसकेपछि जे प्रक्रियामा जानुपर्छ खुल्ला होला । बोल्ने त समसामयिक विषयमा माननीयज्यूहरुले शून्य समय विशेष समयमा बोल्नेकुराहरु उहाँहरुले संवैधानिक दायरा सीमा हेरेर बोल्नुहुन्छ त्यसले केही अप्ठ्यारो पार्छ जस्तो मलाई लाग्दैन ।

सत्तारुढ दल विभाजित छ । विपक्षी दल पनि विरोधमा भएको कारणले गर्दा हाउस अड्किने हो कि, हाउसको काम कारबाहीमै असर पर्ने हो कि, अवरोध पो हुने हो कि भन्ने आशंकाहरु हावी भएका छन् नि ?
दुईवटा हाउस भएको भए यहाँको आशंका स्वभाविक थियो । के हुन्छ त, त्यसको जिज्ञासा एक किसिमको बाहिरको चर्चा । मैले हाउसको हिसाबले भनेभने सरकार बहुमतमा छ । सरकार पक्ष बहुमतमा छ मैले हेर्दाखेरी त । तर सडकको र बाहिरको चर्चा अहिले जे भन्नुभाछ, त्यो हिसाबले फेल भयो भने के होला भन्ने अनुमान गर्न सक्ने कुरा हो । अहिलेको हकमा त्यतातिर धेरै जानुपर्छ जस्तो मलाई लाग्दैन । किनभने दुवै सदनबाट पास नभईकन त्यो विधेयक कानुनको रुप लिँदैन । प्रतिस्थापन विधेयक ल्याउनुपर्छ यसलाई एसेप्‍ट गरेर । पहिले त्यो विधेयक स्वीकार गर्ने अनि प्रतिस्थापन विधेयक ल्याउने र पास गर्ने हो । त्यो दुवै सदनले गर्नुपर्छ । अब दुईटै सदन नहुँदा एउटा सदनले मात्रै गरेर त्यो पुग्दैन । त्यो नहुनासाथ साठी दिन पछि स्वत: निष्‍क्रिय हुन्छ । दुवै सदनमा प्रस्तुत गरेको साठी दिन भन्छ, एउटा सदन त छैन । मानिलिनुस् यो हाउसमा अहिले विधेयक प्रस्तुत भयो, पास भयो । पास भए पनि अर्को हाउसमा जाँदैन । साठी दिनपछि यसको केही अर्थ छैन । यसमा किन यतिधेरै यताउति गरिरहनुपर्छ र, जबकि यसको निर्णय अन्तिम हुन सक्दैन । अन्तिम हुने अर्को पाटो खाली छ । यस्तो झमेलामा जानुपर्छजस्तो मलाई लाग्दैन ।

यसपटक राष्ट्रियसभा कसरी रचनात्मक बन्नसक्छ ?
कोभिडबाट बच्न दुई मिटरको दूरी कायम गरेका छौँ । कोभिडको जोखिमबाट बच्न सावधानी अपनाएका छौँ । कोभिडबारे सबै बुझिसकेको माननीय हुनुहुन्छ । हाम्रो सुरक्षाकर्मी, हाम्रो सचिवालय अथवा संसद्‌का सबै कर्मचारी अब त सबै अभ्यस्त भएका छन् । दूरी कायम गर्ने कुरा, मास्क प्रयोग गर्ने कुरा, स्यानिटाइज गर्ने कुरा, यी सबैमा हामी सचेत भइसकेको हुँदा हाउस चलेको दिन लामो चल्नलाई अथवा जनताको समस्या भनौँ भन्नलाई शून्य समय भइहाल्छ । अरु भनेको विशेष समय पनि समय निर्धारण गरेर एक घण्टा, डेढ घण्टा चलाउने गरेको छ अहिलेसम्म । त्यो विषय एकपल्ट उठाए भइहाल्छ । दिनदिनै उठाएर केही हुने त होइन । चाहे कोभिडको भन्नुहोस्, चाहे प्रतिनिधिसभा विघटनको कुरा होस्, नल्याइदिए हुन्थ्यो तर ल्याउनुभयो भने पनि एकचोटि भनेपछि त सिध्दियो । उठाउने कुरालाई त्यहाँ त केही समस्या हुँदैन । लामो हुँदा भैपरी भोलि पनि आउने समस्यालाई उठाउन पाइन्थ्यो । अधिवेशन लामो चलाउन पाए हुन्थ्यो भन्ने नै मेरो चाहना हुन्छ । 

व्यवहारिकता हेर्दा सरकारले बिल ल्याउँदै यहाँबाट पास गरेर थुर्पानलाई पक्कै पनि ल्याउँछ जस्तो लाग्दैन । अर्को ठाउँमा जाने भए ल्याउथ्यो । तर त्यो त्यत्तिकै बस्ने हो । कति ल्याउँछ त्यो अलग कुरा भयो । त्यो ल्याउँदा बिजनेस भनेर परिभाषित काम हुन्छ त्यसमा अरु समय बोल्ने कुराहरु हुन्छ । छोटो समयमा पनि अहिलेसम्म भएका राज्यका, जनताका आम कुरा सरकारबारे अरुबारे जे छन् माननीयलाई लागेको कुरा बोल्न समय पुग्ने नै हुन्छ, बोल्नु हुन्छ । तर त्यसलाई कन्टिन्यु जाँदा धेरैपटक धेरैले बोल्नेकुरा हुन्थ्यो होला अब त्यो धेरै चलेन भने कम हुनसक्छ । त्यति मात्रै हो । बोल्नै नमिल्ने नपाउने भन्ने कुरा भएन । कोभिडकै कारण पनि दुई घण्टा चल्ने ठाउँमा तीन घण्टा चलाऊँ भन्न हामीलाई अप्ठ्यारो छैन । तीन घण्टाको ठाउँमा चार घण्टा चलाऊँ भन्न गाह्रो भएन । धेरै दिन राख्नलाई बिजनेसमा भरपर्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC