site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पलिस्थालाई मुवाँथाईको वर्ष खेलाडी सम्मान
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाई संघले वार्षिक रुपमा प्रदान गर्दै आइरहेको वर्ष खेलाडी सम्मान पुरस्कारबाट पलिस्था कक्षपतीलाई सम्मान गरेको छ ।

पलिस्थालाई २०१९ को वर्ष खेलाडी सम्मानबाट पुरस्कृत गरिएको हो । सम्मानित कक्षपतीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्‌का उपाध्यक्ष शिव कोइरालाले नगद ५० हजारसहित सम्मानपत्र प्रदान गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

कक्षपतीले २०१९ मार्च ७ देखि १८ तारिखसम्म मित्र राष्ट्र थाइल्यान्डमा सम्पन्‍न १६औं विश्‍व मुवाँथाई च्याम्पियनसिप- २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै ३० केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गरेकी थिइन् । संघले पलिस्थालाई २०१९ को वर्ष खेलाडी घोषित गर्दै सम्मान गर्ने निर्णय गरेको थियो । तर कोभिड १९ का कारण सम्पूर्ण खेल गतिविधि बन्द भएका कारण अहिले आएर उक्त सम्मान गरिएको हो ।

यस्तै संघले २०१९ मा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १२ उत्कृष्ट खेलाडीहरुलाई खेल पोसाक (ट्रायक सुट) प्रदान गर्‍यो । खेलाडीहरुलाई उक्त पोसाक प्रमुख अतिथि राखेप उपाध्यक्षले वितरण गरे । सम्मानित हुने खेलाडीमा गुणराज रुचाल, राहुल ठोकर, रसिव जारी, विजय लामा, दिल ठोकर, अभिषेक राई, सन्दीप तामाङ, सन्तोष खत्री, शर्मिला मोक्तान, सञ्‍जय राई, गुनसाँग तामाङ छन् ।

Global Ime bank

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राखेप उपाध्यक्ष कोइरालाले खेलाडीहरुलाई सम्मान गरेकामा संघलाई धन्यवाद प्रदान गर्दै यस्तका कार्यक्रमले खेलाडीको हौसला अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । यस्तै उपाध्यक्ष कोइरालाले राखेपमा दर्ता रहेर पनि क्रियाशील नरहने संघहरुको अस्तित्व नरहने र भद्रगोल रुपमा चलेको नेपाली खेलकुदलाई व्यवस्थित रुपमा अगाडि बढाउने प्रयास सुरु भइसकेको बताए ।

कोइरालाले अब राखेपमा संघ दर्ता गर्ने मात्र नभई राखेपले दायित्व पनि लिनुपर्ने र राष्ट्रिय संघले पनि परिषद्‌बारे जानकारीका साथै परिषद्लाई सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा मिस नेपाल इन्टरनेसनल २०१९, मीरा कक्षपती, चारपटक गिनिज बुक अफ रेकर्डमा नाम लेखाउन सफल खेलाडी दिनेश पार्कर, समाजसेवी प्रकाश श्रेष्ठलगायतको उपस्थिति थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC