site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
समूह चरणबाट गण्डकी बाहिरिँदा, प्रदेश १ सेमिफाइनलमा
Ghorahi CementGhorahi Cement

लमही । दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रदेश १ प्रवेश गरेको छ । बुधबार भएको खेलमा वाग्मती प्रदेशले गण्डकीलाई पराजित गर्दा समूह ‘बी’मा रहेको प्रदेश १ सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रदेश १ एउटा खेलअगावै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । समूह ‘बी’बाट सेमिफाइनलमा पुग्ने टोलीको भोलि हुने सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशबीचको खेलपछि टुंगो लाग्नेछ । बुधबार भएको खेलमा वाग्मतीले गण्डकी प्रदेशलाई ६६ रनले हराएको हो ।

Agni Group

देउखुरी क्रिकेट मैदानमा गण्डकी प्रदेशलाई जितका लागि दिएको १५४ रनको चुनौतीपूर्ण लक्ष्य गण्डकीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८८ रन मात्र बनाएको हो ।

गण्डकीका लागि कप्तान शिला क्षेत्री सर्वाधिक ३० रनको योगदान गरिन् । त्यस्तै सृष्टी पौड्यालले २६ रन बनाउन सफल भइन् । बलिङतर्फ वाग्मती प्रदेशका लागि कप्तान अश्मिना कर्माचार्य, सुमन खतिवडा, आरती बिडारी र निशा तामाङले समान एक-एक विकेट लिन सफल भइन् ।

Global Ime bank

यसअघि टस जितेर पहिले ब्याटिङ गरको वाग्मतीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १५३ रन बनाएको थियो ।

वाग्मतीका लागि विन्दु कटवालले सर्वाधिक ३८ रनको योगदान गरिन् । विन्दुको यो राष्ट्रिय स्तरको प्रतियोगितामा डेब्यु खेल हो । त्यस्तै सुमन खतिवडाले ३१ रन बनाउँदा कञ्चन श्रेष्ठ २७ तथा आरती बिडारीले १० रनको योगदान गरिन् ।

बलिङतर्फ गण्डकीका लागि अलिसा लानिछानेले दुई विकेट लिन सफल भइन् । आजको खेलमा जित निकाल्दै वाग्मतीले प्रतियोगितामा सेमिफाइनल प्रवेशका लागि आफ्नो सम्भावना जीवित राखेको छ ।

यता गण्डकी प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा दुई खेल खेलेको गण्डकी दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन पुगेको हो । समूह चरणबाट गण्डकी बाहिरिँदा प्रदेश १ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । समूह ‘बी’बाट सेमिफाइनमा पुग्ने टोलीको बिहीबार टुंगो लाग्‍नेछ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC