site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अस्ट्राजेनिकाको खोपलाई बेलायतमा अनुमति
Sarbottam CementSarbottam Cement

लन्डन । फाइजर र मोडर्नाको तुलनामा केही कम प्रभावकारी देखिएको अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ ।

बेलायतमा अस्ट्राजेनिकाको खोपलाई आगामी जनवरी ४ देखि प्रयोगमा ल्याइने तयारी गरिएको छ । यो खोपलाई सामान्य तापमानमा पनि भन्डारण र यताउता लैजान सकिने अस्ट्राजेनिकाले बताएको छ ।

फाइजर–बायोएनटेक तथा मोडर्नाले तयार पारेका खोपलाई भने निकै चिसो तापक्रममा भन्डार गर्नुपर्ने भएकाले ओसारपसारमा निकै कठिनाइ हुने गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले जनवरीदेखि अस्ट्राजेनिकाको खोप दिन सुरु गरिने बताए ।

अस्ट्राजेनिकाको खोप आमजनतालाई दिने बेलायत पहिलो मुलुक हो । बेलायतमा नयाँ स्वरुपमा कोरोनाभाइरस देखिएसँगै अस्ट्राजेनिकाको खोप चलाउन थालिएको हो ।

Global Ime bank

बेलायत सरकारको स्वास्थ्य नियामक निकाय (एमएचआरए)ले अक्सफोर्ड र अस्ट्राजेनिकाले विकास गरेको खोप प्रयोगमा ल्याउन सकिने भन्दै अनुमति दिएको थियो ।

एकजना स्वास्थ्य विभागका प्रवक्ताले अस्ट्राजेनिकाको खोप स्वीकृत गर्नुअघि विज्ञहरुबाट तथ्यांक विश्लेषण गरिएको र सुरक्षा, गुणस्तर र प्रभावकारिता सन्तोषजनक पाइएको बताएका छन् ।

आइतबार मात्र अस्ट्राजेनिकाका प्रमुख कार्यकारी पास्कल सोरिएटले खोपले अस्पतालमा उपचार गराउनुपर्ने कोभिडका बिरामीलाई शतप्रतिशत सुरक्षा प्रदान गर्ने बताएका थिए ।

उनले आफूहरुले विकास गरेको खोपले फाइजर र मोडर्नाको झैं ९० प्रतिशतकै हाराहारीमा काम गर्ने बताएका छन् ।

यसअघि गरिएका परीक्षणमा खोपले ७० प्रतिशतको हाराहारीमा काम गर्ने बताइएको थियो । तर, पछिल्लोपटकको अध्ययनले अस्ट्राजेनिकाको खोप पनि ९० प्रतिशत प्रभावकारी देखिएको बताइएको छ । रासस/एएफपी
तस्बिरः रोयटर्स् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC