site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पहिलो टेस्टमा न्यूजिल्यान्डद्वारा पाकिस्तान १०१ रनले पराजित
Sarbottam CementSarbottam Cement

न्यूजिल्यान्ड । न्यूजिल्यान्डमा सम्पन्न पहिलो टेस्ट क्रिकेटमा न्यूजिल्यान्डले भ्रमणकारी टोली पाकिस्तानलाई रोमाञ्चक ढंगबाट १०१ रनले पराजित गरेको छ ।

न्यूजिल्यान्डविरुद्ध सशक्त प्रतिरोध गरेको पाकिस्तानी टोली अन्तिम दिनको अन्तिम सत्रमा २७ बल बाँकी छँदा अलआउट भएको थियो ।

खेल बराबरी हुन्छ वा न्यूजिल्यान्डले जित्छ भन्ने अन्योलकै बीच न्यूजिल्यान्ड विजयी भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पाकिस्तानका पुछारको क्रमका खेलाडीहरु शाहीन अफ्रिदी र नासीम शाहले झन्डै सात घण्टा क्रिजमा बिताएका थिए । तर, कमजोर प्रकाशमा भएको खेलमा पाकिस्तानको प्रतिरोध आखिरमा न्यूजिल्यान्डका स्पिनर मिचेल सान्टनरले नासीमलाई ‘कट एन्ड बोल्ड’ गरेर समाप्त पारिदिएका थिए ।

यसअघि, फवाद आलम र मोहम्मद रिजवानबीच पनि पाँचौँ विकेटका लागि १६५ रनको महत्वपूर्ण साझेदारी भएको थियो । तर, यो जोडीलाई कायले जेमिसनले तोडेका थिए ।

Global Ime bank

जेमिसनले रिजवानलाई ६० रनमा आउट गरेका थिए भने निल वाग्नरले १०२ रन बनाएका आलमलाई आउट गरेका थिए । पाकिस्तानले दोस्रो इनिङ्समा अलआउट हुँदै २७१ रन मात्र बनाएको थियो ।

न्यूजिल्यान्डले पहिलो इनिङमा ४३१ तथा दोस्रो इनिङमा १८० रन बनाएर जितका लागि ३७३ रनको चुनौती दिएको थियो । जबकि, पाकिस्तानी टोली पहिलो इनिङ्समा २३९ र २७१ रनमा अलआउट भएको थियो ।

यो जितसँगै दुई खेलको यस टेस्ट शृंखलामा न्यूजिल्यान्ड १–० ले अघि भएको छ । अर्को टेस्ट खेल जनवरी ३ देखि क्राइस्टचर्चमा सुरु हुनेछ । रासस/एएफपी
तस्बिरः आईसीसीको ट्वीटबाट ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC