site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दुई दिन सार्वजनिक बिदा अवधारणा : पर्यटन विज्ञबीच नै फरक मत
Ghorahi CementGhorahi Cement

काठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सिफारिस गरेको दुई दिन सार्वजनिक बिदा अवधारणाप्रति पर्यटन क्षेत्रका विज्ञले नै असहमति जनाएका छन् । मन्त्रालयले गठन गरेको अध्ययन समितिले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै दुई दिन बिदा दिन सिफारिस गरेको थियो । आफ्नो सिफारिसबारे सुझाव संकलन गर्ने कार्य पनि समितिले गरिरहेको छ ।

कोभिड–१९ का कारण बाह्य पर्यटक तत्काल आउने सम्भावना नदेखिएकाले दुई दिन सार्वजनिक बिदा दिँदा आन्तरिक पर्यटकले नै यो क्षेत्र चलायमान हुने अनुमान समितिको छ ।

तर, पर्यटन क्षेत्रका विज्ञबीच नै दुई दिन सार्वजनिक बिदा अवधारणाबारे कुरा बाझिएको छ ।

Agni Group

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठ दुई दिन सार्वजनिक बिदाको अवधारणालाई ‘वाहियात’ भन्छन् । ‘‘दुई दिन बिदाले आन्तरिक पर्यटन प्रवद्र्धन हुँदैन । पहिले एक वर्ष यसको अनुभव गरिसकेका छौँ । त्यसैले त्यो अवधारणा गलत छ,” उनले भने ।

दुई दिन सार्वजनिक बिदाको सट्टा वर्षको निश्चित दिन ‘फोर्स ट्राभल लिभ’को व्यवस्था गर्नु राम्रो हुने उनको भनाइ छ । ‘‘अहिले दुई दिन बिदा दिँदा घुम्छन् भन्ने अनुमानमात्रै हो । दुई दिन बिदामा घुम्न जानुभन्दा घरमै बसेर अन्य कामहरु गरौँला भन्ने पनि हुन्छ,” उनले भने ।

Global Ime bank

अहिलेको बेलामा ३६५ दिन नै अत्यावश्यक सेवा कार्यालय सञ्चालन हुनुपर्नेमा दुई दिन बिदाको अवधारणा ल्याउनु नै गलत रहेको उनको तर्क छ । “लकडाउनपछि यातायात कार्यालय, श्रम कार्यालयलगायत सरकारबाट सर्वसाधारणले पाउनुपर्ने सेवा–सुविधामा धेरै अप्ठ्यारो भएको छ । त्यसैले अत्यावश्यक सेवा क्षेत्र साताको पाँच दिन होइन, ३६५ दिनै खुला गर्नुपर्ने स्थिति छ,” उनले भने ।

उनले दुई दिन बिदाले अन्तरिक भ्रमण हुन्छ भन्ने निश्चितता नभएको बताए । दुई दिन बिदा दिँदा सरकारको खर्च घट्छ र कर्मचारी दुई दिनमा भ्रमणमा जान्छन् भन्ने कुनै आधार नभएको उनले बताए ।

“दुई दिन बिदाले आन्तरिक पर्यटन योगदान दिँदैन । आन्तरिक पर्यटनमा योगदान दिनको लागि गर्नुपर्ने भनेको वर्षको कति दिन हो, बाध्यात्मक ‘फोर्स ट्राभल लिभ’ दिन सकियो भने मात्रै हुन्छ । त्यसमा कर्मचारीले पाउने सेवा–सुविधा, थप खर्चको सुविधा दिएरमात्रै आन्तरिक पर्यटन प्रवद्र्धन हुनसक्छ,” उनले भने ।

तर, बोर्डकै पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी भने दुई दिन बिदाले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने बताउँछन् । “दुई दिन बिदाले शतप्रतिशत डिपेन्डेन्ट भएर यसैले एउटा म्याजिक गर्छ भन्ने त होइन । तर, एक इनाबेलिङ फ्याक्टर हुनसक्छ । आन्तरिक पर्यटनमा टेवा पुर्‍याउने एउटा महत्वपूर्ण फ्याक्टर हुन्छ,” उनले भने ।

दुई दिन बिदा हुनेबित्तिकै नजिकका गन्तव्यमा मानिसहरु घुम्न निस्कने उनको विश्वास छ । दुई दिन सार्वजनिक बिदा सरकारीभन्दा पनि निजी क्षेत्र, संगठित संस्थाहरुमा काम गर्नेहरुलाई दिइए अझ बढी प्रभावकारी हुने उनको भनाइ छ ।

“दुई दिन बिदाले घुम्न निस्कने कल्चर बढाउँछ । तर, यसैले सबै चिज हुन्छ भन्ने छैन । यो एउटा पक्ष हो भने अरु पक्षमा घुम्नका लागि वातावरण बनाउने, इन्सेन्टिभ प्याकेज ल्याउने, प्रवद्र्धन गर्ने गर्नुपर्छ,” उनले भने ।

दुई दिन बिदामा घुम्ने कर्मचारीलाई इन्सेन्टिभ, घुम्दा खर्चमा कर छुटलगायतको व्यवस्था गरिए त्यसले थप बढी भूमिका खेल्ने जोशीको भनाइ छ । 

पर्यटन मन्त्रालयका पूर्वसचिव सुरेशमान श्रेष्ठ भने दुई दिन सार्वजनिक बिदाको अवधारणा निकै उपयोगी हुने बताउँछन् । “दुई दिन सार्वजनिक बिदाले आन्तरिक पर्यटनको प्रवद्र्धन गराउन सहयोगमात्रै गर्दैन, सरकारलाई पनि फाइदा हुन्छ,” उनले भने ।

दुई दिन बिदाले आफन्तबीच भेटघाट गर्ने वातावरण बनाउने र महिना÷दुई महिनामा नजिकैको पर्यटकीय क्षेत्रमा गएर बस्ने परम्परा बढ्ने उनको भनाइ छ । लोकसेवा आयोग वाग्मती प्रदेशको अध्यक्षसमेत रहेका श्रेष्ठले दुई दिन बिदा निकै उपयोगी तर अत्यावश्यक यातायात, जिल्ला प्रशासन कार्यालय, मालपोतजस्ता कार्यालय शनिबार र आइतबार पनि खुला गर्नुपर्ने बताउँछन् ।

“कोरोनाका कारण तत्काल दुई दिन बिदाले आन्तरिक पर्यटन प्रवद्र्धन नहोला । तर, दुई दिन बिदा भएपछि मान्छेले बल्ल विचार गर्न, योजना बनाउँन थाल्छन् । एक दिनमात्रै बिदा हुँदा मान्छेले अरु कुरा सोच्दै सोच्दैनन्,” उनले भने ।

दुई दिन बिदा अन्तर्राष्ट्रिय प्रचलन भएको पनि उनले बताए । “फोर्स लिभ गर्दा सबैको सधैँ नपर्न सक्छ । अनि, एकजनामात्रै कसरी घुम्छन् ? सबैको एकैपटक बिदा भयो भने मिलेर घुम्न जाने हुन्छ,” उनले भने ।

दुई दिन सार्वजनिक बिदा दिँदा कर्मचारी, कार्यालय तथा संस्थानहरुको उत्पाकत्व वृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग हुने अध्ययन समितिको निष्कर्ष छ । यस्तै, सामाजिक दृष्टिकोणले लैंगिक समानता कायम गर्न, काम र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम गर्न सहयोग हुने, पारिवारिक सामीप्यता कायम हुने र पर्यावरणीय दृष्टिकोणले समेत सकारात्मक प्रभाव पर्न जाने प्रतिवेदनमा औंल्याइएको छ ।

सार्वजनिक निकायहरुमा हप्तामा दुई दिन बिदा दिन र निजी क्षेत्रलाई पनि यस प्रकारको निर्णय गर्न प्रोत्साहन गर्न मनासिव हुने ठहर समितिको छ । मन्त्रालयले कोडिभ–१९ ले पर्यटन उद्योग शिथिल भएको र तत्काल विदेशी पर्यटक आएर नेपालको पर्यटन क्षेत्रमा योगदान गरिहाल्ने अवस्था नरहेको भन्दै दुई दिन सार्वजनिक बिदा दिन प्रारम्भिक सिफारिस गरेको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न दुई दिन बिदा दिनु उपयुक्त हुने मन्त्रालयको दाबी छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC