site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पहिलो चरणको विरोध प्रदर्शनले नेपाली जनता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमको विरुद्धमा छन् भन्ने स्पष्ट सन्देश दिएको छ । देशका सबैजसो राजनीतिक दल र समाजको प्रबुद्ध वर्गले नेपालको संविधानको अक्षर र भावनाविपरीत संसद् भंग गरिएकोमा एक स्वरले विरोध गरेको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेताहरूको स्वर अपेक्षाकृत नरम भए पनि संविधानका पक्षमा तिनको प्रतिबद्धतामा कमी देखिएन । सत्तारुढ नेकपाको अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षको विरोधको स्वर अपेक्षाकृत चर्को रह्यो । संसद्मा तेस्रो दल जनता समाजवादी पार्टी, नेपाल पनि प्रतिनिधि सभा विघटन गर्ने निर्णयको विरुद्ध आन्दोलनमा उत्रिसकेको छ । 

अझै पार्टी एकताको सम्भावना अस्वीकार नगर्ने नेकपाका नेताहरू प्रतिनिधि सभा पुनःस्थापनाका पक्षमा निकै मुखर र आक्रामकरूपमा प्रस्तुत भए । यसैगरी जनता समाजवादी दलका नेताहरू पनि प्रतिनिधि सभा पुनःस्थापनाका पक्षमा उत्तिकै मुखर देखिए । नेकपाको दाहाल घटक र समाजवादीका तुलनामा नेपाली कांग्रेस भने आक्रामक हुन सकेन भन्ने टिप्पणी हुन लागेको छ । यसलाई कांग्रेसभित्र प्रतिनिधि सभा विघटनका विषयमा मतभेदका रूपमा अथ्र्याइएको पाइन्छ । संसद् विघटनविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । सम्भवतः यही कारणले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरूको प्रतिनिधि सभा पुनःस्थापनाका पक्षमा समेत आक्रामकरूपमा प्रस्तुत हुन हिचकिचाएका हुन् । परन्तु, समग्रमा न्यायालयको सम्मान गर्ने शैलीबाहेक अरूमा खासै मतभेद देखिँदैन । यद्यपि, यही निहुँमा नेपाली कांग्रेसभित्र मतभेद बढ्यो भने पनि आश्चर्य मान्नु भने पर्दैन । हुनत, चुनावमा जानु परेमा लाजमर्दो अवस्थाकाे सामना गर्नु नपरोस् भनेर पनि कांग्रेसका नेता कार्यकर्ता अपेक्षा कम आक्रामक भएकाे पनि हुनसक्छ ।

नेपालमा कम्युनिस्ट फुट्न लाग्दा सबैभन्दा बढी चिन्तित भने चिनियाँ कम्युनिस्ट पार्टी देखियो । सम्भवतः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा उत्पन्न विग्रहपछि नेपालमा कम्युनिस्टहरू सत्तामा नरहने डरले चीन बढी चिन्तित भएको हो । नेकपाको विभाजनले नेपालमा अस्थिरता उत्पन्न हुँदा चीनको सुरक्षामा समेत खतरा उत्पन्न हुने विश्लेषण चीनले गरेको देखिन्छ । त्यही कारणले होला नेकपाभित्रको विवाद मिलाउने ‘मिसन’मा चीनका उपमन्त्रीको नेतृत्वमा एउटा प्रतिनिधि मण्डल नै नेपाल आएर राष्ट्रपति र प्रधानमन्त्रीदेखि विवादरत नेताहरूसँग भेट्न घरदैलो गर्दैछ । कुनै राजनीतिक दलभित्रको किचलो मिलाउन यसरी उच्चस्तरको प्रतिनिधि मण्डल नेपाल आएको सम्भवतः यो पहिलो पटक हो । आशा गरौँ, आन्तरिक विवादमा अर्को राष्ट्रको चासो, चिन्ता र हस्तक्षेपको प्रयास यही अन्तिम होस् । यसपटक विरोध प्रदर्शन पूर्ण शान्त रह्यो । प्रहरीले पनि बल प्रयोग गरेन । तर, नेकपाका असन्तुष्ट नेताहरूले नेतृत्व गरेको जुलुसमा अत्यन्त आपत्तिजनक र मर्यादाहीन नारा लगाइएको सुनियो । प्रदर्शनको नेतृत्व गर्नेहरूले जुलुसमा लागेको नाराको नैतिक दायित्व लिएर माफी माग्नु र आयन्दा त्यस्ता नारा लगाउन रोक्नु उचित हुनेछ । लोकतन्त्रको रक्षाका लागि संविधानको रक्षामात्रले पुग्दैन । लोकतन्त्रलाई जीवनशैली पनि बनाउनुपर्छ । सडकमा लाग्ने नाराले आन्दोलनकारीको मानसिकता, संस्कार र स्तरको प्रतिनिधित्व जो गर्छ ।       
    
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC