site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

शिक्षा र स्वास्थ्यमा कालोबजार हुनमात्र रोक्ने हो भने पनि देशको आर्थिक सामाजिक प्रगतिमा ठूलो योगदान हुनेथियो । तर, नेपालमा भने शासनमा लोकतन्त्रीकरण हुँदै जाँदा पनि शिक्षा र स्वास्थ्यलाई भने कालोबजारमा सुम्पने प्रवृत्ति घटेन । चिकित्सा शिक्षा सामाजिक क्षेत्रमा पैmलँदो कालोबजारीको ज्वलन्त उदाहरण बनेको छ ।
निजी क्षेत्रलाई शिक्षा र स्वास्थ्य सेवामा लगानी गर्न दिनुको अर्थ कालोबजार गर्ने ‘लाइसेन्स’ दिनु पक्कै हैन । तर, निजी क्षेत्रका मेडिकल कलेजहरूले भ्रष्ट सरकारी अधिकारीहरूको साँठगाँठमा चिकित्साशास्त्र शिक्षालाई पूरै कालोबजार बनाएका छन् । सम्भवतः शिक्षाको विषयमा सबैभन्दा धेरै आन्दोलन चिकित्साशिक्षामा सुधारकै विषयमा भए । प्रा. डा. गोविन्द केसीले अनेकौंपटक अनशन गरे । सरकारले पटकपटक सम्झौता पनि ग¥यो । उच्चस्तरीय आयोगलगायत समिति र कार्यदलहरू गठन गरिए । तिनले अनेकौं सुझाव र सल्लाह दिए । त्यतिमात्र हैन सर्वोच्च अदालतले समेत चिकित्साशास्त्र शिक्षाका विषयमा अनेकौं आदेश दिइसकेको छ । तर, सरकारको इच्छाशक्तिका अभावमा ती सबै प्रयासहरूमा कालोबजारको छाया परेर अर्थहीन सिद्ध भएका छन् ।
पछिल्लोपटक निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजहरूले पोस्टग्राजुएट (पिजी) मा योग्यताक्रमका अधारमा भर्ना लिन सर्वोच्च अदालतले दिएको आदेश अवज्ञा गरेको भन्दै नेपाल चिकित्सक संघ र सरकारी चिकित्सक संघ (गोदान) सम्बद्ध चिकित्सकहरू आन्दोलित भएका छन् । पिजीको शुल्क र योग्यताक्रम छुट्याउनै बाँकी रहेका बेला भैरहवा र वीरगन्जका मेडिकल कलेजहरूले बढी पैसा लिएर पीजीमा भर्ना  लिन थालेपछि परेको रिटमा सर्वोच्च अदालतले तोकिएको शुल्क र योग्यताक्रमका आधारमा मात्र भर्ना लिन आदेश गरेको थियो । तर, अदालतको आदेशलाई निजी क्षेत्रका मेडिकल कलेजहरूले टेरेनन् । यसैले चिकित्सकहरूका प्रतिनिधि संस्थाहरू आन्दोलनमा उत्रेका हुन् ।
नेपालमा पछिल्ला दिनमा योग्यता र प्रतिभाका पढ्न पनि नपाइने स्थिति उत्पन्न भएको छ । आरक्षणका नाममा बाबुआमाको नाम थरका आधारमा केही स्थानमा विद्यार्थी भर्ना गरिन्छन् । बाँकी स्थानमा पनि पैसा हुनेले मात्र पढ्न पाउँछन् । आरक्षणमा पनि पैसा निर्णायक हुन थालेको छ । यस्तो अवस्थाले विसंगति जन्माउँछ । चिकित्सकहरूमाथि ‘द्रव्यपिचास‘को आरोप लाग्नुको कारण सायद शिक्षामा गरिएको खर्च असुल गर्नुपर्ने बाध्यता पनि हो ।
शिक्षाविद् केदारभक्त माथेमा आयोगको प्रतिवेदनअनुसार हुनुपर्ने कानुनी र अन्य संरचनात्मक सुधार र व्यवस्थापन कार्य तत्काल अगाडि बढाउनु आवश्यक छ । साथै, अदालतको आदेश पालना गराउनु सरकारको कर्तव्य हो । यस्तै योग्यताक्रमका आधारमा पोस्ट ग्य्राजुएट तहमा भर्ना हुन पाउनुपर्ने योग्य चिकित्सकलाई कालोबजारको मारमा पर्नबाट जोगाउनु पनि सरकारकै दायित्व हो । अहिले निजी कलेजहरूलार्इ मनपरी गर्न दिने हो भने अराजकता मच्चिनसक्छ । त्यस अवस्थामा चिकित्सकहरू आन्दोलनमा उत्रन बाध्य हुनेछन् । यसैले सरकारले विशेषगरी शिक्षा र स्वास्थ्य मन्त्रालयले तत्काल सर्वोच्च अदालतको आदेश कार्यान्वयन गराएर प्रतिभाशाली विद्यार्थीले पढ्न पाउने व्यवस्था सुनिश्चित् गरोस् । ढिलो गर्दा धेरै कुरा बिग्रन सक्छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १९, २०७४  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC