site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पीएम कपमा आज दुई खेल 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

लमही । प्रधानमन्त्री कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट अन्तर्गत  आज (बुधबार) दुई खेल हुने भएका छन् । प्रतियोगिता अन्तर्गत आज समूह बी अन्तर्गत दुई खेल हुने भएका हुन् ।  दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा हुने बिहान ९ बजेको पहिलो खेलमा प्रदेश १ ले सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । उपाधि दावेदारका रुपमा रहेका दुई टोलीले प्रतियोगितामा जित निकाल्दै आफूलाई बलियो बनाउने योजना बनाएका छन् । 

आजको खेलमा जित निकाल्ने टोलीले सेमिफाइनलमा आफूलाई बलियो बनाउन्े छ । प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीकी कप्तान समेत रहेकी रुविना क्षेत्रीले प्रदेश १ को कप्तानी गरेकी छन् ।  सुदूरपश्चिम प्रदेश आफूलाई बलियो सावित गर्न पनि आजको खेलमा सहज जित निकाल्ने योजनामा रहनेछ । तर, प्रदेश १ सामु जित निकाल्न त्यति सहज भने छैन । 

प्रदेश १ की कप्तान रुविनाले सुदूरपश्चिमविरुद्ध आफ्नो खेलाडीहरुको बेग्लै रणनिति भएको बताएकी छन् ।  त्यस्तै आज हुने दोस्रो खेलमा गण्डकी प्रदेशले वागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । दिउसो दुई बजे हुने खेलमा आज दुबै टोलीको पहिलो जित निकाल्ने योजना हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  ०७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC