site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
१३ वर्षको उमेरमै तुफानी प्रदर्शन !
Ghorahi CementGhorahi Cement

लमही । १३ वर्षको उमेर । यो उमेरमा धेरैलाई खेलप्रति चासो हुँदैन । चासो भए पनि परिवारका सदस्यले खेलकुदमा लगाउन खोज्दैनन् । स्वयम् व्यक्तिले नै तीव्र चाहना देखाए परिवार र सबैको साथ भने मिल्न सक्छ ।

ज्योतिसनिका मरासिनी भर्खर १३ वर्षकी भइन् । १३ वर्षमै सिनियर टोलीमा रहेर राष्ट्रियस्तरको प्रतियोगिता खेल्ने अवसर पाइन् ।

स्याङ्जाकी उनले १२ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालिन् । तर, छनोटका क्रममा मात्र प्रशिक्षण गर्ने अवसर पाइन् । सेलेक्सन म्याच भएको बेला म्याटमा खेल्दै सिकिन् ।

Agni Group

विद्यालयस्तरको रोसिस बोर्डिङ स्कुलको टिममा सहभागी हुँदै उनी यहाँसम्म आइपुगेकी हुन् ।

मरासिनी हाल दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेटमा देखिएको सबैभन्दा सानो अनुहार हुन् ।

Global Ime bank

प्रतियोगिताको पहिलो खेलमा उनले गरेको प्रदर्शनको तारिफ जताततै छ । सानो उमेरमा राष्ट्रियस्तरका खेलाडीहरुबीच चाखलाग्दो प्रदर्शन गर्दै उनी सबैको मन लोभ्याउन सफल भएकी छन् ।

सुदूरपश्चिम र गण्डकी प्रदेशबीचको खेलमा उनले एक महत्वपूर्ण विकेट लिइन् । अनुभवी खेलाडी रेवती धामीको विकेट लिँदै उनले आफ्नो जादुमय खेलकला देखाइन् ।

खेलमा तीन ओभर बलिङ गरेकी उनले १३ रन खर्चँदै एक महत्वपूर्ण विकेट लिएकी हुन् । बलिङसँगै ब्याटिङतर्फ पनि उनको उत्कृष्ट प्रदर्शन देखियो ।

उनको बलिङ र ब्याटिङको स्तर हेर्दा कुनै अन्तर्राष्ट्रियस्तरको खेलाडीभन्दा कम थिएन । ब्याटिङतर्फ सातौँ नम्बरमा आएकी उनले १४ बल सामना गरेर अविजित छ रन बनाइन् । उनको यो स्कोर आज उनको टोलीका पाँच खेलाडीको भन्दा धेरै हो ।

सानो उमेरमा नै आफूले गरेको सफलताप्रति उनको अनुहारमा खुसी देख्न सकिन्थ्यो ।

“आजको खेलबाट धेरै सिक्ने अवसर पाएँ । ठूलो दिदीहरुले पनि मलाई धेरै कुरा सिकाइराख्नु भएको छ । अझ खेलमा नयाँ कुरा सिकेँ । राष्ट्रियस्तरको पहिलो खेलमा नै विकेट मिल्दा धेरै खुसी मिलेको छ,” उनले बाह्रखरीसँगको कुराकानीमा भनिन् ।

मरासिनीको उक्त सफलताप्रति उनको टोलीका सबै खेलाडीहरु पनि खुसी छन् । उनी आजको दिनबाट धेरै क्रिकेट समर्थकको नजरमा छाउने कुरामा शंका छैन ।

घरमा सबैले खेलमा लाग्न प्रेरणा दिएकाले खेल्ने शक्ति मिलेको उनले बताइन् ।

“घरमा बुवा–ममी सबैले खेलमा लाग्न प्रेरणा दिनुहुन्छ । मलाई खेल्ने कुरामा कुनै रोकटोक छैन । यो मेरो करिअरको सुरुआत हो । आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा पर्ने लक्ष्य छ,” उनले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  २१:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC