site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बेलायतमा नयाँ प्रकारको भाइरसले तेस्रो लहरको संक्रमण अहिलेसम्मकै चुनौतीपूर्ण
Sarbottam CementSarbottam Cement

एजेन्सी । बेलायतमा हाल देखा परेको उच्च संक्रमण संख्या सम्बन्धमा विज्ञहरुले गम्भीर चिन्ता व्यक्त गरेका छन् । अस्पतालमा नयाँ बिरामी लगातार ठूलो स्तरमा बढ्दै गएपछि स्वास्थ्यकर्मीहरु चुनौतीपूर्ण स्थितिमा पुगेका हुन् ।

त्यहाँ अहिले अस्पताल भर्ना हुने बिरामीहरुको संख्या अप्रिलमा पहिलो लहरको संक्रमण फैलँदाभन्दा बढी रहेको छ । शनिबारमात्र लन्डन एम्बुलेन्स सर्भिसलाई सेवाका लागि झन्डै आठ हजार फोन आएको बताइएको छ । जुन पहिलो लहरको संक्रमणजत्तिकै उच्चस्तरमा हो ।

सोमबार त्यहाँ एकैदिन ४० हजार नयाँ संक्रमित थपिएका हुन् भने ३५७ जनाको मृत्यु भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यो तेस्रो लहरको कोरोना संक्रमणलाई नियन्त्रण गर्न हरेक हप्ता २० लाख मानिसलाई सुई लगाउनुपर्ने ‘लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन’ले गरेको अध्ययनले जनाएको छ ।

हालसम्म बेलायतमा कोरोनाभाइरसबाट ७१ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । २३ लाख बढी संक्रमित छन् । पर्याप्तस्तरमा खोप वितरण र प्रयोग नभए अस्पताल भर्ना हुनेहरु, आईसीयूमा राख्नुपर्ने बिरामी अनि, कोरोनाका कारण मृत्यु हुनेको संख्या आगामी वर्ष २०२० मा भन्दा धेरै हुने बताइएको छ ।

Global Ime bank

यसमा पहिलेभन्दा छिटो सर्न सक्ने नयाँ प्रकारको भाइरसका कारण संक्रमण द्रुत गतिमा फैलिरहेको विज्ञहरुको अनुमान छ । जसकारण नै लन्डनसहित दक्षिणपूर्वी क्षेत्रमा कडा नियम लागु गरिएको हो ।

विश्वमा बेलायतबाट आएका यात्रीहरुमा नयाँ प्रकारको भाइरस देखा परेकाले पनि यसविरुद्ध कडा नीति लागु गर्न जरुरी देखिएको छ । ‘इन्डिपेन्डेन्ट सेज ग्रुप’ले यसअघि बेलायतका सबै क्षेत्रमा चौथो तहको कडाइ लागु गर्न सरकारसँग आग्रह गरेको हो । जसमा आवश्यकबाहेकका सबै व्यवसाय, मनोरञ्जनात्मक र सार्वजनिक स्थलहरु बन्द गर्नुपर्ने हुन्छ । त्यस्तै, शिक्षकहरुको युनियनले पनि यसमा समथर्न जनाउँदै स्कुल नखुलाउन सरकारसमक्ष अनुरोध गरेको छ ।

अहिलेको नयाँ रुपान्तरित भाइरस विशेषगरी युवाहरुमा केन्द्रित रहेर फैलिरहेको छ । गत साताको अन्त्यमा त्यहाँ दैनिक संक्रमणदर ३२ हजार नाघेको थियो । जुन त्यसअगाडिका दिनहरुभन्दा ४६.६ प्रतिशत बढी हो ।

अहिले स्वास्थ्य निकायहरुमा अक्सफोर्डको खोप स्वीकृत गराउन दबाब पनि बढिरहेको छ । बेलायतले यसको १० करोड डोज खरिद गर्ने सहमति जनाइसकेको हुँदा देशभर यो खोप छिट्टै खोप उपलब्ध हुन सक्ने र हाल बढिरहेको संक्रमणलाई कम समयमा नियन्त्रण गर्न सकिने अपेक्षा गरिएको छ ।

अघिल्लो महिना अमेरिकी कम्पनी फाइजरको कोरोनाविरुद्धको खोप सर्वसाधारणमा प्रयोगका लागि स्वीकृति दिने बेलायत विश्वकै पहिलो देश बनेको थियो । बिहीबारसम्म त्यहाँका छ लाख मानिसहरुले यसको सुई लगाइसकेको सरकारले जनाएको छ ।

तर, अक्सफोर्ड–एस्ट्राजेनेका खोप देशमै विकसित खोप भएकाले र यसको स्टोरेज पनि तुलनात्मकरुपमा सामान्य भएको हुँदा खोप अभियानमा यसले उल्लेखनीय प्रभाव पार्न सक्ने विश्वास गरिएको छ ।

अहिलेसम्म नयाँ रुपान्तरित कोरोनाभाइरस युरोपेली मुलुकहरुसहित क्यानडा, जापान, सिंगापुर, हङकङ, दक्षिण कोरिया, अष्ट्रेलिया, लेबनन, इजरायल र भारतमा फेला परेको छ ।

भारतमा नयाँ प्रकारको कोरोना्भाइरसबाट छजना संक्रमित भएका हुन् । उनीहरु सबै बेलायतबाटै फर्किएका थिए र आइसोलेसनमा बसिरहेका थिए । अहिले सम्बन्धित निकायले उनीहरुसहित परिवारसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिसकेको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  ०६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC