site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्ड- नेपाल समूहको सन्देश- अदालतमाथि आशा जनतामा भरोसा
Sarbottam CementSarbottam Cement

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-नेपाल समूहले पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमविरुद्ध मंगलबार शक्ति प्रदर्शन गर्‍यो । एक लाख नेता-कार्यकर्ता सडकमा ल्याउने उद्घोष गरेको नेकपाले काठमाडौंका १३ स्थानबाट जुलुस निकालेको थियो ।

जुलुस नाराबाजी गर्दै भृकुटीमण्डपमा कोणसभामा परिणत भयो । प्रचण्ड-नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पनि प्रदर्शनमा सहभागी बने । प्रदर्शनपछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै उक्त समूहले केही स्पष्ट सन्देश पनि दिएको छ ।

संसद पुन:स्थापना-अदालतमाथि आशा जनतामा भरोसा
विघटनको सिफारिस गरेको प्रतिनिधिसभा पुन:स्थापना हुनेमा सर्वोच्च अदालत र निर्वाचन आयोगमाथि आशा मात्रै राखेको छ । अदालतमाथि विश्वास भए पनि भरोसा भने जनता र सडकलाई भएको उक्त समूहको ठहर छ । कार्यक्रममा अध्यक्ष नेपालले संसद् पुनर्स्थापना भएरै छाड्ने जिकिर गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा अध्यक्ष माधव नेपालले संसद पुन:स्थापना हुने जिकिर गरे । "प्रतिनिधिसभा पुन:स्थापना हुन्छ, हुन्छ, हुन्छ भएरै छोड्छ,’’ नेपालले भने । प्रचण्डले अदातलमाथि आशा रहेको र भरोसा जनतामाथि नै भएको अभिव्यक्ति दिए । 

"सम्मान गर्ने हो अदालतलाई । सम्मानबाहेक अरु केही गर्न मिल्दैन । हामी गर्दैनौं पनि । हामी आशा गर्छौं, अदालतले छिटोभन्दा छिटो असंवैधानिक र अलोकतान्त्रिक कदम सच्याउनेछ भनेर भरोसा गर्छौं," प्रचण्डले भनेका छन्, "तर हाम्रो सबैभन्दा भरोसा नेपाली जनतामाथि नै हो । अरुमाथि होइन । जनताले मात्रै सच्याउन सक्छन् भन्ने । हाम्रो अन्तिम भरोसा जनतामाथि हो । र हामी आन्दोलन र अभियानमा छौं ।"

Global Ime bank

नेकपा नाम र सूर्य चिह्‍न पाउनेमा द्विधा छैन
नेकपामा केपी शर्मा ओली र प्रचण्ड-नेपाल दूवै आफ्नो समूह नै वैधानिक भएको दाबी गरिरहेका छन् । यसको निर्क्योलका लागि निर्वाचन आयोगमा प्रक्रिया पनि अघि बढिसकेको छ । केन्द्रीय कमिटीमा आफूहरुसँग ७० प्रतिशत रहेको भन्दै प्रचण्ड-नेपाल समूह वैधानिकता पाउनेमा आशावादी भए पनि अझै विश्वस्त देखिएको छैन । आजको विरोधसभामा अध्यक्ष नेपालले आफूहरुले वैधानिकता पाउनेमा विश्वस्त हुन आग्रह गरे प्रचण्डले भने रातिराति बैठक हुने गरेको प्रसंग सुनाउँदै जालसाझी हुन सक्ने संकेत पनि गरे ।

"पार्टीको विषय निर्वाचन आयोगमा छ । केन्द्रीय कमिटीको ७० प्रतिशत बढीको बैठक बस्यौं । सशरीर देखाइदिनुपर्‍यो भनेर निर्वाचन आयोग गयौं । निर्वाचन आयोगका प्रमुख आयुक्त र अन्य आयुक्तहरुसँग हामी यहाँ छ भन्यौं । चाहिन्छ भने तीन सयजना उपस्थित गराउन सक्छौं भनेका छौं,’’ प्रचण्डले बताए ।

उनले आफूहरुसँग घामजत्तिकै छर्लंग ७० प्रतिशत रहेको बताउँदै छलफलै नगरी एकजनाले १२ सय बनाएको केन्द्रीय कमिटीले वैधानिकता नपाउने विश्वास व्यक्त गरे ।

‘निर्वाचन हुँदैन, कांग्रसले सपना नदेखे हुन्छ’
सरकारले घोषणा गरेको चुनाव नहुनेमा प्रचण्ड-नेपाल समूह विश्वस्त देखिन्छ । नेकपाले चुनाव हुने सपना नदेख्न कांग्रेसलाई चुनौती पनि दिएको छ । स्वयं ओलीलाई भरोसा नभएको चुनाव हुने र जितिने भ्रममा नपर्ने सचेत पनि बनाएको छ ।

“कतिपय मानिसहरुलाई कम्युनिस्ट पार्टी विभाजन भएको । मध्यावधि निर्वाचन भइहाल्यो भने जितिहालिन्छ नि भनेर अलिअलि सपना देख्न खोज्या कुरा पनि सुनिन्छ,” अध्यक्ष प्रचण्डले कांग्रेसतर्फ लक्षित गर्दै भने, “म ती साथीहरुलाई त्यस्ता सपना नदेख्न, दुस्वप्न हो भन्ठान्छु । यो हुनेवाला चुनावको घोषणा भएकै होइन । यति तथ्य भन्दाभन्दै पनि भ्रममा पर्यौं भने हामी बर्बाद हुन्छौं, नेपाल बर्बाद हुन्छ ।”

त्यस्तै, उनले संसद् पुन:स्थापनापछि दुई वर्ष चुनाव भई नै हाल्ने, नेकपा फुटिहालेको कारण कांग्रेस ढुक्कै बसे हुने भन्दै उनले कांग्रेसलाई आश्वस्त पार्न खोजे । “संविधान जोगाए चुनाव पनि जित्नुहोला । किन आत्तितनुहुन्छ,” उनले भने ।

वैशाखसम्म मात्रै ओली प्रधानमन्त्री
प्रचण्डले ओली वैशाखसम्म मात्रै प्रधाननमन्त्री रहेने दाबी पनि गरेका छन् । उनले वैशाखपछि ओली प्रधानमन्त्री पनि नरहने र उनी राजनीतिक रुपमा पत्तासाफ हुने बताए ।

"वैशाख उता उनी प्रधानमन्त्री पनि रहँदैनन् । नेपालको राजनीतिक इतिहासबाट उनको पत्तासाफ हुनेवाला छ ।

संसद पुन:स्थापना नभएसम्म सडकमा, आन्दोलन चर्काउने चेतावनी 
उनीहरुले संसद् स्थापना नभएपछि सडकबाट नफर्कने उद्घोष पनि गरेका छन् । प्रधानमन्त्री ओलीको कदम नसच्चिँदासम्म सडक संघर्षलाई चर्काउने चेतावनी पनि दिएका छन् । कार्यक्रममा बोल्ने नेताहरुले संसद पुन:स्थापना नहुँदासम्म सडकबाट नफर्कने बताए ।

“यो आन्दोलन होइन । यो त आन्दोलनको ट्रेलर मात्रै हो । यो त भत्कौरो मात्रै हो । जन्ती आउनै बाँकी छ, बाजा बझ्नै बाँकी छ,’’ प्रचण्डले मदन भण्डारीले एक कार्यक्रममा दिएको अभिव्यक्ति स्मरण गर्दै आँधीहुरी आउने चेतावनी दिए । प्रचण्ड-नेपाल समूहले भोलि नै दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी पनि गरेको छ । 

ओलीमाथि हमला- ज्ञानेन्द्रको दाँजोमा
प्रचण्ड-नेपाल समूह ओलीमाथि गालीको वर्षा नै गरेको छ । केही समय अघिसम्म एकमुख भएका नेताहरुले विगतका कुराहरुलाई छरपस्टै बनाएका छन् । कार्यक्रममा अध्यक्ष नेपालले ओलीमा पूर्वराजा ज्ञानेन्द्रको प्रवृत्ति भएको टिप्पणी गरे ।

नेताहरुले ओलीमा कम्युनिस्ट प्रवृत्ति नदेखिएको टिप्पणी पनि गरेका छन् । "१२ बजे मलाई बोलाएर भन्नुहुन्छ, अरु कोही काबिल भएनन् माधव कमरेड । तपाईं नै प्रधानमन्त्री हुनुपर्‍यो र पार्टीको एकल अध्यक्ष हुनुपर्‍यो । अनि, ४ बजे कमरेड प्रचण्डलाई बोलाएर भन्नुहुन्छ, कोही गतिला मान्छे पाइनँ मैले,’’ तपाईंभन्दा गतिलो छैनन्, नेपालले ओलीप्रवृत्तिबारे भने, "तपाईं एकल अध्यक्ष बन्नुपर्छ, प्रधानमन्त्री पनि बन्नुपर्छ । जब तीनजना हामी भेला हुन्छौं, जम्मै भण्डाफोर हुन्छ । ठीक यही प्रवृत्ति थियो तत्कालीन राजा ज्ञानेन्द्रमा ।"

नेपालले थपे, "मलाई बोलाएर भन्नुहुन्थ्यो, गिरिजाप्रसाद विदेशी दलाल हो, यसले त देश नै खाने भयो । नेपाली कांग्रेस काम नै लाग्दैन । कम्युनिस्टमा देशभक्ति हुन्छ, माधवजी, तपाईंले भूमिका खेल्नुपर्छ । म त्यहाँबाट हिँडेपछि गिरिजाबाबुलाई बोलाएर भन्नुहुन्थ्यो, कम्युनिस्टहरु तानाशाह हुन् । नेपालमा यसको नामेट गर्नुपर्छ । माधव नेपालजस्ताले केही गर्न सक्छ ? गिरिजाबाबु तपाईँ त महान् मान्छे ।"

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  १९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC