site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्ड–नेपाल समूहको ओलीमाथि आरोपका वर्षा !
Sarbottam CementSarbottam Cement

काठमाडौं । ४० वर्षभन्दा लामो राजनीतिक सहकार्य गरेका माधवकुमार नेपालले ओली कहिल्यै पनि लोकतान्त्रिक चरित्रको नभएको बताएका छन् । प्रतिनिधिसभा विघटन गरेर संविधानविपरीतको शासन चलाएको भन्दै विरोधमा आन्दोलन थालेको माधव-प्रचण्ड समूहको सभामा नेपालले ओलीको यस्तो टिप्पणी गरेका हुन् ।
 
“अझै पनि सच्चिएर, आत्माआलोचना गरेर प्रतिनिधिसभा पुन:स्थापनाका लागि अग्रसररत लिने भए हामी कारबाही फिर्ता गर्न तयार छौं,’’ नेपालले भने, ‘‘हैन भने भिरमा जाने गोरुलाई राम भन्न सकिन्छ काँध थाप्न सकिदैन ।’’ नेपालले लोकतन्त्र प्राप्तिको आन्दोलनलाई ०६२/६३ मा खिसिटिउरी गरेको स्मरण गर्दै ओली अर्काले ल्याएको परिवर्तनको लाभ लिएर परिवर्तनविरुद्ध जाने नेता भएको बताए ।

‘‘राजाविरुद्धको आन्दोलनलाई उहाँ बयलगाढा चढेर वासिंटन डीसी पुगिँदैन भन्दै खिसिटिउरी गरिरहनुभएको थियो,’’ नेपालले भने, ‘‘उहाँमा गणतन्त्रप्रति अपनत्व छैन, यो संविधानप्रति सद्‍भाव छैन र यो व्यवस्थाप्रति सम्मान पनि छैन ।’’
ओलीमा सुधार आए देशमा पनि संकट टर्ने र उनी पनि जोगिने भए पनि ओलीमा सुधार आउनु करिब असम्भव भएको बताए ।

‘‘साथीहरु अझै पनि ओलीमा सुधार आउँछ कि भन्नुहुन्छ मैले त बालुवाटारको बालुवा पेलेर तेल निकाल्नुस् भनेको छुँ,’ नेपालले भने, ‘‘केपी ओलीमा व्यक्तिवाद छ, उहाँ मेनुपुलेसनमा विश्वास गर्नुहुन्छ, राष्ट्रियताको खुट्टा टेक्नुभएको छैन । उहाँ प्रधानमन्त्री बनिरहन संसद् विघटन गर्न तयार हुनुहुन्छ । ज्ञानेन्द्रमा ठीक यही शैली थियो । लाज मर्दो कम्युनिस्ट पार्टीमा यस्ता मान्छेको जन्म हुँदो रहेछ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

नेकपा एमालेका ओलीभन्दा अघिसम्मका अध्यक्ष झलनाथ खनालका शब्दमा ओलीले बालुवाटार छिरेदेखि पार्टी बिर्सिएका छन् । ‘‘बालुवाटार पुगेपछि ओलीजीले पार्टी बिर्सनुभयो साथी चिन्न छोड्नुभयो,’’ खनालले भने, ‘‘कम किन गर्न सक्नुभएन भनेर सोध्दा मेरो काम देखेर विश्व चकित छ भन्नुभयो । उहाँले रानीपोखरी बनाएको अरे, धरहरा बनाएको रे ।’’

ओलीको व्यवहारबाट हैरान भएको बताएका खनालले उनले पार्टीलाई ओली एन्ड कम्पनी बनाएको बताए । खनालले भने, ‘‘पार्टीले निर्णय गर्‍यो उहाँले लागु नगर्ने, बैठकमा सहभागी नहुने बैठकमा उपस्थितले निर्णय गरे मान्दिनँ भन्ने आफूलाई बहुमतबाट निर्णय गरेर कारबाही गर्न लागे भनेपछि जनप्रतिनिधिको थलो संसद् नै सिध्याउने ।’’ खनालले ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम सफल भए नेपालमा अस्थिरताको नयाँ शृंखला सुरु हुने बताए ।

Global Ime bank

कुनै समय एक-अर्काका दुस्मन बनेका प्रचण्डले त ओलीलाई कम्युनिस्ट चरित्र नभएका नेताका रुपमा चित्रित गर्दै मार्क्सवादबाट स्खलित भएको टिप्पणी गरेका छन् । ‘‘विश्वभका नेपालीहरुलाई भन्न चाहन्छौं ७० वर्ष लामो सशस्त्र र नि:शस्त्र संघर्षको परिणाम संविधानको रक्षा गर्न आज सडकमा आउनुपरेको छ,’’ दाहालले भने, ‘‘हामीले नै बनाएका प्रधानमन्त्रीबाट ७० वर्ष लगाएर बनाएको संविधान र संघीय लोकतान्त्रिक व्यववस्था खतरामा परेकामा क्षमा माग्दछु ।’’ उनले ओलीको सिद्धान्त विश्वासबारे आफू भलिभाति जानकार भएको भन्दै त्यति हुँदा-हुँदै पनि विश्वास गर्दा गल्ती भएको बताए ।

‘उहाँको सिद्धान्त मलाई थापा थियो । संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र आन्दोलनको आधी-हुरीका कारण मात्र स्वीकारे भन्नुभएकै थियो, मैले पत्याएँ,’’ दाहालले भने, ‘‘तर उहाँ त त्यो प्रतिगनकारी ठाउँमा नै हुनुहुन्छ भन्ने देखियो । मलाई कहि कहि थोरै अप्ठ्यारो महसुस भएको छ । हामीले नै बनाएको प्रधानमन्त्री केपी शर्मा ओलीले यसरी प्रहार गर्लान् भन्ने सपनामा पनि सोचेको थिइन् ।’’

उनले ओली मार्क्सवादप्रति, समाजवादप्रति स्खलित भइसकेको भन्दै तानाशाह बन्न लागिरहेको बताए । ‘उहाँले भन्ने गरेको लोकतन्त्र पनि देखियो । उहाँ लोकतान्त्रिक होइन निरंकुश तानाशाह हो भन्ने उहाँको कदमले नै प्रस्ट पारेको छ,’’ दाहालले भने ।

ओलीले संविधानमै नभएको विशेषाधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको भन्दै संसद् संविधानअनुसार जीवित रहेको दाबी गरे । ‘‘०४७ सालको संविधानअनुसार गिरिजाप्रसाद र मनमोहन अधिकारीले बहुमत हुँदै संसद् विघटन गरेकाले त्यस्तो व्यवस्था हामीले हटाएका छौं,’’ दाहालले भने, ‘‘चौथो विकल्प पनि संसद्‌ले सरकार दिन सकेन भने मात्र सदन भंग गर्ने व्यवस्था संविधानमा राखिएको छ ।’’ उनले त्यही व्यवस्थाका कारण प्रतिनिधिसभा जीवित रहेको दाबी गरे । ‘‘ओलीको सिफारिस संविधानको मर्म भावना र अक्षरको विपरीत छ । ओलीले जति सिफारिस गरेको त्यसका आधारमा संसद्‌ विघटन भएको छैन । हामी सांसदहरु जीवित छौं,’’ दाहालले भने, ‘‘ओलीले कलंकको टीका लगाए । जबसम्म उनले नेपाली समाजसामु आत्मालोचना गर्ने छैनन् तबसम्म उनले माफी पाउने छैनन् ।’’

दाहालले विगत एक वर्षदेखि निरंकुशताका अभ्यास गर्न खोजेको भन्दै रोक्न सकिन्छ भन्दा भन्दै ओलीले झुक्याएको बताए । ‘‘ओलीले निरंकुशताको अभ्यास गर्न थालेको एक वर्षअघि देखि नै हो । हामीले पार्टी विधिअनुसार चल्नुपर्‍यो भन्यौं । बैठक भन्नासाथ उहाँको बडो अरुचि हुन थाल्यो । आफूलाई मनलाग्दी बोल्ने अनि अरुको कुरा सुन्ने बेलामा हिँडिदिने,’’ उनले भने । उनले देशको सार्वभौमसत्ता दुईजनाले भत्काउन नसक्ने दाबी पनि गरे । 

‘‘सार्वभौम अधिकार दुईजनाले भत्काउन मिल्छ ?,’’ राष्ट्रपति र प्रधानमन्त्री दुईजनालाई संकेत गर्दै दाहालले भने, ‘‘हामी जस्तोसुकै कठोर संघर्षमा जान पनि तयार छौं, हामी रोकिँदैनौं जे गर्ने हो गरे हुन्छ ।’’

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  १८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC