site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारतद्वारा अस्ट्रेलिया ८ विकेटले पराजित
Sarbottam CementSarbottam Cement

मेलबोर्न । अस्ट्रेलियामा जारी भारत र अस्ट्रेलियाबीचको दोस्रो टेस्ट क्रिकेटमा भारतले अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको छ ।

यो जितसँगै चार टेस्टको शृंखला १–१ को बराबरीमा पुगेको छ ।

भारतीय टिमका कार्यवाहक कप्तान अजिन्क्य रहाणेले उत्कृष्ट प्रदर्शन गरेर भारतको जितको आधार तयार पारेका थिए । रहाणेले दोस्रो पारीमा पनि अविजित २७ रन बनाएका थिए । उनले पहिलो इनिङमा पनि ११२ रनको उत्कृष्ट पाली खेलेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अस्ट्रेलियाले प्रस्तुत गरेको ७० रनको झिनो लक्ष्य भारतले दुई विकेटको क्षतिमा पूरा गरेको थियो ।

यी दुवैबीच एडिलेडमा भएको पहिलो टेस्ट खेलमा भारत अस्ट्रेलियासँग नराम्रोसँग पराजित भएको थियो । भारतीय टोली दोस्रो इनिङमा ३६ रनमै समेटिएपछि भारतीय टोलीको चर्को आलोचना भएको थियो ।

Global Ime bank

पहिलो टेस्ट खेलेका नियमित कप्तान विराट कोहली बिदामा बसेपछि दोस्रो टेस्टका लागि अजिन्क्य रहाणेलाई कप्तानीको जिम्मेवारी दिइएको थियो ।

पहिलो इनिङमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रेलियालाई १९५ रनमै सीमित गरेको थियो । जवाफमा कप्तान रहाणेको ११२ रनको मद्दतले भारतले ३२६ रनको मध्यम स्कोर खडा गरेको थियो ।

तर, भारतीय बलरसामु अस्ट्रेलियाका खेलाडीले दोस्रो इनिङमा पनि खासै राम्रो प्रदर्शन गर्न सकेनन् । दोस्रो इनिङमा अस्ट्रेलियाली टोली सबै विकेट गुमाएर २०० रनमै समेटिएको थियो ।

अब दुवै टिमबीच सिड्नीमा जनवरी ७ देखि तेस्रो तथा जनवरी १५ देखि ब्रिस्बेनमा चौथो तथा अन्तिम टेस्ट हुनेछ ।  रासस/एएफपीतस्बिरः आईसीसीको ट्वीटबाट ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC