site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जलवायु परिवर्तनको प्रभाव : २०२० मा १५० अर्ब डलर नोक्सान
Sarbottam CementSarbottam Cement

एजेन्सी । अष्ट्रेलियाको वन डढेलोदेखि आँधी, हावाहुरी, सलह प्रकोप, बाढी पहिरो आदिले २०२० मा वातावरण सम्बन्धी अहिलेसम्मकै सबैभन्दा ठूलो क्षति पुर्याएको छ । यसवर्षका दश सबैभन्दा महङ्गा प्राकृतिक प्रकोपहरुले कूल गरेर १५० अर्ब डलर बराबरको नोक्सानी गराएको छ जसले २०१९ को सबै रेकर्ड तोडेको छ भने जलवायु परिवर्तनको दीर्घकालीन असरबारे पनि ध्यान केन्द्रित गराएको नयाँ रिपोर्टमा उल्लेख छ । 

प्राकृतिक प्रकोपले यो वर्ष विश्वभर ३५,०० मानिसहरुको ज्यान लिएको छ भने एककरोड ३५ लाख मानिसहरुलाई विस्थापित गराएको छ ।  विशेषगरी विपन्न मुलुकहरुमा यसबाट हुने धनजनको क्षति रेकर्ड नहुने हुँदा नोक्सानको तथ्याङ्क अनुमान गरेभन्दा धेरै गुणा बढी रहेको विज्ञहरु बताउँछन् । 
यसकारण पनि प्राकृतिक प्रकोपको अधिकतम भार गरिब राष्ट्रहरुलाई परिरहेको हुन्छ जसलाई आश्चर्यजनक मानिएको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

धनी मुलुकहरुमा ६० प्रतिशत प्राकृतिक प्रकोप सम्बन्धी दुर्घटनाको भर्पाइ गर्ने गरिएको छ भने कम आयदर भएका देशहरुमा चाहिँ चार प्रतिशत आर्थिक नोक्सानीको मात्र क्षतिपूर्ति दिइने गत महिना ल्यान्सेन्टमा प्रकाशित अध्ययनमा उल्लेख छ ।  क्रिस्टियन एडकी जलवायु नीति प्रमुख, क्याट क्रामर भन्छिन्, “एसियामा बाढीपहिरो होस् या अफ्रिकामा सलह प्रकोप, अमेरिका र युरोपमा आँधीबेरी, २०२० मा जलवायु परिवर्तनले वास्तवमै आक्रामक रुप लिएको छ ।” 

मान्छेद्वारा सिर्जित जलवायु परिवर्तन अगाडि पनि प्राकृतिक प्रकोपहरु हुने गर्दथे तर एक शताब्दी भन्दा लामो समयको तापमान सम्बन्धी डाटा, हुरीबतास र बढ्दो समुद्री सतहबारे अध्ययनले अहिलेको असामान्य मौसमी गतिविधि मानव हस्तक्षेपकै कारण भएको स्पष्ट पार्दछ ।  यसवर्षका सबैभन्दा ठूलो आर्थिक क्षति पुर्याउने प्राकृतिक दुर्घटनाहरुमध्ये पाँचवटा एसियाको वर्षायामसँग सम्बन्धित रहेका छन् । 

Global Ime bank

जस्तै २०२० मा बांग्लादेशले अनुभव गरेको बाढीलाई ऐतिहासिक मानिएको छ जसमा एक चौथाइभन्दा बढी देशको भूभाग पानीमा डुबेको हो ।  त्यस्तै अष्ट्रेलिया अनि अमेरिकाको क्यालिफोर्नियामा भएको अनियन्त्रित आगलागीले पनि इतिहासकै ठूलो डढेलोको रेकर्ड राखेको छ । 

त्यस्तै रुसको अति चिसो आर्टिक सर्कलमा यस वर्ष पहिलोपटक तापमान वृद्ध हुनुले वैज्ञानिकहरुलाई अर्को झट्का दिएको हो । यसरी समयसँगै प्राकृतिक प्रकोपहरु झन झन क्रुर र पहिलेको भन्दा बढी हुने हालका डाटाले देखाउँछ ।  द गार्जियन 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  ०८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC