site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लुम्बिनीलाई हराउँदै एपीएफ समूह विजेता 
Sarbottam CementSarbottam Cement

लमही । प्रधानमन्त्री कप महिला टि–ट्वान्टी क्रिकेट अन्तर्गत विभागीय टोली एपीएफ समूह एको विजेता बनेको छ ।  सोमबार भएको खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ६१ रनको अन्तरले हराएको हो ।  दाङको देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा एपीएफले दिएको १२३ रनको मध्यम लक्ष्य लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र ६१ रन बनाउन सक्यो । 

लुम्बिनीका लागि लक्ष्मि चौधरीले ११ रन बनाउन सफल भइन् । त्यस्तै सरस्वतीघर्ती मगरले ७ रन बनाउन सफल भइन् ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै रन बनाएको थियो । एपीएफका लागि ज्योती पाण्डेले सर्वाधिक ४९ रनको योगदान गरिन् । अर्धशतक बनाउनबाट एक रनले चुकेकी उनले ५४ बल खेल्दै १ चौकाको सहयोगमा ४९ रन बनाउन सफल भएकी हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

एपीएफका लागि इन्दु ब्रमाले २८ रन बनाउन सकिन् । त्यस्तै राजमती एरीले ११ रन बनाउनदा सरिता मगरले १० रन बनाईन् ।  बलिङतर्फ लुम्बिनी प्रदेशका लागि कप्तान नेरी थापाले दुई विकेट लिन सफल भइन् । त्यस्तै सरस्वती पुन र कृतिका मरासिनीले समान एक–एक विकेट हात पारिन् । 

आजको खेलमा जित निकाल्दै एपीएफ समूह ए को विजेता बनेको छ । एपीएफले समूह चरणका तीन खेल खेल्दै तीनै खेलमा जित निकाल्न सफल भउको हो । यता समूह चरणको तीन खेल खेलेको लुम्बिनीले दुई खेलमा जित निकाल्न सफल भएको हो । त्यस्तै लम्बिनीले एक खेलमा पराजय भोग्नु परेको हो । 

Global Ime bank

अब एपीएफले समूह बीको उप–विजेतासँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै लुम्बिनी प्रदेशले समूह बीको विजेतासँग खेल्ने छ । 

प्रतियोगिता अन्तर्गत भोली (मंगलबार) दुई खेल हुनेछन् । बिहान ९ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशसँग खेल्नेछ । त्यस्तै दोस्रो खेलमा वागमती प्रदेशले प्रदेश १ सँग खेल्ने छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC