site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्मीलाई अवसर
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन आर्मी क्लबले एसियाली फुटबल महासंघ (एएफसी)बाट केही दिनअगाडि मात्र एएफसी लाइसेन्स प्राप्त गरेको छ ।

‘ए’ डिभिजन लिग खेलेका १४ टोली सबैले मान्यता लिन पत्रचार गरे पनि केही मापदन्ड पूरा हुन नसक्दा एएफसीले सबैलाई मान्यता दिएन ।

आर्मी क्लबले मान्यता पाएसँगै अब आर्मीले मात्रै एएफसीका प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पाउने भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कुनै समय दक्षिण एसियामा बलियो मानिने नेपाली फुटबल पछिल्लो समय विभिन्न उतार–चढावले गर्दा लयमा नदेखिनु तितो यथार्थ हो । एएफसीका प्रतियोगितामा बलियो चुनौती दिँदा दर्शकको वाह ! वाह ! बटुल्ने गरेका नेपाली क्लबले पछिल्ला केही संस्करणमा प्रतिनिधित्व गर्न सकेनन् ।

एएफसीले आर्मीलाई मात्र मान्यता दिँदा अरु शीर्ष डिभिजनका क्लबले मापदन्ड पूरा गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले स्वीकार गरे ।

Global Ime bank

आर्मी सहिद स्मारक ‘ए’ डिभिजन लिगको साविक उपविजेता टोली हो ।

आर्मीलाई अन्तर्राष्ट्रियस्तरका क्लबसँग प्रतिस्पर्धा गर्न त्यति सहज भने छैन । त्यसो त विभागीय टोलीमा राष्ट्रिय टोलीको जर्सी पहिरिने खेलाडी पनि छन् । उनीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका केही प्रतियोगितामा अनुभव बटुलिसकेका छन् ।

अरु क्लबलाई भन्दा आर्मीलाई साख जोगाइराख्न वातावरण तुलना गर्दा केही सहज छ । आफ्नै मैदान, खेलाडीले पाउने सेवा र सुविधा आर्मीका लागि थप हौसलाका पाटा हुन् ।

पूर्वाधारको अधिकतम सदुपयोग गर्दै अन्तर्राष्ट्रियस्तरका क्लबलाई टक्कर दिने तयारीमा जुट्न मिहिनेत जरुरी हुन्छ । यसका अलावा आर्मीलाई एएफसीले गरेको विश्वास र फुटबल विकासमा राखेको अपेक्षालाई पूरा गर्न दृढताका साथ लाग्नुको विकल्प छैन ।

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC