site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कर्णालीले २० ओभर खेल्दा बनायो २२ रन 
Sarbottam CementSarbottam Cement

लमही । अनुराधा चौधरीको अर्धशतकको सहयोगमा दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा जारी महिला प्रधानमन्त्री कप टि–ट्वान्टी कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा प्रदेश–२ ले १४४ रनको सहज जित हात पारेको छ । 

सोेमबार भएको खेलमामा  प्रदेश–२ कर्णाली प्रदेशललाई कर्णाली प्रदेशलाई  १४४ रनको फराकिलो अन्तरले पराजित गरेकोे हो ।  

लमहीस्थित देउखुरी क्रिकेट मैदानमा प्रदेश–२ ले दिएको १६६ रनकोे फराकिलो लक्ष्य कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र २२ रन बनाउन सफल भयो । 

Prabhu Bank
Agni Group
NIC Asia

कर्णालीका लागि कुनै पनि खेलाडीले दोहोरो रन जोड्न सकेनन् । प्रतियोगितमा कमजोर भएको कर्णालीले तीन वटै खेलमा लज्जास्पद हार व्यहोरेको छ ।  

बलिङतर्फ प्रदेश–२ का लागि सरस्वती कुमारी र कविता गौतमले तीन–तीन विकेट लिए । त्यस्तै सन्तोषी चौधरी र आरती चौधरीले समान एक–एक विकेट लिए  । 

Global Ime bank

यसअघि टस जितेर पहिले ब्याटिङ गरको प्रदेश–२ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६५ रन बनायो । प्रदेश–२ का लागि अनुराधाले नट आउट अर्धशतकीय पारी खेलिन् । 

६० बल खेलेकी उनले ६ चौकाको सहयोगमा ६९ रन बनाउन सफल भइन् । प्रदेश–२ का लागि सोभा आलेले २३ रन बनाउँदा बिमला मगर २१ तथा सन्तोषी चौधरीले ७ रनको योगदान गरिन् । 

बलिङतर्फ कर्णाली प्रदेशका लागि निशा प्राजुलीले  दुई विकेट लिन सफल भइन् । त्यस्तै सुजतता बोगटीलले एक विकेट  हात  पारिन् ।  प्रतियोगिताको दुई खेलमा जित निकालेको प्रदेश २ ले अन्तिम खेलमा जित निकालेको हो । 

प्रदेश २ र कर्णाली प्रदेश यसअघि नै प्रतियोगिताबाट बाहिरिएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC