site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ओरालो करिअरमा एक्सन हिरोले चढाएको उकालो
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलिउडका ‘दबंग खान’ उपमाबाट परिचित सलमान खानले २७ डिसेम्बर (हिजो)मा आफ्नो ५५औं जन्मोत्सव मनाएका छन् । सलमान हरेक वर्ष बलिउड सेलिब्रेटीको उपस्थितिमा भव्यरुपमा आफ्नो जन्मोत्सव मनाउने गर्थे । तर, यो वर्ष पूरा विश्वालाई आक्रान्त बनाइरहेको कोरोना महामारीका कारण उनले आफ्नो जन्मदिन मनाएनन् ।

उनले पनवेलस्थित फार्महाउसमा बेलुका नै सानो केक काटेरमात्रै जीवनको ५५औं वसन्तलाई स्वागत गरे ।

प्रसिद्ध लेखक सलीम खानका जेठो छोरा सलमानले आफ्नो ३० वर्षको फिल्मी करियरमा धेरै उतार–चढाव देखेका छन् । बक्स अफिसमा उनी सबैभन्दा शक्तिशाली खान मानिन्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

फिल्म इतिहासकार एस औसाजाले ‘बीबीसी’सँग सलमानको सफलताको बारेमा गरेको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ ।

रोमान्टिक हिरो सलमान खान
सलमान प्रख्यात अभिनेत्री रेखाको सन् १९८८ मा रिलिज भएको चलचित्र ‘बीबी हो तो ऐसी’बाट सहायक पात्रको रुपमा चलचित्र उद्योगमा प्रवेश गरेका थिए ।

Global Ime bank

सन् १९८९ मा सुरज बडजात्या आफ्नो डेब्यु चलचित्रका लागि कलाकारको खोजीमा थिए । चलचित्र उद्योगमा पाइला टेकेको अर्को वर्ष नै सलमानले लिड रोलमा खेल्ने मौका पाए । अन्ततः ‘मैने प्यार किया’ त्यस वर्षको सबैभन्दा धेरै कमाइ गर्ने चलचित्र बन्यो । सलमान रातारात स्टार बने ।

पहिलो चलचित्रबाटै सलमानलाई रोमान्टिक नायको दर्जा दिइयो । यद्यपि, सलमान एक वर्ष भने बिनाकुनै काम बस्नुपर्‍यो । तर, त्यसपछि उनका धेरै चलचित्रहरु रिलिज भए, जसमध्ये रोमान्टिक चलचित्रहरु हिट भए ।

‘साजन’, ‘हम आपके है कौन’, ‘लब’, ‘प्यार किया तो डरना क्या’, ‘कुछ–कुछ होता है’, ‘हम दिल दे चुके सनम’, ‘दुल्हन हम ले जाएगें’, ‘बीबी नम्बर–१’ र ‘हम साथ–साथ है’ उनका हिट लिस्टमा आउने रोमान्टिक चलचित्रहरु हुन् ।

औसाजा भन्छन्, “सुरुमा सलमानको इमेज एक हिरोको थियो । मैने प्यार किया र हम आपके है कौन यतिधेरै हिट भयो कि उनी रोमान्टिक हिरोको इमेजबाट बाहिरिन नै सकेनन् । त्यही समयतिर सलमानको एक्सन चलचित्र ‘बागी’ आएको थियो । तर, त्यो चलेन ।”

ओरालो करियरमा एक्सन हिरोले चढाएको उकालो
रोमान्टिक हिरोको छवि बनाएका सलमानले एक्सन चलचित्रमा पनि आफ्नो कमाल देखाउन धेरै प्रयास गरे । तर, प्रतिफल असफलता । उनले करियरको सुरुवातको दुई दशक ‘अर्जुन’, ‘वीरगति’ र ‘औजार’जस्ता थुप्रै एक्सन चलचित्रमा अभिनय गरे । तर, त्यसले उनको रामोन्टिक हिरोको छवि मेटाउन असमर्थ बन्यो ।

यस्तैमा सन् २००९ मा बोनी कपुरले साउथ चलचित्र ‘पोकरी’को हिन्दी रिमेक बनाए । ‘वान्टेड’ नाममा बनेको उक्त चलचित्र प्रभुदेवाले निर्देशन गरेका थिए ।

त्यो समय सलमान र बोनी दुवैको करियर ओरालो लागिरहेको समय थियो । उक्त चलचित्रले सलमानको करियरलाई ओरालोमात्रै लगाएन, रोमान्टिक हिरोको छविलाई एक्सन हिरो को छविमा परिणत गरिदियो ।

जसपश्चात् सलमान धेरैजसो एक्सन चलचित्रमा देखिन थाले र उनी १०० करोड कमाउने चलचित्रका हिस्सा बन्न थाले ।

चलचित्र वान्टेडको बारेमा चलचित्र उद्योग विश्लेषक अतुल मोहन भन्छन्, “वान्टेड ढिला रिलिज भयो । तर, यसले सिंगल स्क्रिन र मल्टिप्लेक्स दुवैमा धमाका मचायो । यसअघि सबै ठूला चलचित्रहरु दीपावलीमा मात्रै रिलिज हुन्थे । तर, वान्टेडले इदलाई महत्वपूर्ण बनाइदियो ।”

वान्टेडपछि सलमानका हरेक चलचित्र इदमा रिलिज र हिट हुन थाले । जस्तै, ‘बडिगार्ड’, ‘दबंग’, ‘किक’, ‘एक था टाइगर’, ‘बजरंगी भाईजान’ र ‘सुल्तान’ । यस चलचित्रपछि सलमानले चलचित्रको संख्या घटाएर वर्षमा एक वा दुईवटामात्रै गर्न थाले, त्यो पनि हिट ।

जनतासँग जोडिएका सुपरस्टार
बलिउडका एकमात्रै ब्याचलर स्टार दबंग खान सलमानका थुप्रै पागल महिला प्रशंसकहरु छन् । सलमानले रोमान्टिक र एक्सन दुवैमा राम्रो सन्तुलन बनाउन सफल भएकै कारण उनका प्रशंसकको संख्या पनि बढ्दै गएको छ । फलस्वरुप, उनको बक्स अफिसमा यसको राम्रो असर देखिएको चलचित्र उद्योगसँग सम्बन्ध राख्नेहरुको बुझाइ छ ।

बलिउडका तीन खान मध्ये, आमिर खानलाई एक बुद्धिमान र पर्फेक्सनिस्ट सुपरस्टार मानिन्छ । शाहरुख खानलाई विदेशी दर्शकहरुका राजा मानिन्छ । सलमानलाई घरेलु दर्शकहरुमा आफ्नो गहिरो छाप छोड्न सकेका कारण ‘आम जनताको हिरो’ भनिन्छ ।

सलमान खान ‘बींग ह्युमन’ नामक एक संस्था सञ्चालन गर्छन् । यस संस्थामार्फत् उनी गरिब जनताका लागि आर्थिक सहयोग गर्दछन् । त्यसैले उनलाई चलचित्र उद्योगका ‘परोपकारी स्टार’ पनि भनिन्छ । यसैका कारण पनि आमजनताबीच पनि उनको लोकप्रियता बढेको हो ।

बलिउडका सुपरस्टार मानिने सलमान भने बलिउडका एकमात्रै सुपरस्टारको रुपमा ‘बीग बी’ अर्थात् अमिताभ बच्चनलाई मान्छन् ।

सलमान र विवाद 
सलमान खानको चर्चा चुलेसँगै थुप्रै चर्चित विवादित मुद्दाहरु पनि छन् । सन् २००२ को ‘हिट एन्ड रन केस’, जसमा उनलाई सन् २०१५ मा निर्दोष साबित गरेको थियो । उनको कालो हरिणको सिकारको मुद्दा भने अझै अदालतमा चलिरहेको छ ।

२६/११ मा मुम्बई हमलासम्बन्धी सलमानले दिएको बयान पनि धेरै विवादित बन्यो । बयानमा उनले पाकिस्तानलाई दोषी नभन्ने पक्षमा थिए । यद्यपि, पछि उनले यस विषयमा माफी मागे ।

सन् १९९३ मा भएको मुम्बई विस्फोटका दोषी याकुब मेननलाई लिएर पनि उनले केही ट्वीट गरेका थिए जुन निकै विवादित बन्यो । यसका लागि बुवा सलीम खानले उनलाई हप्काए र पछि उनले ट्वटी नै हटाए ।

यसबाहेक ऐश्वर्या रायसँगको प्रेम र ब्रेकअपको सम्बन्ध, विवेक ओबरोयसँगको झगडा, साथीबाट प्रतिद्वन्द्वी बनेका शाहरुख खानसँगको विषयजस्ता धेरै विवादहरु छन्, जसले सलमानलाई चर्चामा तानिरह्यो । 
यद्यपि, शाहरुख र सलमान अहिले राम्रा साथीहरु हुन् र शाहरुखको अपकमिङ चलचित्र ‘पठान’मा सलमान देखिँदै छन् ।

सलमान र बक्स अफिस
सलमानका प्रशंसकहरुको जतिधेरै संख्या छ, बक्स अफिसमा पनि उत्तिकै राम्रो प्रभाव छ । भलै, उनका ‘दबंग ३’, ‘रेस ३’, ‘ट्युबलाइट’जस्ता चलचित्रहरु अन्य चलचित्रजस्तो त्यति मन पराइएन । तर, ती चलचित्रहरुले पनि बक्स अफिसमा १०० करोडभन्दा धेरै कमाइ गर्न सफल बने ।

चलचत्रि ट्युबलाइटले त्यस्तो खराब प्रदर्शन गर्दा पनि सलमानले वितरकलाई मुआब्जा दिए । वर्ष २०२१ मा सलमानको चलचित्र ‘राधे’ले दर्शकलाई हलसम्म ल्याउनेमा ठूलो अपेक्षा गरिएको छ । 

सुप्रिया सोगले/बीबीसी हिन्दी 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  ११:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC