site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अमेरिकाले शाहरुख खानसँग माफी माग्यो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
बलिउड स्टार शाहरुख खानलाई अमेरिकाको लस एन्जलस विमानस्थलमा पक्राउ गरेर छाडेको विषयमा अमेरिकी विदेश मन्त्रालयले माफी मागेको छ । अमेरिकी विदेश मन्त्रालय तथा भारतका लागि अमेरिकी राजदूतले सो घटनाका लागि माफी माग्दै पुनः त्यस्तो घटना नदोहोरिने विश्वास दिलाएका छन् ।
बिहीबार अमेरिकाको लस एन्जलस एयरपोर्टमा खानलाई अमेरिकी अध्यागमन अधिकारी तथा प्रहरीले गिरफ्तार गरेका थिए । खानलाई प्रहरीले किन गिरफ्तार गर्यो र कति समय थुनामा राख्यो भन्ने कुरा भने खुलेको छैन ।  
यसअघि खानलाई सन् २०१२ मा न्युयोर्कको ह्वाइट प्लेनसमा ९० मिनेटका लागि रोकिएको थियो भने सन् २००९ मा न्युजर्सीको नेवार्क एयरपोर्टमा दुई घण्टा थुनामा राखिएको थियो । 
आफूलाई थुनामा राखेको विषयमा ट्वीट गर्दै शाहरुखले लेखेका छन्, ‘अहिलेको संसारको सुरक्षा अवस्था म बुझ्छु र त्यसको सम्मान गर्छु । तर, अमेरिकामा हरेक पल्ट आउँदा गिरफ्तार हुनुपर्ने कुराचाहिँ अति भयो ।’
फेरि उनले लेखेका छन्, ‘तर राम्रोचाहिँ के भयो भने रोकिएको बेला केही मज्जाका पोकेमन्स समातियो ।’
उनलाई अमेरिकी विदेश मन्त्रालयकी दक्षिण एसिया मामला हेर्ने सहायक सचिव निशा विश्वालले ट्वीटबाटै माफी माग्दै कतिपय अवस्थामा अमेरिकी कूटनीतिक अधिकारी पनि यस्तो समस्यामा पर्ने बताएकी छन् । 
यसैगरी भारतका लागि अमेरिकी राजदूत रिच वर्माले पनि माफी माग्दै यस्तो घटना फेरि दोहोरिन नदिन आफूले कोसिस गरेको बताएका छन् । वर्माले पनि ट्वीटमार्फत नै सो कुरा बताएका हुन् ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २८, २०७३  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC