site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पीएम कप : एपीएफलाई समूह विजेता बन्ने मौका 
Sarbottam CementSarbottam Cement

लमही । दाङको लमही स्थित देउखुरी क्रिकेट मैदानमा जारी महिला प्रधानमन्त्री कप टि–ट्वान्टी कप क्रिकेट अन्तर्गत आज (सोमबार) दुई खेल हुँदैछन् । 

आज समूह ए अन्तर्गत अन्तिम दुई खेल हुन लागेका हुन् । आज हुने पहिलो खेलमा कर्णाली प्रदेशले प्रदेश २ सँग खेल्दैछ । दुई टोलीबीचको खेल बिहान ९ बेज सुुरु हुनेछ । दुबै टोली आजको खेलमा जित निकाल्दै सुखद विदाईको अपेक्षामा हुनेछन् ।  यसअघिका दुई खेलमा दुबै टोली पराजित छन् । प्रतियोगितामा कमजोर बनेको कर्णाली प्रदेश क्रिकेट आजको खेलमा जित निकाल्दै प्रतियोगिताको अन्त्य गर्ने योजनामा रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो खेलमा एपीएफसँग लज्जास्पद हार बेहोरेको कर्णाली दोस्रो खेलमा लुम्बिनी प्रदेशसँग पराजित भएको थियो ।  यता प्रदेश २ भने पहिलो खेलमा लुम्बिनी प्रदेशसँग पराजित भएको थियो भने दोस्रो खेलमा एपीएफसँग पराजित हुन पुगेको थियो ।  त्यस्तै दिउँसो २ बजे हुने आजको दोस्रो खेलमा लुम्बिनी प्रदेशले एपीएफसँग खेल्नेछ । आजको खेला जित निकाल्दै दुबै टोली समूह विजेता बन्ने योजनामा रहेका छन् ।

एपीएफ एसअघिका दुई खेलमा सहज जित निकाल्दै समूह एको शीर्ष स्थानमा रहेको छ । यता दोस्रो स्थानमा रहेको लुम्बिनीले पनि दुई खेलमा सहज जित निकालेको हो ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  ०८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC