site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वामदेव के गर्लान् ? यसो भन्छन् उनीनिकट
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजनीतिक रूपमा विभाजित नेकपाका केही नेताहरू एउटा समूह त्यागेर अर्को समूहमा समाहित हुने दौडधुपमा छन् । छिन्नभिन्न भएको नेकपाका नेताहरुलाई कित्ता क्लियर गर्न दबाब पनि बढ्दो छ । पार्टी विवादमा लामो समय मझधारमा बस्दै आएका गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापाले पनि आफ्नो समूह प्रस्ट पारिसकेका छन् । उनले आफूलाई ओली समूहमै सुरक्षित देखे ।

सचिवालयका ९ सदस्यमध्ये पार्टीका उपाध्यक्ष वामदेव गौतम भने खुलेका छैनन् । उनी नखुल्दा दुवैतिर चारचारजना बाँडिएका छन् । उपाध्यक्ष गौतमले संसद् विघटनप्रति विज्ञप्ति लेखेर आपत्ति, असहमति त जनाएका छन् । तर, उनी कुनै पनि पक्षमा खुलेका छैनन् ।

लामो समय संगठकको छवि बनाएका नेता गौतम खुले भने आफ्नो समूह बलियो हुने लोभ दुवैतिर देखिन्छ । अतः उनी कता जालान् भन्ने चासो पनि बढ्दो छ । गौतमलाई आफ्नो पक्षमा तान्ने होड पनि देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गौतम शनिबार प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि खुमलटार पुगेका थिए ।
एक घण्टा छलफलमा प्रचण्डले आफ्नो समूहमा आउन बारबार आग्रह गरे । तर, गौतम आफ्नो मान्यतामा अडिए । उनले प्रचण्डतिर खुल्न चाहेनन् । ओलीतिर गइसकेको पनि बताएनन् ।

दाहालको प्रस्ताव अस्वीकार गर्दै आफू पार्टी एकताकै पक्षमा रहेका दोहोर्‍याएको उनीनिकट नेताहरु बताउँछन् ।
“प्रचण्डले तपाईं हाम्रो समूहमा आउनुपर्छ भन्नुभयो । तर, उहाँले अहिले पनि आफू पार्टी एकताको पक्षमा भएको बताउनुभएको छ । बरु, प्रचण्डलाई भोलि पार्टी एक बनाउनुपर्छ । त्यहीअनुसार गतिविधि गर्नुस् भन्नुभएको छ,” गौतमको सचिवालयमा रहेका एक सदस्य बताउँछन् ।

Global Ime bank

आज पनि ओली पक्षका नवनियुक्त केन्द्रीय सदस्यहरू गौतम निवास पुगेका थिए । उनलाई फकाउने दुवै पक्षको यत्न सफल हुन सकेको छैन् । गौतमले पार्टीमा छुट्टाछुट्टै भेला हुन थालेपछि आफू कुनै पनि गुट भेलमा नजाने उद्घोष गरे । र, उनी भेलामा सहभागी पनि बनेका पनि छैनन् ।

प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले केही दिन अघि बादललाई आफ्नो समूहमा ल्याउन नसके पनि वामदेव भने आफ्नै समूहतिर आउने बताएका थिए ।

“बादललाई हामीले ल्याउन सकेनौं । तर, वामदेवजीसँग हाम्रो वार्ता भइरहेको छ। उहाँ सकारात्मक हुनुनहुन्छ । यतै आउनुहुन्छ,” प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले बाह्रखरीसँग भने ।

तर, वामदेवनिकट केन्द्रीय सदस्य हरि पराजुलीका अनुसार उनले अहिलेसम्म कुनै समूहमा जाने बताइसकेका छैनन् । उनी पार्टी एकताकै पक्षमा उभिएका छन् । 

“पार्टी दर्ता नहुन्जेलसम्म पार्टी एकताको सम्भावना छ । केपी कमरेडलाई कारबाही गर्नुपर्ने हो भने पनि एकीकृत पार्टीबाटै गरौं । पार्टी विधानविपरीत चल्नुभयो, प्रतिनिधिसभा विघटन नियम संगत देखिएन भनेर बहस, छलफल पैरवी गरेर एकीकृत पार्टीबाटै कारबाही गर्न सकिन्छ, गौतमको भनाइ उद्धृत गर्दै पराजुली भन्छन्, “कम्युनिस्ट आन्दोलन एकीकृत भएकाले नै प्रतिनिधिसभामा हामी दुईतिहाइ बहुमतको नजिक-नजिक पुग्यौं । विभाजित भएपछि अरू नै पार्टी शक्तिमा आउँछन् । हामीले यो अवसर कहिल्यै पाउँदैनौँ । त्यसैले पार्टीलाई एक बनाउनैपर्छ ।”

पार्टी विभाजन भए दुईतिहाइ बहुमतसहित कम्युनिस्टहरू २०-३० वर्ष सत्तामा पुग्न नसक्ने उनको जिकिर थियो । “अझै केही पनि बिग्रिएको छैन । प्रतिनिधिसभा पुनःस्थापना होस् या नहोस् । पार्टीलाई एकीकृत बनाएर लैजाऔँ । अलग-अलग पार्टी दर्ता नगरौं । कारबाहीमा परेर जानेले पार्टी नयाँ बनाए पनि मूलधारलाई खासै प्रभाव पार्दैन । यो शिराबाट जाऔं भन्ने उहाँको कुरा हो,” पराजुलीले थपे ।

आफूलाई कित्ता क्लियर गर्न दबाब दिनेहरूलाई उनले साथ छाडे पनि हुने जवाफ दिएको पराजुलीले जिकिर गरे । तर, आफूले भने उनको साथ नछाड्ने बताए । “सबैले कित्ता क्लिएर गरिसके । तपाईं-हामी तपाईं भनेर बसिरहेका छौं । भोलि उचित स्थान पाइन्नँ । पेलाइमा परिन्छ भन्ने उहाँलाई प्रेसर छ । तर उहाँले तपाईंहरूलाई उचित लाग्छ भने बस्नुस् । लाग्दैन भने आ-आफ्नो कित्ता रोज्नुस् भन्नु भएको छ । मैलेचाहिँ भनेको छु- म साथ दिन्छु ।

नेता गौतम एकताको पक्षमा उभिएको बताए । नेताहरूको पक्षमा लाग्दा जसले पनि लिने बताउँदै कित्ताकाटको अवस्थाले कम्युनिस्ट आन्दोलन, पार्टीलाई एकताबद्ध बनाउन नसकिने उनको सोच रहेको पराजुलीको भनाइ छ ।
-फाइल तस्बिर
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC