site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एपीएफ र लुम्बिनी सेमिफाइनलमा 
Sarbottam CementSarbottam Cement

लमही । प्रधानमन्त्री कप महिला ट्वेन्टी–२० क्रिकेटअन्तर्गत् विभागीय टोली एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताअन्तर्गत् आइतबार भएको खेलमा एपीएफले प्रदेश नम्बर–२ लाई ८ विकेटले हरायो ।

लमहीस्थित देउखुरी क्रिकेट मैदानमा प्रदेश–२ ले दिएको ७३ रनको सामान्य लक्ष्य एपीएफले १३ ओभर १ बलमा २ विकेट गुमाउँदै पूरा ग¥यो ।

Prabhu Bank
Agni Group
NIC Asia

एपीएफका लागि ज्योति पाण्डेले सर्वाधिक ३० रन बनाइन् । कप्तान सरिता रानामगरले १८ रन बनाउँदा सरिता मगरले ६ रनको योगदान गरिन् ।

बलिङतर्फ प्रदेश–२ का लागि सरस्वती कुमारी र कविता गौतमले समान एक–एक विकेट लिए ।

Global Ime bank

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–२ ले २० ओभरमा ८ विकेट गुमाउँदै ७२ रन बनाएको थियो ।

प्रदेश–२ का लागि अनुराधा चौधरीले सर्वाधिक १८ रनको योगदान गरिन् । शोभा आलेले १३ रन बनाउँदा सन्तोषी चौधरीले ९ रन जोडिन् ।

बलिङतर्फ एपीएफका लागि सीता रानामगरले २ विकेट लिइन् । त्यस्तै, रेखा रावल, करुणा भण्डारी र इश्वरी विष्टले एक÷एक विकेट लिए ।

पहिलो खेलमा कर्णाली प्रदेशविरुद्ध सानदार जित निकालेको एपीएफले दोस्रो खेलमा पनि सहज जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको हो ।

लगातार दोस्रो हार व्यहोरेको प्रदेश–२ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आइतबारै भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ९ विकेटले हराएको थियो ।

प्रतियोगिताअन्तर्गत् सोमबार पनि दुई खेल हुनेछन् । पहिलो खेल कर्णाली प्रदेश र प्रदेश–२ बीच हुनेछ । दोस्रो खेलमा लुम्बिनी प्रदेशले एपीएफको सामना गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC