site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोना भाइरसको नयाँ प्रकार विश्वभर फैलँदै 
Sarbottam CementSarbottam Cement

बीबीसी । पहिले भन्दा बढी संक्रमक मानिएको कोरोना भाइरसको नयाँ प्रकार पहिलोपटक बेलायतमा पहिचान भएदेखि अहिले क्यानडा, युरोपेली मुलुकहरु सहित एसियामा पनि फेला परिरहेको छ । स्पेन, फ्रान्स, स्वीट्जरल्यान्ड र स्वीडेनमा यसअघि बेलायतबाट आएका मानिसहरु यही नयाँ भाइरसबाट संक्रमित भएको खबर गरिएको छ । 

यता क्यानडामा चाहिँ एक जोडीमा यो संक्रमण पत्ता लागेको छ तर उनीहरुको यात्रा विवरण भने थाहा नभएको बताइएको छ । त्यस्तै जापान र सिंगापूरमा पनि यस सम्बन्धी खबर गरिएको छ ।  जापान सरकारले त स्थानीय बाहेकका सबै विदेशी नागरिकहरुलाई देश भित्र प्रवेश गर्नमै निषेध गर्ने बताएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सोमबारबाट लागू हुने यो प्रतिबन्ध एक महिनासम्म जारी रहने भनिएको छ । बेलायतबाट आएका पाँच जना संक्रमित यात्रु बाहेक जापानमा अन्य दुई जना स्थानीय रुपमा नयाँ भाइरसबाट संक्रमित भएको पाइएको थियो जो बेलायत कहिल्यै गएका छैनन् । यसकारण पनि समुदायमा संक्रमण फैलने डरले जापानले सिमानामा कडाइ सुरु गरेको हो ।  

गत हप्तादेखि नै कोरोना भाइरसको नयाँ संक्रमक रुपका कारण विश्वव्यापी रुपमा यात्रा प्रतिबन्ध लागू हुने क्रम जारी छ ।  उता युरोपेली मुलुकहरुले अहिले नै खोप लगाउने काम पनि सुरु गरिसकेका छन् । जर्मनीका स्वास्थ्यकर्मीहरु हालै स्वीकृत फाइजर खोप लगाउन अर्को दिन पर्खन नसक्ने अवस्था भएपछि शनिबार नै नर्सिङ होमका जेष्ठ नागरिकहरुलाई सुइ लगाइएको हो । 

Global Ime bank

हंगेरीमा पनि राष्ट्रिय न्युज एजेन्सीले डेल–पेस्ट सेन्ट्रल अस्पतालका डाक्टरहरुलाई कोरोनाको पहिलो खोप दिइएको खबर गरेको छ । स्लोभाकियामा खोप कार्यक्रम सञ्चालनमा आइसकेको छ ।  युरोपेली युनियनकी प्रमुख उर्सला भोन डेर लेयेनले यसअघि ट्वीटरमा एक भिडियो पोस्ट गर्दै खोप वितरणको खुसी मनाएकी हुन् र यसलाई ‘एकताको भावपूर्ण क्षण’ भनि व्याख्या गरेकी छन् । 

विज्ञहरुका अनुसार कोरोना भाइरसको यो नयाँ रुप बेलायतको अति शक्तिशाली निरीक्षण प्रणालीका कारण पत्ता लागेको हो र यो पहिले भन्दा बढी संक्रमक छ तर खतरनाक चाहिँ नहुने विश्वास गरिएको छ ।  हप्ताको सुरुवातमा डेनमार्क, जर्मनी, इटली, नेदरल्यान्ड्स र अष्ट्रेलियामा पनि नयाँ भाइरस फेला परेको खबर गरिएको थियो । 

पहिलोपटक सेप्टेम्बरमा पत्ता लागेको यो नयाँ प्रकारको भाइरसकै कारण पछिल्ला हप्ता लन्डन र दक्षिणपूर्वी इङ्ल्यान्डमा संक्रमण सङ्ख्या अचानक ठूलो स्तरमा वृद्धि भएको बताइएको छ ।  ती क्षेत्रमा फेला परेका संक्रमितहरुमा दुई तिहाइ भन्दा धेरै यही नयाँ भाइरसबाट संक्रमित भएको पत्ता लागेको हो ।  यो भाइरस सुरुवातको तुलनामा धेरै सजिलोगरी सर्न सक्ने हुनाले पनि यसले चिन्ता उत्पन्न गराएको छ । तर पनि स्वास्थ्यविद्हरुले अहिले निर्मित खोपले यस विरुद्ध काम गर्ने बताइरहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  ०८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC