site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
फ्रान्समा फ्रन्टलाइनमा खटिरहेका आप्रवासी कामदारहरु नागरिकताले पुरस्कृत
Sarbottam CementSarbottam Cement

बीबीसी । कोरोना महामारी चलिरहेका बेला फ्रन्टलाइनमा खटिएका सयौँ आप्रवासीहरुलाई फ्रान्स सरकारले उपहार स्वरुप नागरिकता प्रदान गर्ने भएको छ । आन्तरिक मन्त्रीले जानकारी दिए अनुसार कोभिड विरुद्धका प्रयासमा मद्दत दिने सबै आप्रवासीहरुले स्थायी नागरिकताका लागि आवेदन दिन सक्छन् । 

कार्यक्रम अन्र्तगत अहिले ७०० भन्दा धेरै, नयाँ नागरिकता प्राप्त गर्ने अन्तिम चरणमा रहेका छन् जसमा सरसफाइ गर्नेहरुदेखि, पसल चलाउने र स्वास्थ्यकर्मीहरु समावेश छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

विश्वव्यापी रुपमै फ्रन्टलाइनमा खटिएका मानिसहरु कोभिडबाट सबैभन्दा बढी बिरामी परेका छन् तर ज्यान जोखिममा पारेर भएपनि उनीहरु आफ्नो काम र जिम्मेवारी पूरा गरिरहेका छन् । बिरामीको उपचारकै क्रममा डाक्टर, नर्स लगायत अनगिन्ती स्वास्थ्यकर्मीहरुको मृत्यु पनि भएको छ । 

कोरोना संक्रमणबाट सबैभन्दा नराम्ररी प्रभावित हुने मुलुकहरुमा फ्रान्स पनि शिर्ष दशमा पर्दछ जहाँ २५ लाख बढी बिरामी छन् भने ६२ हजारको मृत्यु भइसकेको छ । वास्तवमा नागरिकताले पुरस्कृत गर्ने योजनाबारे सेप्टेम्बरमा नै घोषणा गरिएको थियो । 

Global Ime bank

अहिले ७० भन्दा धेरै आप्रवासीहरुले फ्रेन्च पासपोर्ट प्राप्त गरिसकेका छन् भने ६९३ प्रक्रियाको अन्तिम चरणमा छन् । हालसम्म २,८९० ले यसका लागि आवेदन दिएको बताइएको छ । मंगलबार नागरिकता सम्बन्धी मन्त्रीले भनेका हुन् , “स्वास्थ्यकर्मी, सरसफाइ गर्नेहरु, बालबालिकाको रेखदेख गर्ने कर्मचारी, चेकआउटका स्टाफ सबैले यो देशप्रति आफ्नो दायित्व साबित गरेका छन् त्यसैले अब उनीहरुको समर्पण वापद् पुरस्कार दिने पालो हाम्रो हुन्छ । ”

अन्य अवस्थामा नागरिकताका लागि आवेदन दिनेहरु फ्रान्समा कम्तीमा पनि ५ वर्ष बसेको हुनुपर्ने, स्थायी जागिर हुनेपर्ने हुन्छ । तर यो नयाँ कार्यक्रम अन्र्तगत सरकारले फ्रान्समा दुई वर्ष मात्र बसेको भएपनि फ्रन्टलाइनमा खटेकाहरुलाई नागरिकता पाउन योग्य भएको बताएको छ जसले देशलाई संकटको समयमा सेवा गरेर ठूलो उपकार गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  ०५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC