site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोनाको नयाँ प्रकार युरोपेली देशमा पनि पुष्टि, युवा बढी प्रभावित
Sarbottam CementSarbottam Cement

जेनेभा । नयाँ प्रकारको कोरोनाभाइरसको संक्रमण युरोपेली देशहरुमा पनि देखिन थालेको छ ।

युरोपेली संघअन्तर्गतका आठओटा मुलुकमा नयाँ प्रकारको कोरोनाभाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

डब्लुएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले आफ्नो कार्यालयले अवस्थालाई गम्भीरतापूवक हेरिरहेको जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइका साथ पालना गर्नुपर्नेमा पनि जोड दिए ।

कोरोनाको पुरानो भाइरसको भन्दा फरक नतिजा देखाउँदै नयाँ प्रकारको भाइरसले युवाहरुलाई बढी प्रभावित पारेको देखिएको पनि उनले जानकारी दिएका छन् ।

Global Ime bank

नयाँ प्रकारको कोरोना देखिएका आठ देशको पहिचान भएको बताए पनि उनले देशहरुको नाम भने उल्लेख गरेका छैनन् ।

उनले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र साबुन–पानीले हात हुने वा सेनिटाइजरको प्रयोग गर्नेलगायतका उपायहरुलाई कडाइका साथ अवलम्बन गर्न पनि आह्वान गरे ।

 ‘‘डब्लुएचओले सबै अवस्थालाई गम्भीरतापूर्वक नियालिरहेको छ,’’ निर्देशक क्लुगले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

यसको गुण, लक्षण, असरलगायतका बारेमा अध्ययन–अनुसन्धान भइरहेको र नतिजा आएर धेरै कुरा प्रष्ट भइसकेपछि मात्रै थप नयाँ रणनीति तय गर्न सकिने डब्लुएचओको भनाइ छ ।

नयाँ प्रकारको कोरोना बेलायतमा गत हप्ता पुष्टि गरिएको थियो । यो नै पहिलोपटक पुष्टि भएको हो । त्यसपछि बेलायतबाट अन्य देशहरुमा आवतजावत गर्न थप प्रतिबन्ध लगाइएको छ । तर, अन्य देशहरुमा पनि फैलिएको पुष्टि भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले गत वर्षको मार्च ११ देखि विश्वभरि कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो । महामारी अहिले पनि जारी छ ।

हकिङ्स विश्वविद्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म विश्वभरि सात करोड ९७ लाख १२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने १७ लाख ४७ हजार ७९० भन्दा बढीको मृत्यु भएको छ ।

सबैभन्दा धेरै प्रभावित अमेरिका भएको छ भने दोस्रो धेरै भारत र तेस्रो धेरै ब्राजिल प्रभावित भएको विश्वविद्यालयले जनाएको छ । रासस/एएनआई/एपी

तस्बिरः एएफपी ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ११, २०७७  १५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC