विदेश
काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ५५ हजार ४१ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कुल कोरोना संक्रमितको संख्या ७ करोड ८१ लाख ९४ हजार ९४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ६५४ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण विश्वमा १७ लाख ३६ हजार ७५२ जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: शनिबार, पुस ११, २०७७ ०८:४२
प्रतिक्रिया दिनुहोस्