site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लीलाराज दाहालका दुई गजल 
Ghorahi CementGhorahi Cement

गजल– १
तिम्रो बाचा सम्झेर कबुल सम्झेर 
म टोलाएँ तिम्रो महसुल सम्झेर !

अँगालोमा टाँसी टाँसी खेलाई रहें 
बिझाउने ती काँडालाई फूल सम्झेर !

शुभ होला भनेर टाँसी दिएँ त्यसै 
रक्तिम त्यो टालोलाई तुल सम्झेर !

Agni Group

हाँसी हाँसी उसले ‘लीला’ गरिरह्यो 
जिन्दगानी सपनाको मूल सम्झेर ! 

० ० ०
गजल – २ 
जब कसैको मति बिग्रन्छ
अनि जीवनको गति बिग्रन्छ ।

Global Ime bank

बिग्रे पछि त जो कोही नि 
भन्नै सकिन्न कति बिग्रन्छ ।

लक्ष्मी बनेर जो घर सिँगार्छे
हरे ! तिनैको पति बिग्रन्छ ।

उँभो लाग्नै नसक्ने भो लीला
बिग्रियोस् अब जति बिग्रन्छ ।

(कर्मैया, सर्लाही)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ११, २०७७  ०७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC