site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सुधन सुवेदीका कविता 
Sarbottam CementSarbottam Cement

अवस्था २.०

पात्र फेरिन्छ, पात्रो फेरिन्छ
हात फेरिन्न, हालत फेरिन्न
आकास छ, आवाज छ, आश्वासन नि छ
दिल, दम अनि दाम पो छैन
कम छ, काम छैन
मन छ, माम छैन
ओबामा थाहा छ, बाआमा पत्तो छैन
सेल्फी हरहमेसा, सेल्फलेसनेस कोमामा
फेसबुक र टिकटकमा छायौ
घरका छाना छाउँदा गुगलले पनि तिमीलाई भेटेन ।

Prabhu Bank
Agni Group
NIC Asia

० ० ०

पुरानो कुकरको सिटी

Global Ime bank

न गलायो न पकायो, फगत सुसेलिरह्यो
आवाजले न खुसी ल्यायो, न मुख मिठ्यायो
पुरानो भन्ने लेबल लाग्नुपूर्व जब जोशले फुक्थ्यो
माहोल सारा आफ्नै बनाउँथ्यो
कि आफूतिर ल्याउँथ्यो, कम्तिमा गफ्फिने कुरो बुन्थ्यो
सिटी फुकाइ नि प्रतिष्ठाको विषय थियो हजुर
दसैँ आएको, दसैँ नमुन्टेको, दशा लागेको
सबको नापजाँच गर्ने सिटी अनि त्यसलाई विराजमान गराउने कुकर
तेई कुकर,
जसै पुरानो भो, भारी भो
भान्छामा ठ्यास्स बस्ने भो, गन्हाउने भो 
सुमधुर सुसेली ककर्श, न्यानो स्पर्श पोल्ने भो
अझ तिउन तरकारी भित्रभित्रै जल्दा 
विना अविश्वास प्रस्ताव सत्ताच्यूत भो
चुल्होसँग सम्बन्ध टुट्यो, 
भान्सासँगको अफेयर सक्कियो
अनि सिटी, सुसेली, स्स्स्स्स्स बन्दै समाप्त भो !

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ११, २०७७  ०७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC