site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
केपी ओलीसँग आक्रामक प्रचण्ड-नेपाल समूह, केन्द्रको बाछिटा प्रदेशमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । केपी ओली समूहप्रति बिहीबार संघर्षको कार्यक्रम घोषणा गरेको नेकपाको प्रचण्ड-नेपाल समूह निकै आक्रामक देखिएको छ । प्रचण्ड-नेपाल समूहले शुक्रबार बिहानैबाट सडकमा प्रदर्शनसँगै दिउँसो पत्रकार सम्मेलन गरेर आफ्नो भँडास पोख्यो ।

केन्द्रीय सदस्य तथा सांसदहरु बिहान साढे ९ बजेअगावै माइतीघरमा भेला भए ।  पूर्वप्रधानमन्त्रीत्रयले ‘हामी यहाँ छौं’ लेखिएको ब्यानर छातीमा टाँसेर सडकमै पलेंटी कसे । माइतीघरमा प्रतिगामी षड्यन्त्र मुर्दावाद, संसद् पुनर्स्थापना गरलगायत नारा लगाउँदै  अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा  केन्द्रीय सदस्य तथा सांसदहरु निर्वाचन आयोग पुगे ।

आयोगमा पुगेपछि नेताहरुले छिटै आफ्नो पक्षले आधिकारिकता पाउने दाबीसमेत गरे ।  प्रचण्डले आफूहरुको पक्षमा ७० प्रतिशत केन्द्रीय सदस्य रहेको भन्दै छिट्टै निर्णय लिन आग्रह पनि गरे । उनले दुईतिहाइ केन्द्रीय सदस्य स-शरीर उपस्थित गराउन आफू तयार रहेको पनि बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

आयोगमा २९५ केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेको निर्णयबारे जानकारी गराएपछि नेताहरुले आफूहरुले स्वत: वैधानिकता पाउने  दाबी गरे । आफूहरुसँग ७० प्रतिशत केन्द्रीय सदस्यहरु रहेको जिकिर गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “राजनीतिक दलसम्बन्धी कानुनले व्यवस्था गरेअनुसार बहुसंख्यक जहाँ छ त्यो स्वतः वैधानिक हुन्छ । हामीसँग ७० प्रतिशत छ। तैपनि निर्वाचन आयोगले छिट्टै औपचारिक निर्णय गर्छ।’’

ओली गणतन्त्र नेपालमा आउन सक्दैन भनेर फरक विचार राख्‍ने मान्छे
आयोगपछि आज दिउँसो पत्रकार सम्मेलन गरेको प्रचण्ड-नेपाल समूह ओलीप्रति खनियो । पार्टी दुई पक्षमा विभक्त भएपछि ‌औपचारिक रुपमा घटनाक्रमबारे जानकारी दिन आयोजित सम्मेलनमा नेताहरु ‘नोस्टालजिक’ पनि बने । ओली प्रवृत्तिमाथि नेताहरुले रोषप्रकट गर्दै उनीमाथि समय खर्चिए ।

Global Ime bank

पत्रकार सम्मेलनमा नेता नेपालले ओलीसँग आफूले ४९ वर्षदेखि सहकार्य गरेको सुनाए । उनले ओलीमा अहंकार पैदा भएका कारण पतनको बाटो अघि बढेको बताए । "केपी ओलीसँग ४९ वर्षको सहकार्य, प्रचण्डसँग ३०-३५ वर्षदेखि सहकार्य । फोटो, कुर्सी, पदले मानिसमा अहंकार पैदा गर्छ । विनम्रताबाट उहाँ च्यूत हुनुभयो । उहाँमा अहंकार पैदा भयो । पावरले मान्छेलाई आर्थिक रुपमा भ्रष्ट बनाउँछ या त अहंकारी बनाउँछ,’’ नेता नेपालले भने, "र हाम्रो केपी शर्मा ओली एउटा ज्युँदो जाग्दो उदाहरण हुनुहुन्छ। कम्युनिस्ट विचार, सिद्धान्त,आचरणबाट उहाँ विचलन र पतनको बाटोमा जानुभयो। "

नेपालले केपीवादको चर्चा गर्दै ओली गणतन्त्र र संघीयता विरोधी भएको जिकिरसमेत गरे । "ओलीलाई कम्युनिस्ट आन्दोलन मात्र नभएर गणतन्त्रप्रति अपनत्व बोध छैन । उहाँ साँच्चै गणतन्त्रविरोधी मान्छे हो । गणतन्त्र नेपालमा आउन सक्दैन भनेर फरक विचार राख्‍ने मान्छे हो । गणतन्त्रप्रति उहाँमा कुनै मोह छैन । संघीयताको पनि विरोधी हो । लोकतन्त्रको मूल्य र मान्यताको धज्जी उडाइदिनुभएको छ,’’ नेता नेपालले भने ।

पुस ५ गते इतिहासको कालो दिन
कार्यक्रममा प्रचण्डले पुस ५ गतेलाई कालो दिनको संज्ञा दिए । "जुन दिन त्यो संसद् विघटनको सिफारिस र घोषणा गरियो । त्यो दिन इतिहासमा कालो दिनका रुपमा छ । संघीय लोकतान्त्रिक गण्तन्त्रमाथि क्रूर प्रहार गरिएको छ । त्यो इतिहासको कलंक हो,’’ प्रचण्डले भने ।

आक्रामक रुपमा प्रस्तुत भएका प्रचण्डले ओलीप्रति कटाक्ष गर्दै भने, “बाहिर मीठा कुरा गर्ने भित्र छुरा बोक्नु हुँदोरहेछ । बाहिर भ्रष्टाचार गर्न नि दिन्न भन्नुहुन्छ । तर, भ्रष्टाचार गर्नेलाई संरक्षण गरेर राख्नुभएको छ ।"

ओली त गोमन सर्प रहेनछन्
पत्रकार सम्मेलनमा वरिष्ठ नेता खनाल पनि आक्रामक शैलीमा प्रस्तुत भए । उनले ओलीलाई गोमन सर्पसँग तुलना गरे । उनले ओली मनमा तुष पालेर बस्‍ने नेता भएको बताए । खनालले भने, “ओली गोमन सर्पजस्ता रहेछन्, जहाँ देख्यो त्यही ठुङ्ने ।”

नेता नेपालले ओली समूहलाई रुखको बोक्राको संज्ञासमेत दिए । पार्टी फुट्न संसदीय दलमा ४० प्रतिशत पुर्‍याउनुपर्ने र केन्द्रीय कमिटीमा ४० प्रतिशत पुर्‍याउनु पर्ने व्यवस्था रहेको भन्दै बहुमत आफूहरुसँग भएकाले पार्टी नफुटेको उनको दाबी थियो ।

“कसैले पनि पार्टी फुटाउन सक्दैन । चोइटिने कुरा बेग्लै हो । रुखका पनि बोक्राहरु निस्कन सक्छन् । रुखका बोक्रा निस्किँदा रुख ढलेको भन्न मिल्छ ? बालुटारमा भेला भएको रुखको बोक्रा मात्रै हो,” खनालले भने ।

दुई बाटोमा नेकपा
आन्तरिक कलहले छिन्नभिन्न भएको नेकपाले यतिबेला दुईवटा दिशा पहिल्याएको छ । प्रचण्ड-नेपाल समूह सडक संघर्षमा ओर्लिएको छ भने ओली समूहले निर्वाचन केन्द्रित हुने दाबी गरिरहेको छ । संसद् पुनर्स्थापना र असंवैधानिक कदमविरुद्ध सशक्त आन्दोलनमा जाने उद्घोष प्रचण्ड-नेपाल समूहले गरिसकेको छ। केन्द्रीय कमिटीको बिहीबारको बैठकमा नेपाल बन्द गर्ने अवस्थामा समेत पुग्नुपर्ने बताएका प्रचण्डले आज पहिलो चरणको कार्यक्रमले नपुगे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

केन्द्रको बाछिटा प्रदेशमा 
नेकपा विवादको बाछिटा तत्ला तहसम्म विस्तार हुँदै छ । आजै प्रचण्ड-नेपाल समूहले वाग्मती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । प्रचण्ड-नेपाल समूहका ४६ जना सांसदहरुको हस्ताक्षरमा पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । सो समूहले नेकपा प्रदेश कमिटी इन्चार्ज तथा प्रदेश सांसद अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको नयाँ उमेदवारका रुपमा अघि सारेको छ । आजै प्रचण्ड-नेपाल समूहका तीनजना मन्त्रीहरु शालिकराम जम्मरकट्टेल, अरुण नेपाल र युवराज दुलालले राजीनामा दिएका छन् । अविश्वास प्रस्तावमा शालिकराम जम्मरकटेल प्रस्ताव छन् भने समर्थकमा अरुण नेपाल छन् । 

प्रदेश १ मा पनि अविश्वासको प्रस्ताव लैजाने तयारी भइरहेको चर्चा हुन थालेको छ । उता, विद्यार्थी संगठनमा पनि यसको असर परेको छ । ओली पक्षका अनेरास्ववियूका संयोजक ऐन महरलाई प्रचण्ड-नेपाल समूहका सह-संयोजक रञ्‍जित तामाङले कारबाहीको सिफारिस गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  १९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC