site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस केन्द्रीय समिति बैठक १९ गतेसम्मका लागि स्थगित
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक आगामी १९ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिका विषयमा धारणा बनाउन बसेको कांग्रेस केन्द्रीय समिति बैठक आगामी १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने गरी स्थगित भएको हो ।

पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकबाटै प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कदमलाई असंवैधानिक, अधिनायक आकांक्षाबाट प्रेरित तथा अधिनायकवादतर्फ उन्मुख भएको निष्कर्ष निकालेको कांग्रेस केन्द्रीय समिति बैठकमा पुग्दा भने निर्वाचनमा जाने की आन्दोलनमा भन्ने विषयको बहसमा फसको थियो । त्यही कारण तेस्रो दिन मात्र आन्दोलनमा जाने निर्णयमा पुगेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

आगामी १३ गते देशभर सांकेतिक विरोध गर्ने घोषणा गरेको कांग्रेसले त्यसबेलासम्म सर्वोच्चको फैसला आउने र त्यसपछि आवश्यक निर्णय गरेर चुनाव वा आन्दोलनको बाटो रोज्‍ने तयारी गरे पनि सर्वोच्चको फैसला कुर्न २२ गतेपछिको अवस्था आउने देखेपछि बैठक स्थगित गरेको हो । कांग्रेसले १३ गते देशभरका निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेर १६ गतेको राष्ट्रिय मेलमिलाप दिवसमा पनि प्रत्येक जिल्लामा कार्यक्रम गर्ने तयारी गरेको छ ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, “आगामी १३ गते सरकारको असंवैधानिक र अधिनायकवादी निर्णयविरुद्ध विरोध प्रदर्शन गर्ने गरी आगामी १९ गतेसम्मका लागि बैठक स्थगित भएको छ ।” उनले निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रम भएकाले नेताहरुले स्वविवेकले आ-आफ्ना निर्वाचन क्षेत्रमा जाने वा अरुलाई परिचालन गर्ने भन्ने निर्णय स्वविवेकले लिने जानकारी दिए । कांग्रेस केन्द्रीय समितिले भने यसबारे कुनै निर्णय गरेको छैन ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC