site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दक्षिण कोरियाले जे एन्ड जे र फाइजरको खोप आयात गर्दै
Sarbottam CementSarbottam Cement

एजेन्सी । केही महिनायता कोरोनाको तेस्रो लहरबाट गुज्रिरहेको दक्षिण कोरियामा संक्रमण दर दिन–प्रतिदिन उच्च बिन्दुमा पुग्न थालेपछि खोपको विषयमा सरकार ठूलो दबाबमा परेको छ ।

यस्तोमा कोरियाले २०२१ को तेस्रो क्वार्टरसम्म एक करोड जनतालाई दुईओटा डोज लगाउन पर्याप्त हुनेगरी फाइजरको खोप भित्र्याउने बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री छङ से–क्युनले भनेका छन्, “हामी दोस्रो क्वार्टरमै खोप ल्याइसक्नका लागि आफ्नो पूरै क्षमता लगाइरहेका छौँ । यसमा हामी सहमतिनजिक पुगिसकेका छौँ ।”

उनले फाइजरसँगै अमेरिकाकै अर्को जन्सन एन्ड जन्सनबाट पनि अतिरिक्त खोप मगाएको हुँदा त्यसले ४० देखि ६० लाख मानिसहरुलाई खोप लगाउन पुग्ने बताएका हुन् ।

Global Ime bank

कोरिया सरकारले यसअघि नै एस्ट्राजेनेकासँग सम्झौता गरिसकेको छ । जसको खोप जनवरीको सुरुआतमै आइसक्ने बताइएको छ भने मोडेर्नासँग पनि दुई करोड डोज प्राप्त गर्नेबारे छलफल भइरहेको छ ।

स्वास्थ्य निकायहरुले सार्वजनिक खोप कार्यक्रम छिटोमा आगामी फेब्रुअरीसम्म सुरु गर्ने र नोभेम्बरमा सम्पन्न गर्ने योजना बनाएका छन् । सरकारले यसअघि नै खोपका लागि भनेर अर्को वर्ष १.२ अर्ब डलरको बजेट छुट्ट्याइसकेको छ ।

संक्रमण तीव्ररुपमा फैलिएसँगै कोरियाले लक्षणबिनाका संक्रमितहरु पहिचान गर्न अहिले प्रतिदिन ५५ हजार मानिसहरुको कोरोना परीक्षण गरिरहेको छ ।

त्यस्तै, सरकारी निकायले नयाँ वर्ष र क्रिसमसको छुट्टीमा चारजनाभन्दा धेरै भेला हुन पनि निषेध गरेको छ । पर्यटकीय स्थलहरुसमेत बन्द गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  ०९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC