site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सीडीओ कार्यालयले बोलायो हल सञ्चालकलाई
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिनेमा हल सञ्चालनमा आजबाट आएपछि सरकारले चासो देखाएको छ । बिहीबार सीसीएमसीले सिनेमा हल सञ्चालकलाई बोलाएर छलफल गरेको थियो । 

आज (शुक्रबार) चलचित्र हलहरुको संस्था नेपाल चलचित्र संघलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले बोलाएको छ ।  विहान साढे ११ बजे छलफलका लागि जिल्ला प्रशासन कार्यालयले बोलाएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

“आज छलफलका लागि सीडीओ कार्यालयले बोलाएको छ । हामी साढे ११ बजे छलफलका लागि जाँदैछौं,” चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानले भने, “सीसीएमसीमा पनि हिजो छलफल भएको थियो ।”

छलफल सकारात्मक हुने अपेक्षा संघको रहेको प्रधानले बताए । आफूहरु अगाडि बढिसकेको भन्दै पछि नहट्ने उनको भनाइ छ ।

Global Ime bank

“हामीले हल खोल्ने निर्णय गरिसक्यौं । आजबाट हल खुलिसके । अब पछि हट्ने कुरै छैन । मल्टिप्लेक्सले अनलाइन टिकट बिक्री सकेका छन्,” उनी भन्छन्, “स्वास्थ्य सुरक्षा मापदण्ड भित्र रहेर सुरक्षित भएर हल खोल्ने हो । डराउनु पर्ने अवस्था छैन ।”

चैत ७ गते बन्द भएका सिनेमा हल नौ महिना पछि आजबाट सञ्चालनमा आएका हुन् । 

अन्य सबै पेशा व्यवसाय सुचारु भइसक्दा सिनेमा क्षेत्रलाई मात्रै खोल्न अनुमति नदिएको चलचित्रकर्मीहरुको गुनासो छ । शैलुन, हेल्थ क्लब तथा ब्युटिपार्लरहरु विना अनुमति खुलिरहे पनि सरकार मौन रहेको भन्दै हल सञ्चालकले हल खोलेका हुन् ।

सरकारले चाहे विना अनुमति हल खोलेको भन्दै संक्रामक रोग ऐनमा टेकेर कारबाही गर्न सक्छ । ऐनमा संक्रामक रोग नियन्त्रणमा बाधा पुर्याएको खण्डमा ६ महिनासम्म कैद वा ६ सय जरिबाना वा दुबै सजाय हुने व्यवस्था छ ।  

सरकारले अनुमति नदिए पनि नौ महिनापछि सञ्चालक आफैँले खोले सिनेमा हल

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC