site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संसद् पुन:स्थापनाको आन्दोलनसँगै पार्टी महाधिवेशनमा पनि ध्यान दिऔं : नेता सिंह
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विधानअनुसार थपिएको समयावधिभित्रै पार्टीको महाधिवेशन सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । कांग्रेस केन्द्रीय समितिको आजको बैठकमा धारणा राख्दै उनले कुनै पनि बहानामा महाधिवेशन अनिश्चित हुने बाटोमा जान नहुने बताए । 

असामान्य अवस्थामा थप गर्ने व्यवस्थाअनुसार चार वर्षमा गर्नुपर्ने महाधिवेशन थप गरिएको एक वर्षमा पनि कार्यतालिकाअनुसार काम नभएकोमा उनको असन्तुष्टि थियो । देशमा संविधानविपरीत भएको संसद् विघटनको विरोध गर्दै-गर्दा पार्टी विधानअनुसार चलाउनुपर्नेमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो । 

‘‘असंवैधानिक रूपमा सरकारले संसद् विघटन गरेको छ । संसद् पुन:स्थापनासँगै कांग्रेसको महाधिवेशन पनि सुनिश्चित गर्नुपर्छ,’’ उनले बैठकमा भने । नेता सिंहले सरकारविरुद्धको आन्दोलन कांग्रेसकै अगुवाइमा गर्नुपर्ने धारणा राखेका थिए ।
-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  १९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC