site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न अनिश्चित
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रविधि जडान गर्ने विदेशी कर्मचारी ल्याउन नसक्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न अनिश्चित बनेको छ ।

भैरहवामा निर्माणाधीन यो विमानस्थल सन् २०२० भित्रै सञ्चालनमा ल्याउने योजनाले सफलता नपाउने निश्चितमात्रै भएको छैन, कहिले सम्पन्न हुन्छ भन्न सकिने अवस्था नै नरहेको अधिकारीहरुले बताएका छन् ।

सरकारले पटक–पटक म्याद थप गर्दै यही डिसेम्बर अन्त्यसम्म निर्माण सम्पन्न गरी जनवरीबाट सञ्चालनमा ल्याउने जनाएको थियो ।

Agni Group

तर, कोभिड–१९ का कारण उपकरण जडानका लागि विदेशबाट प्राविधिक ल्याउन नसक्दा अनिश्चित बनेको हो ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले भौतिक काम करिब सकिएको र प्रविधि जडानको काम बाँकी रहेको बताए । प्रविधि जडानको लागि विदेशबाटै प्राविधिक ल्याउनुपर्ने तर कोभिडका कारण समस्या भइरहेको उनले बताए ।

Global Ime bank

विमानस्थल निर्माणको मुख्य ठेकेदार कम्पनी थाइल्यान्डको हो । प्राविधिक ल्याउन राजदूतावास, परराष्ट्र मन्त्रालयमार्फत पनि धेरै प्रयास भइरहेको उनले बताए ।

तर, थाइल्याड सरकारले नै आफ्ना नागरिकलाई बाहिर नपठाएकाले समस्या भएको पोख्रेलले जानकारी दिए ।

“उनीहरुकोमा कोभिडको संक्रमण धेरै कम रहेछ । त्यसैले आफ्ना नागरिकलाई बाहिर पठाएका रहेनछन् । जसले गर्दा हामीलाई समस्या भएको छ,” उनले भने ।

पोख्रेलका अनुसार अब कम्युनिकेसन, नेभिगेसनका उपकरण जडान गर्नुपर्ने छ । प्राविधिक ल्याउन नसक्दा त्यसमा बाधा भएको छ । यी प्रविधि जडानका लागि निर्माता कम्पनीकै प्राविधिक चाहिने उनले बताए ।

“अरु काममा समस्या देखिएको छैन । तर, प्रविधि जडानको काममा कोभिडले समस्या पारेको छ । यी प्रविधि नेपालीले जडान गर्न सक्ने पनि भएनन् । यसैले निर्माता कम्पनीकै प्राविधिक ल्याएर जडान गर्नुपर्ने हुन्छ,” उनले भने ।

अब जडान गर्नुपर्ने उपकरणहरु सबैभन्दा महत्वपूर्ण हुन् । ती उपकरण जडान गर्न दुईदेखि तीन महिना लाग्ने उनले बताए ।

कोभिडको कारणले विमानस्थल कहिलेबाट सञ्चालनमा ल्याउन सकिन्छ केही भन्न नसकिने उनले बताए । “हाम्रो कारणले होइन, उनीहरुकै देशको नियमका कारणले प्राविधिक आउन सकिरहेको छैनन् । त्यसको असर हामीलाई परेको छ,” उनले भने ।

यसअघि, उनीहरु सेप्टेम्बरमा आएर डिसेम्बरसम्ममा सम्पन्न गर्ने भनिएको थियो । तर, कोभिडको कारणले प्राविधिक आउनै थप समय लाग्ने देखिएको छ ।

विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार सभिलतर्फको काम करिब सकिएको छ । फिनिसिङका केही काम र उपकरण जडानको काम बाँकी छ । उनका अनुसार विमानस्थलमा प्रविधि जडानका लागि चीन, अष्ट्रेलिया, अमेरिका र थाइल्यान्डबाट जनशक्ति ल्याउनुपर्ने छ ।

“आज जनशक्ति आए भने तीन महिनाको काम बाँकी हो । जनशक्ति कहिले आउँछ भनेर यकिन गर्न नसकेको हुँदा कति समय लाग्छ भन्न सक्ने अवस्था रहेन,” उनले भनेका छन् ।

विमानस्थलमा रनवे लाइट, कन्भेयर वेल्ट लगाउनुपर्नेलगायतका काम बाँकी छन् । फिनिसिङका साना–मसिना काम बाँकी रहे पनि सबैभन्दा महत्वपूर्ण प्रविधि जडान गर्ने जनशक्ति नहुँदा विमानस्थल सञ्चालनको मिति झन्–झन् पर धकेलिँदै गएको अधिकारीहरुले बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  १२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC