खेल
काठमाडौं । सोमपाल कामीले मराठा अरबियन्सबाट टी टेन लिग खेल्ने भएका छन् । नेपाली अलराउण्डर आबुधाबीमा बुधबार बेलुका भएको ड्राफ्टमा उनलाई मराठाले अनुबन्धन गरेको हो । सोमपालले चौथो संस्करणको टी टेन लिगमा खेल्ने पक्का भएको हो । टी टेन लिग खेल्ने सोमपाल तेस्रो नेपाली खेलाडी बन्ने छन् ।
यसअघि नेपालका सन्दीप लामिछाने र पारस खड्काले टी टेन लिगमा खेलिसकेका छन् । आगामी संस्करणको टी टेन लिग आबुधाबीमा जनवारी २८ देखि फेब्रुवरी ६ सम्म आयोजना हुँदैछ । प्रतियोगितामा सहभागी ८ टिमलाई दूई समूहमा विभाजन गरिएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७ २२:०७
प्रतिक्रिया दिनुहोस्