site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली प्रचण्ड–नेपाल समूहको सचिवालय सदस्य, साधारण सदस्यबाट अझै केहीदिन नहटाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले आधिकारिक जिकिर गर्दैै आएको नेकपाको साधारण सदस्यबाट अझै केही दिन नहटाउने भएका छन् । 

पुस ७ गते बसेको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्षबाट हटाउने स्थायी कमिटी बैठकको निर्णय अनुमोदन गरे पनि उनी अझै सचिवालय, स्थायी र केन्द्रीय कमिटीमा बहाल रहेको बताइएको छ । केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटनको सिफारिस गर्ने निर्णय गल्ती थियो भनेर आत्मालोचित भए अझै स्वीकार गर्न सकिने बताएका थिए ।

दाहाल–नेपाल समूहका सचिवालय सदस्यले ओलीलाई अझै केहीदिन थप कारबाही नगरिने बताएका हुन् । “उनलाई गल्तीअनुसार थप कारबाही त गर्नैपर्छ तर अहिले नै त्यसबारे छलफल भएको छैन,” एक सदस्यले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

पुस ७ गते ओली र प्रचण्डले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक राखेर आफूलाई आधिकारिक, वैधानिक जिकिर गरेका छन् । नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोग पुगेको छ । ओली पक्षले केन्द्रीय कमिटी विस्तार र विधान संशोधन गरेको निर्णय निर्वाचन आयोग पुर्‍याइसकेको छ ।

प्रचण्ड–नेपाल समूहले बुधबार स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, लिलामणि पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डे र पूर्वमहान्यायाधीवक्ता मुक्ति प्रधान सहितको प्रतिनिधिमण्डललाई निर्वाचन आयोग पठाएर आफ्नो समूहको निर्णयको जानकारी गराइसकेको छ ।

Global Ime bank

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पनि बुधबार नै संघीय संसदीय दलको बैठकमा पनि सांसदहरूलाई केन्द्रीय कमिटीले गरेको निर्णयको जानकारी गराइएको बताए । आजै बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता बनाउने माधव नेपालको प्रस्ताव अनुमोदन गरेको खनालको भनाइ थियो ।

प्रचण्डले ४० पृष्ठ लामो प्रत्युत्तर पत्र पेस गर्दै

दाहाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक बिहीबार  पनि बस्दैछ । कार्की पार्टी प्यालेसमा बस्ने केन्द्रीय कमिटीको बैठकमा ओलीले स्थायी कमिटीमा पेस भएका दस्तावेजका अतिरिक्त ४० पेज लामो अर्को प्रत्युत्तरपत्र पेस गर्ने उनका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

गत कात्तिक २२ सचिवालयको बैठक बोलाउन सहमतिको माग गर्दा २५ गते ओलीले पाँच पृष्ठ लामो जवाफ लेखेका थिए । त्यसपछि नेकपामा आरोप–प्रत्यारोपको सिलसिला नै चलेको थियो । कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले पुनः त्यसको जवाफ दिँदै अर्को पत्र लेखेका थिए । १३ मङ्सिरमा ओलीले १९ पानामा त्यसको प्रत्युत्तर लेखेपछि पत्रको सिलसिला रोकिएको थियो ।

पार्टी विभक्त भएपछि ओलीलाई प्रचण्डले ४० पानामा त्यसको जवाफ दिन लागेको उनीनिकट स्रोत बताउँछ । “सचिवालय बैठकमा उहाँले मौखिकरूपमा जवाफ दिनुभएको छ । केन्द्रीय कमिटी बैठकमा लिखित नै जाओस् भनेर त्यसको तयारी गरिएको हो,” उनीनिकट स्रोतले भन्यो ।

दाहाल–नेपाल समूहमा नयाँ महासचिवको खोजी

पार्टीका महासचिव विष्णु पौडेल ओली खेमातिर लागेपछि दाहाल–नेपाल समूहमा महासचिव पद रिक्त छ । उनीहरूले नयाँ महासचिवको खोजी गरेको र बिहीबार नै पूर्तिको तयारी गरेको स्रोत बताउँछ । स्रोतका अनुसार महासचिवको छनोटमा झलनाथ खनाल हाबी भएका छन् ।  मङ्गलबारको स्थायी कमिटीमा खनालले ओलीलाई कारबाही गरेपछि रिक्त रहेको पार्टी अध्यक्षमा माधव नेपाललाई प्रस्ताव गरेका थिए । 

स्थायी कमिटीले अनुमोदन गरेपछि केन्द्रीय कमिटीको बैठकमा पनि उनैले प्रस्ताव गरे । ३ सय १५ जना केन्द्रीय सदस्य उपस्थित रहेको जिकिर गरिएको बैठकमा प्रभु साहबाहेक विरोध गर्ने कोही भएनन् ।

नेता नेपाललाई पार्टी अध्यक्षमा प्रस्ताव गरेका महासचिव आफूले भनेकै मानिसलाई बनाउनुपर्ने खनालको तर्क छ । उनले तत्कालीन एमालेको नवौँ महाधिवेशनमा झीनो मतान्तरले ईश्वर पोखरेलसँग पराजित हुन पुगेका सुरेन्द्र पाण्डेलाई प्रस्ताव गरेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्मालाई अघि सारेका छन् । शर्माको विकल्पमा उनले वर्षमान पुन अनन्तलाई पनि अघि सारेको स्रोतको दाबी छ । यता माधव नेपालले भने भीम रावललाई अगाडि बढाउने तयारी गरेका छन् । रावलबाहेक उनको चाहनामा बेदुराम भुसाल पनि छन् ।
तर, अन्तिममा पाण्डेकै सम्भावना बलियो रहेको स्रोत बताउँछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  १८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC