site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बी डिभिजन लिग फागुनको दोस्रो साता
Ghorahi CementGhorahi Cement

काठमाडौं । बी डिभिजन लिग फागुनको दोस्रो साताबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोनाका कारण स्थगित बी डिभिजन लिग फागुन ११ गतेबाट सुरु हुने जनाएको छ । कोरोनाका कारण बी डिभिजन लिग गत वर्ष चैत ५ गतेबाट स्थगित भएको थियो । 

एन्फाले यस वर्ष ए डिभिजन लिग सञ्चालन गर्न नसकिने निष्कर्श सहित गत वर्ष स्थगित रहेको प्रतियोगिता पूरा गर्ने लक्ष्य लिएको छ । गत वर्ष बी डिभिजन लिगसहित महिला राष्ट्रिय लिग, प्रदेश लिग र एन्फा प्रेसिडेन्ट लिग कोरोनाका कारण प्रभावित बनेको थियो ।

Agni Group

बी डिभिजन लिग सञ्चालनका सन्दर्भमा एन्फाले बुधबार क्लबका प्रतिनिधिसँग छलफल गरेको थियो ।

क्लबका प्रतिनिधिले लिगमा भाग लिन आर्थिक समस्या पर्ने भन्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गर्नसमेत नसकिने बताएका थिए ।

Global Ime bank

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव ईन्द्रमान तुलाधरले क्लबका प्रतिनिधिको प्रश्नको जवाफ दिएका थिए ।

छलफलमा एन्फा महासचिव तुलाधरले बी डिभिजनका क्लबलाई लिग पूरा गर्न २ लाख रुपैयाँ आर्थिक सहयोग दिने र स्वास्थ्य सम्बन्धि सम्पूर्ण सहयोग एन्फा गर्न तयार रहेको बताएका थिए ।

एन्फा र क्लबका पदाधिकारी फागुन ११ गतेबाट स्थगित रहेका लिग सुरु गर्न सहमत छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  १८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC