site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ओम्‍नीपछि एन्टिजेनको चक्कर, दोहोरो लगानी गरेर खर्च बढाउँदै स्वास्थ्य मन्त्रालय
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आजभोलि साबिकको तुलनामा चहलपहल बढेको छ । को व्यक्ति कति कामका लागि आउजाउ गर्छन् भन्नेबारे मन्त्रालयको सूचना शाखामा खटिएका कर्मचारीलाई  समेत थाहा हुँदैन । 

मन्त्रालयले यही पुसभित्र तीन लाख मानिसमा कोरोना संक्रमण परीक्षण गर्नेगरी देशव्यापी कार्यक्रम सुरु गरेको छ । कोरोना संक्रमण सुरु भएको तीन महिनासम्म पीसीआर परीक्षणका लागि नहतारिएको मन्त्रालयले देशव्यापी एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको दुई साता नबित्दै सातवटै प्रदेशका स्वास्थ्यकर्मीलाई प्रशिक्षणसमेत दिइसकेको छ ।

मंगलबारसम्म गण्डकी, सूदूरपश्चिम र प्रदेश १ का कर्मचारीलाई तालिम दिइसकिएको छ । धनगढीमा मंगलबारबाटै एन्टिजेन विधिबाट मास परीक्षण सुरु गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे बताउँछन् । एन्टिजेन परीक्षणमा नेगेटिभ रिपोर्ट आएका तर लक्षण देखिएकालाई फेरि पीसीआर परीक्षण गराउन सार्वजनिक सूचनामार्फत नै मन्त्रालयले निर्देशन दिएको छ । एकातिर एन्टिजेन परीक्षणमा जोड दिनु अर्कोतर्फ यसको विश्वसनीयतामाथि नै प्रश्न उठाएर फेरि पीसीआर गर्न लगाउनुले एन्टिजेन परीक्षणमा सरकार किन लालायित भइरहेको छ भन्ने प्रश्न उब्जाउँछ ।  

Prabhu Bank
Agni Group
NIC Asia

कसले दियो मन्त्रालयलाई दुई लाख एन्टिजेन किट ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोभिड फोकल पर्सन महेन्द्रप्रसाद श्रेष्ठका अनुसार देशव्यापी एन्टिजेन परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विश्व स्वास्थ्य संगठनले एक लाख किट, यूनडीपीले ५० हजार र युनिसेफले ५० हजार किट उपलब्ध गराएको हो । बाँकी किट अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनमार्फत मन्त्रालयले आफैँ ल्याउने योजना बनाएको छ । 

Global Ime bank

श्रेष्ठका अनुसार पुस अन्तिमसम्म करिब तीन लाख व्यक्तिको परीक्षण गर्ने र माघदेखि त्यसमा थप गर्दै लैजाने मन्त्रालयको योजना छ । किट खरिदमा मन्त्रालयले थोरै पनि लगानी गर्नु परेन त ? बाह्रखरीको प्रश्नमा श्रेष्ठ भन्छन्, ‘‘लगानी त धेरै नै पर्‍यो तर अरु कसैको । दोस्रो चरणमा ल्याइने किटमा भने नेपाल सरकारले केही अंश छुट्याउनुपर्ला । 

महामारी ओरालो लाग्दै जाँदा मास परीक्षणको औचित्य कति ?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन एन्टिजेन मास परीक्षणका लागि उपयुक्त विधि भएको बताउँछन् । मास परीक्षणकै कुरा गर्ने हो भने सरकारले कोरोना महामारी उच्च भएको समयमा दैनिक ११ देखि १५ हजारसम्मको पीसीआर परीक्षण गरिएको रेकर्ड छ । दुई महिनाअघि अक्टोबरको पहिलो साता दैनिक ११ हजार ४७ जनाको परीक्षण भएको थियो । यही समयमा पीसीआर परीक्षणका लागि कोभिड अस्पतालहरुमा घण्टौं कुर्नुपर्ने लामो लाइन देखिन्थ्यो । पुस पहिलो साता आइपुग्दा कोरोना संक्रमितको संख्या घटेर दैनिक ७ सय ४२ जना पुगेको तथ्यांक मन्त्रालयले नै देखाउँछ । 

यो समयमा मास परीक्षण विधि भित्र्याउनुले कति औचित्य राख्छ यसको अनुमान लगाउन पनि गाह्रो छैन । यसअघि मंसिरको मध्यतिर काठमाडौंका केही हटस्पटहरुमा एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । परीक्षणमा नेगेटिभ आएका कतिपयको पीसीआर गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई सरकाले नै आइसोलेसनमा राखेको थियो । यही हिसाबले अहिले पनि एन्टिजेन परीक्षणमा नेगेटिभ आएका व्यक्तिहरुमा कोरोनाको लक्षण देखिए पुनः पीसीआर गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

यदि एन्टिजेन गरेकाहरुको फेरि पीसीआर गर्नुपर्ने हो भने दोहोरो खर्च किन ? इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. वासुदेव भन्छन्, ‘‘एन्टिजेनबाट नेगेटिभ रिपोर्ट आएका केही व्यक्तिमा मात्रै पीसीआर पोजेटिभ आउने घटना छन् । २५ अगस्त २०२० मा जर्नल अफ क्लिनिकल भाइरोलोजीमा प्रकाशित एक लेखअनुसार एन्टिजेन टेस्टमा देखिने ३० मध्ये आठवटा नतिजा गलत पाइएको उल्लेख छ ।

छिमेकी राष्ट्र भारतमा गत सेप्टेम्बरमा एन्टिजेन विधिद्वारा कोरोना पहिचानको अभ्यास भएको थियो । तर एन्टिजेनमा नेगेटिभ रिपोर्ट आएका ३७ प्रतिशत व्यक्तिको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि भारतले यो टेस्टलाई बन्द गरेको थियो । 

नेपालमा भने पहिलो चरणको कोरोना महामारी समुदयमा फैलिएर पनि नियन्त्रणको अवस्थामा पुगेका बेला मास परीक्षणका नाममा भित्र्याइएको एन्टिजेन विधि बेमौसमी बाजाजस्तै देखिएको त छ नै कतै ओम्‍नी  प्रकरणजस्तै हुने त होइन भन्नेमा पनि सरोकारवालाहरुको चासो छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC