site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपालमा ’५० वर्ष शासन गर्ने’ गुड्डी हाँक्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू सत्तामा गएको तीन वर्ष पुग्दा नपुग्दै दुई चिरामा बाँडिएका छन् । नेकपाका अध्यक्ष तथा केपी शर्मा ओलीको पक्ष र विपक्षमा विभाजित नेताहरूले हिजो (मंगलबार) दुई बेग्लाबेग्लै ठाउँमा पार्टी केन्द्रीय समितिको नाममा समानान्तर बैठक गरे । बहुमत केन्द्रीय सदस्य उपस्थित बैठकले अध्यक्ष ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनायो । यस समूहका अर्का नेता पुष्पकमल दाहाल पनि अध्यक्ष छँदैछन् । अर्कातिर, प्रधानमन्त्री ओली अध्यक्ष रहेको समूहले आफ्नो बहुमत हुने गरेर केन्द्रीय समितिमा सदस्य थपेको जानकारी सार्वजनिक भएको छ । प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको घोषणाविरुद्ध नेकपाकै एउटा समूह सडकदेखि सर्वोच्च अदालतसम्म पुगेको छ । प्रधानमन्त्री ओली पक्षले पनि देशव्यापी भेला गरेर आफ्नो पक्ष आक्रामकरूपमा राख्न लागेको छ ।  

भन्छन्, चीनमा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्से तुङकी कान्छी पत्नी चियाङ चिङलाई हेर्ने दृष्टिकोण नमिलेको बहानामा पनि नेपालका कम्युनिस्ट पार्टीहरू फुट्ने गर्थे । त्यही परम्पराका कम्युनिस्ट नेताहरूले पार्टी फुटाउँदा के आश्चर्य ? हुनत, प्रधानमन्त्री ओलीले नेपालको संविधान, २०७२ को मर्मविपरीत संसद् भंग गराएर लोकतन्त्रको मर्ममा प्रहार गरेकाले अहिले उनका विरुद्ध जनआक्रोश अलि बढी देखिएको छ । तर, अहिले संविधान, विधि र पद्धतिको घोक हाल्नेहरू पनि लोकतन्त्रका पक्षधर होइनन् । प्रधानमन्त्री ओलीले सरकार गठन गरेकै दिनदेखि संविधान र लोकतन्त्रको मर्ममा प्रहार गर्न थालेका थिए । भागबन्डामा चित्तबुझ्दासम्म दाहाल वा नेपाल कसैले पनि सरकारको अर्घेलोमा औँला ठड्याएनन् । सरकारका जनविरोधी र भ्रष्ट क्रियाकलापमा चुँसम्म गरेनन् । तिनीहरूले नै अहिले विधि, पद्धति र संविधानको मर्मको घोक हाल्नु पाखण्ड सिबाय अरू केही देखिँदैन । 

Prabhu Bank
Agni Group
NIC Asia

ओलीले राज्यका सबै अंगलाई प्रभावहीन बनाइदिएका छन् । लोकतन्त्रमा सबैभन्दा बढी खतरा यसले उत्पन्न गराएको छ । सम्भवतः २०४६ सालमा लोकतन्त्रको पुनःस्थापना भएपछि संवैधानिक अंगहरू यति निरीह कहिल्यै भएका थिएनन् । सबै अधिकार केन्द्रित गर्ने राजा ज्ञानेन्द्रले गठन गरेको असंवैधानिक आयोगलाई सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । अहिले भने अदालतकै साखमा समेत प्रश्न उठ्न थालेको छ । अरू निकाय त यसै पनि प्रधानमन्त्री ओलीको छायामा हराएका छन् । संसद् भंग भएर मुद्दा परेको अहिलेमात्र होइन । विसं २०५१ र २०५९ मा पनि यस्तै प्रकृतिको मुद्दा सर्वोच्च अदालतमा परेको थियो । उतिबेला न्यायालयको साख कायम थियो । तैपनि २०५१ मा हार्ने पक्षले वितण्डा मच्चाएको थियो । अहिले त्यही वितण्डा मच्चाउने पार्टी दुई खेमामा विभाजित भएको छ ।

संसद् पुनःस्थापनाको मुद्दा जुन पक्षले जिते पनि सडकमा ‘प्रधान न्यायाधीशलाई फाँसी दे !’ भन्ने नारा लाग्न सक्छ । कारण, नेकपाका दुवै घटक ‘षड्यन्त्रको सिद्धान्त’का अनुयायी हुन् । दुवैको दीक्षा एउटै हो र असहिष्णु संस्कार दुवैतर्फ उत्तिकै छ । यद्यपि, बितेका २५ वर्षको लोकतान्त्रिक अभ्यासले कम्युनिस्टहरूको संस्कारमा पनि लोकतन्त्रको प्रभाव परेको अपेक्षा गर्ने ठाउँ भने बनेको छ । जेहोस्, अब निकास सर्वोच्च अदालतले दिनुपर्ने अवस्था छ । यसैले गैरकम्युनिस्ट विपक्षहरूले लोकतन्त्रको आधारस्तम्भ स्वतन्त्र न्यायालयप्रति जनविश्वास साख जोगाइराख्न र न्यायाधीशलाई स्वतन्त्र र निष्पक्ष हुनसक्ने वातावरण बनाउन पनि ध्यान दिनु जरुरी देखिन्छ । प्रधान न्यायाधीशले इतिहासले सुम्पेको दायित्वबोध गरेर सकेसम्म चाँडै मुद्दाको किनारा लगाउन विशेष अग्रसरता देखाउनु आवश्यक छ । देशलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाइराख्नु कसैको पनि र विशेषगरी लोकतन्त्रका पक्षमा हुँदैन ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC