site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
स्पोर्टस् अवार्डलाई टर्किस एयरलाइन्सको साथ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्‍चले पल्सर स्पोर्टस् अवार्ड २०७६ को सह-प्रायोजक (एयरलाइन्स पार्टनर) का रुपमा मंगलबार टर्किस एयरलाइन्ससँग सम्झौता गरेको छ ।

स्पोर्टस अवार्डका लागि टर्किस एयरलाइन्ससँग लगातार यो दोस्रो वर्ष भएको सम्झौता हो । मञ्चका महासचिव प्रज्वल वली र टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक अब्दुल्लाह टंकर केसीसीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यो सम्झौता एक वर्षको हुनेछ । सम्झौताअनुसार पल्सर स्पोर्ट्स् अवार्डअन्तर्गत वर्ष खेलाडी पुरुष र महिला विजेताले दुईतर्फी हवाई टिकट प्राप्त गर्नेछन् । यो एयरलाइन्स पुग्ने विश्वका जुनसुकै गन्तव्यका लागि टिकट मान्य हुनेछ ।

कार्यक्रममा टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक अब्दुल्लाह टंकर केसीसी भन्छन्, ‘‘खेलाडी र युवाको प्रोत्साहनका लागि नेपाल खेलकुद पत्रकार मञ्चले अवार्ड कार्यक्रम गरिरहेको छ । यो सराहनीय हो । त्यसका लागि हामी पनि यसमा जोडिन पाउँदा आभारी छौं ।’’

Global Ime bank

‘‘टर्किस एयरलाइन्ससँग लगातार दोस्रो वर्ष सहकार्य गर्न पाउँदा मञ्च परिवार खुसी छ । सम्पूर्ण नेपाली खेलकुद र खेलाडीका लागि टर्किस एयरको यो सहकार्य प्रोत्साहनजनक छ,’’ मञ्‍चका महासचिव वलीले भने, ‘‘यो सहकार्यलाई टर्किसले निरन्तरता दिनेछ भन्ने हाम्रो विश्वास छ ।’’

पल्सर स्पोर्टस् अवार्ड कार्यक्रम पुस २८ गते हुनेछ । १७औं संस्करणको अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनसमेत सार्वजनिक भइसकेको छ ।

पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मण्डेकाजी श्रेष्ठ परेका छन् ।

विगतका वर्षमा जस्तै यसपल्ट पनि उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC