site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रियललाई ग्रानाडाको चुनौती 
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज (बुधबार) साविकको विजेता टोली रियल मड्रिडले ग्रानाडासँग प्रतिस्पर्धा गर्दैछ । रियलको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः३० मा सुरु हुनेछ । 

आजको खेलमा जित निकाल्दै रियललाई शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गर्ने मौका छ । लिगमा १४ खेल खेलेको रियल २९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । 

Prabhu Bank
Agni Group
NIC Asia

शीर्ष स्थानमा रहेको एट्लेटिकोको ३२ अंक रहेको छ । अजाको खेलमा जित निकाल्न सकेमा रियल आफूलाई अंक तालिकामा बलियो बनाउने छ । रियलका लागि इडेन हजार्ड मैदान उत्रने भएका छन् । 

घाइते भएका कारण केही समय मैदान बाहिर रहेका हजार्ड मैदान फर्कन लागेका हुन् । यता ग्रानाडा पनि आजको खेलमा जित निकाल्दै आफूलाई अंक तालिकाको पाँचौ स्थानमा उकास्ने योजनामा छ । 

Global Ime bank

लिगमा १३ खेल खेलेको ग्रानाडा २१ अंकसहित तालिकाको सातौं स्थानमा छ । पाँचौ स्थानमा रहेको बार्सिलोनाको २४ अंक छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC