site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अन्टार्कटिकामा पहिलो कोरोना संक्रमण 
Sarbottam CementSarbottam Cement

एजेन्सी । कोरोनाभाइरस अन्टार्कटिकामा पनि पुगेको छ । जुन यसअघि कोभिडमुक्त एकमात्र महादेश थियो ।

चिलीको सैन्य विभागले यसबारे जानकारी गराएको हो । सैनिकहरुले यतिबेला त्यहाँको रिसर्च स्टेसनमा कार्यरत् स्टाफहरुलाई क्वारेन्टिन गर्ने व्यवस्था मिलाइरहेको बताएको छ ।

खबरका अनुसार ‘बनार्दो ओहिगिन्स’ बेसमा अहिले ३६ जना मानिसहरु कोरोनाबाट संक्रमित भएका छन् । जसमा २६ सैनिक र १० जना बेसको मेन्टेनेन्स सञ्चालन गरिरहेका ‘कन्ट्राक्टर’हरु रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

स्थायीरुपमा स्थापित रिसर्च स्टेसनलाई चिलीको सेनाले सञ्चालन गर्दै आएको छ । जुन अन्टार्कटिकाको सबैभन्दा उत्तरी भूभागमा पर्दछ ।

बेसका कर्मचारीहरु पहिले नै राम्ररी आइसोलेट अवस्थामा रहेको र निरन्तर स्वास्थ्यकर्मीहरुको निगरानीमा भएकाले अहिलेसम्म कुनै जटिल समस्या नआएको बताइएको छ ।

Global Ime bank

विश्वकै सबैभन्दा एकान्त ठाउँमा पर्ने अन्टार्कटिकाको रिसर्च एवम् सैन्य स्टेसनले पछिल्ला केही महिना भाइरसलाई आउन नदिन अधिकतम सावधानी अपनाएको थियो ।

भाइरस भित्रिन नदिन पर्यटकीय यात्राहरु रद्द गरिएको थियो भने बाहिरी गतिविधि पनि कम गरी स्टाफहरुलाई सीमित गराउनुका साथै भवनहरु बन्द गरिएको थियो ।

ब्रिटिस अन्टार्कटिक सेर्भेसँग कार्यरत् अनुसन्धानकर्ताहरुको अनुमानमा यस महादेशभर स्थापित ३८ स्टेसनका झन्डै एक हजार मानिसहरुलाई दक्षिणतर्फबाट एकदमै सुरक्षित तरिकाले कुनै घटनाबिना यात्रा गराइएको थियो ।

तर, गर्मीयामको सुरुआतमा त्यहाँबाट आवतजावत गरिरहँदा त्यसले संक्रमणको जोखिम उच्च बनाइदिएको बताइएको छ । यस्तोमा दुईजना सैनिकहरु बिरामी परेपछि नै डिसेम्बरको मध्यमा पहिलो कोभिड–१९ संक्रमित फेला परेका हुन् ।

अन्टार्कटिकाबाट सबैभन्दा नजिकमा रहेको बस्ती मेगेलेन्स क्षेत्र, जुन चिलीमा कोरोनाबाट अत्यन्तै नराम्ररी प्रभावित हुने ठाउँमा पर्दछ । सो क्षेत्र महिनौँदेखि क्वारेन्टिनमै छ ।

यसअघि, चिलीको नौसेनाले अन्टार्कटिका क्षेत्रतर्फ जाँदै गर्दा नोभेम्बर २७  र डिसेम्बर १० का बीच २०८ चालकदलमध्ये तीनजनामा कोभिड–१९ देखा परेको रिपोर्ट गरेको थियो ।  रोयटर्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC