site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सिरी ए फुटबलमा युभेन्ट्सको पहिलो हार
Sarbottam CementSarbottam Cement

काठमाडौं । साबिक विजेता टोली युभेन्ट्स इटालियन सिरी ए फुटबलमा पराजित भएको छ । युभेन्ट्स मंगलबार राति भएको खेलमा फियोरेन्टिनासँग पराजित हुन पुगेको हो ।

लिगमा पहिलो हार बेहोर्ने क्रममा घरेलु मैदानमा १० खेलाडीमा सीमित बनेको युभेन्ट्स फियोरेन्टिनासँग ३-० गोल अन्तरले पराजित भएको हो । फेयोरेन्टिनाले खेलको तेस्रो मिनेटमा डुसान भल्कोभिचको गोलमार्फत अग्रता बनाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

युभेन्ट्स खेलको १८औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । युभेन्ट्सका जु काउड्राडो रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । युभेन्ट्सका लुबा सिल्भाले ७६औं मिनेटमा आत्मघाती गोल गरेपछि पाहुना टोली २-० ले अघि बढ्यो ।

खेलको ८१औं मिनेटमा मार्टिन केसरसले गोल गर्दै फियोरेन्टिनालाई जित दिलाए । हार भएसँगै युभेन्ट्स तालिकाको चौथो स्थानमा झरेको छ । लिगमा १३ खेल खेलेको युभेन्ट्सको २४ अंक छ । फियोरेन्टिना १४ अंकसहित तालिकाको १५औं स्थानमा उक्लिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC