site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘आँखा र कान छ भने भनिदेऊ सरकार अब कुन क्षेत्र खोल्न बाँकी छ ?’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले सिनेमा हल खोल्न अनुमति नदिए पनि व्यवसायीले भने खोल्नका लागि सबै तयारी गरिसकेका छन् । चलचित्र घरहरुको संस्था नेपाल चलचित्र संघको निर्देशनमा हल खोल्नका लागि सिनेमा घर सरसफाईको कामसमेत भइसकेको छ । 

देशभर रहेका करिब दुईसय सिनेमा घरले यही पुस १० गतेबाट हल खोल्ने तयारी स्वरुप हलको सरसफाई गरिसकेका हुन् । “हाम्रो सर्कुलर अनुसार देशभरका दुईसय सिनेमा घरले सबै तयारी गरिसके । अब अन्तिम तयारी स्वरुप हाम्रो प्राविधिक टोलीले हलहरुको सर्बर र साउन्ड सिस्टम ठिक रहे नरहेको परीक्षण गरिरहेको छ,” चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधान भन्छन्, “अब हामी कुनै पनि हालतमा पछि हट्दैनौं ।”

पछिल्लो राजनीतिक घटना क्रमले चलचित्र क्षेत्रका माग झनै ओझेलमा पर्ने उनको भनाइ छ । “अवस्था सजह हुँदा त हाम्रा माग कहिल्यै सुनिएन । अब त झन राजनीतिले देश नै तहसनहस भएका बेला हाम्रो यो क्षेत्र त केही होइन,” उनी भन्छन्, “हामी कहाँ गएनौं, कसलाई भेटेनौं ? सीसीएमसीमा गयौं । ईश्वर पोखरेलाई भेट्यौं । सञ्चारमन्त्रीलाई भेट्यौं । सधैं हुन्छ–हुन्छ भन्ने आश्वासन मात्रै पायौं । अब हामी कुनै पनि हालतमा ब्याक हुँदैनौं ।” 

Prabhu Bank
Agni Group
NIC Asia

सबै क्षेत्र खुलिसके पनि चलचित्रलाई मात्रै नजरअन्दाज गरेको उनको आरोप छ । “आँखा र कान छ भने भनिदेऊ सरकार अब कुन क्षेत्र खोल्न बाँकी छ चलचित्र क्षेत्रबाहेक ?” उनी प्रश्न गर्छन्, “सिनेमा हल नखोली कसरी चलचित्र क्षेत्र चलायमान हुन्छ ?” 

चलचित्र क्षेत्रलाई चलायमान बनाउन पहिला हल खोल्नुपर्ने चलचित्रकर्मीहरुले माग गर्दै आएका छन् । 

Global Ime bank

प्रधानका अनुसार चैत यता सिनेमाा हल बन्द हुँदा दुई अर्बभन्दा धेरै रकम हलले मात्रै घाटा बेहोर्नु परेको छ । 

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार निर्माण सम्पन्न भइसकेका तीन दर्जन र निर्माणाधीनसमेत गरेर करिब ७० वटा चलचित्र छन् । यी चलचित्रमा एक अर्बभन्दा धेरै लगानी छ । 

देशभर रहेका दुईसय सिनेमा हलमा १२ अर्बभन्दा धेरै लगानी छ । 

यसैबीच, सिनेमा हल खुलेपछि सुरुका केही हप्ता नेपाली पुराना चलचित्र र हल बन्द हुँदा प्रदर्शन भइरहेका चलचित्र रिलिज हुने भएका छन् । नेपाली चलचित्रको पहिलो काल खण्डमा बनेका र तत्कालीन समयमा दर्शकले रुचाएका चलचित्र रिलिज गर्ने योजना रहेको नेपाल चलचित्र संघले जनाएको छ । चैत ७ गते हल बन्द हुँदा नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ प्रदर्शन भइरहेका थिए । ‘आमा’ मल्टिप्लेक्समा थियो भने ‘सेन्टी भाइरस’ सिंगल थिएटरमा थियो । 

निर्देशक दीपेन्द्र के खनाल संघको निर्णय सकारात्मक रहेको बताउँछन् । चैत ७ गतेसम्म प्रदर्शन हुँदाहुँदै हल बन्द भएपछि अलपत्र बनेका चलचित्र सुरुमा लगाउने निर्णय राम्रो भएको उनको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC